top
ImageKhabar
मंगलवार, 13 फागुन, 2076 Tuesday, February 25, 2020

ImageKhabar Archive

गान्धीको विचारलाई मोदीले ‘धज्जी’ उडाएपछि.. By: Yadav Achrya  |  viewed : 3361 times

Related news

-यादव आचार्य भारत नेपालको नजिकको छिमेकी मित्र हो उसलाई सक्ने सहयोग गर्न नेपाल सरकार तयार छ । भारत सँग हाम्रो सनातन देखिको धार्मिक र साँस्कृतिक सम्वन्ध पनि प्रगाढ छ जुन कुनै पनि देशले विचलित पार्न सक्दैन । यो सम्वन्ध नेपाललाई मात्र होईन भारतलाई पनि उत्तिकै जरुरी छ जती नेपाललाई जरुरी छ । यस्तो नङ्ग र मासुको सम्वन्ध रहेको छिमेकी मित्र...

डा. बाबुराम भट्टराईलाई खुला प्रश्न By: Bhojraj Adhikari  |  viewed : 1974 times

Related news

भोजराज अधिकारी- डा. बाबुराम भट्टराई नेपाली जनताका आशाका धरोहर, नेपालमा नयाँ आयामका साथ औद्योगिकरण, आधुनिक कृषि प्रणाली, आधुनिक शहरीकरण, वैदेशिक ब्यापार तथा पारवन सन्धि सम्झौताका अनुभवी, शिक्षित, नेतृत्वदायी, स्वस्थ्य समाजको सृजनागर्ने, नयाँ नेपालको स्पष्ट खाका लिएर दश वर्षसम्म राष्ट्र र राष्ट्रियताका लागि जीवन संघर्ष गर्ने विद्वान । देश आज झन् झन् भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, अश्लिल,...

यस पटकको संविधानले पनि आकाश खसाउँदैन By: Milan Achrya  |  viewed : 1056 times

Related news

मिलन आचार्य-हाम्रै रहरले हामी आफैंले बनाएको विगत हेरौं त । पञ्चायत हट्नुपर्छ, यो शासनकाल हटेपछि आकाश खस्छ भन्ने हुँईया मच्चियो । पञ्चायतकाल हट्यो आकाश खसेन । सरकारको विरोध गर्ने थिति बस्यो । जे गरे पनि ‘भएन’ भन्यौं । एउटा तप्का रहरले भूमिगत भयो । रहरले आन्दोलित भयो, युद्ध भयो । आकाश खस्छ भनेर हजारौंले ज्यानको बली दिए तर आकाश खसेन । युद्ध रोकियो भने अथवा शान्तिको मार्ग सुरक्षित...

डिभीमा टुंगिएको हाम्रो राष्ट्रवाद By: Hari Dulal  |  viewed : 1289 times

Related news

हरि दुलाल-तराई बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तु र पेट्रोलियम पदार्थको आयातमा देखिएको समस्याका कारण सडकदेखि चुलो-चौकोसम्म परेको प्रभावले औसत नेपालीजस्तै म पनि आक्रान्त नै छु । मोटरसाईकलमा पेट्रोल सकिएको दुई दिन भईसकेको थियो । पेट्रोल पाईन्छ भन्ने आशा–भरोसा नभएसँगै पेट्रोल पम्प जाने कुनै चेष्टा नगरी शनिबार दिउँसो बाहिर निस्कनु पर्‍यो भनेर गोल्फूटारस्थित डेराबाट...

नाकाबन्दी र निकास By: Kalyandev Bhattarai  |  viewed : 1403 times

Related news

कल्याणदेव भट्टराई - अहिले नेपाल भारतको नाकाबदीबाट पिडित छ । नाकाबन्दिको मूलकारण नेपालको संविधानमा भारतले सार्वजनिक गरेको सात बुँदे मागलाई पूरा गराउन हो भनेर निक्र्याल गर्न कसैलाई पनि कठिन छैन । ती सातै सात बुदेँ सल्लाहलाई कार्यान्वयन गराउन हो । यो भारतको पहिलो नाकाबन्दी होइन । २०२८ र  २०४५ सालमा पनि भारतले नाकाबन्दी गरेकै थियो त्यस बेलाको नाकाबन्दी...

कूलङ्घार बर्णन ! By: ananda ram paudel  |  viewed : 956 times

Related news

 आनन्दराम पौडेल -प्रभुत्ववादी, हैकमी, सामन्तको शैली कस्तो हुन्छभने, “तैंले धोती लगाएको मिलेन। कसेर बाँध्” भनेर उपदेश दिइरहेको हुन्छ, तर त्यो उपदेश दिईरहँदा आफ्नै धोतीचाहीं फुस्केर भित्री अङ्गप्रत्यङ्ग छ्याङ्गै भैसकेको हुन्छ। भदौ ७ गते टीकापुरमा आफूलार्इ आन्दोलनकारी भन्नेहरुले हात-हातमा भाला, तरबार, बञ्चरो बोकेर आए। भेटेजतिलाइ हत्या गरे। कसैलाइ जिउँदै आगो लगाइदिए। ...

तीज विकृति : "उखरमौलो वैंश छोप्ने चिजै भएन" By: Hari Dulal  |  viewed : 4913 times

Related news

हरि दुलाल - हरितालिका तीज सदाको बर्षझै यसवर्ष पनि नजिँकिदै छ । विशेषतः हिन्दू नारीसँग जोडिएको यस पर्वका आफ्नै मूल्य र मान्यता छन् । आफ्ना पतिको दिर्घायूको लागि भन्दै व्रत बस्ने,महादेवको पूजा आराधना गर्ने, दान तथा पूजापाठ गर्ने प्रचलन छ  । साथै वर्ष दिन भरीका पीर ब्यथा लाई भुल्दै दिदीबहिनी साथीसंगी भेला भएर  सुख–दुख समेटिएका गीतसंगीत गाँउदै मन खोलेर नाच्ने गरिन्छ  । पछिल्लो समय तीज आउनु २-३ महिमा पूर्व ...

१७ हजार लाशले नपुगेकै हो त ? By: Krishna Neupane  |  viewed : 6667 times

Related news

कृष्ण न्यौपाने-नेपालमा कैलालीबाट सल्किएको आगोले बिकराल रुप लिइरहेको छ । अखण्ड सुदुरपश्चिम र थरुहट पक्षधरको बन्दले त्यस क्षेत्रको जनजीवन मात्रै होइन, छुट्टै थरुहट राज्य, मगरात, लिम्बुवान, लगायतका राज्यको माग गर्दै आन्दोलनको आगो बिस्तारै सल्किदै गइरहेको प्रष्ट देख्न सकिन्छ । नेपालमा जातीय राज्यको वकालत गर्ने एमाओवादी अहिले चुपचाप बसेको छ र अधिकार प्राप्तिका लागि...

किन भड्कियौ थारु दाइ ? By: Richa Luitel  |  viewed : 11154 times

Related news

-ऋचा लुर्इँटेल म झापामा जन्मे । कैलालीले मेरो जीवनको ढाँचा तयार गर्‍यो । अहिले म बाँकेमा छु । अस्ति म जहाँ जन्मे त्यो पनि  नेपाल हो । अहिले म जहाँ हुर्के त्यो पनि नेपाल हो । आज म जहाँ छु यो पनि नेपाल हो । झापामा मेरा छिमेकी राजवंशीहरु थिए । कैलालीमा मेरा छिमेकी थारुहरु थिए । अहिले बाँकेमा मेरा छिमेकी मधेसी छन । न राजवंशीलाई...

नेपाल बन्द गर्नेका श्रीमती पोइल जाउन... By: Krishna Neupane  |  viewed : 7075 times

Related news

-कृष्ण न्यौपाने ।‘बन्द आह्वान गर्नेका श्रीमती पोइल जाउन’–यस्ता आक्रोश सामाजिक सन्जाल लगायत जताजतै देखिन्छ जव आम जनताहरुलाई दुःख दिनको लागि बन्दको आह्वान गरिन्छ । बन्द आह्वान गर्नेहरु सायद ‘दारु–पानी’मा मस्त हुँदा हुन । उनीहरु फुक्छन यो दिन बन्द,‘हामीलाई आम नेपालीको साथ र समर्थन छ’ तर सडकमा बन्द गराउँदै हिडनेहरुको उपस्थिति देख्दा यस्तो लाग्छ धेरैजसो जनता बन्दको बिरोधमा छ ।उनीहरुको...

पूरा हुन बाँकी सापेक्ष भाकलहरू By: Abhimanyu Abhijeet  |  viewed : 1482 times

Related news

– अभिमन्यु अभिजीत ।औँलामा घाउ भयो भने उपचार त गर्न सकिन्छ तर औँला नै काट्न सकिँदैन । अहिले धार्मिक बहस चलिरहदा जल्दोबल्दो विषय बनेको निरपेक्षता पनि यही सन्दर्भसंग मेल खान्छ । निरपेक्षता पक्षधरहरूले कुनै गहकिला तर्क प्रस्तुत गर्न सकेका छैनन् । मात्रै दलितलाई काँधमा लिएर छुवाछुत, भेदभाव गरियो र मन्दिर छिर्न पाइएन भन्ने बखान गरेको सुनिन्छ । मन्दिर भनेको धर्म मात्र नभएर अध्यात्म तथा अनुशासनको पाठशाला...

सेवक हुन कर्मचारी वा राजनीतिज्ञ नै हुनु पर्दछ ? By: Bhojraj Adhikari  |  viewed : 1037 times

Related news

- भोजराज अधिकारी म भोजराज अधिकारी । सामान्य परिवारमा हंसपुर–१ गोरखा क्षेत्र नं. २ मा जन्मेर काठमाडौंमा सामान्य व्यावशाय गरिरहेको छु । मेरा एक श्रीमती एक छोरी छन् । यदि राज्यले मेरो आवश्यकता महसुस गर्दछ भने मलाई मेरो जीवनभरी राजनीतिभन्दा बाहिर रहेर देशमा मेरो क्षमता, दक्षता, कार्यकुशलाताको सम्मानजनक व्यवहार गर्दै यस क्षेत्रमा निःशुल्क राष्ट्रको विकास गर्नमा वातावरण होस् भन्ने विचार व्यक्त...

प्राम्भिक मस्यौदा हर्ष न विष्माद् ! By: Rama Karki  |  viewed : 879 times

Related news

रामा कार्की ।लगभग ७ वर्ष पछि हाम्रा सभासदहरुले नेपालको संबिधान २०७२ को प्राम्भिक मस्यौदा तयार  पारे । यसले नेपाली जनतामा अब चाहिँ संबिधान बन्छ कि ! भन्ने झिनो आशा पलाएको छ । तर नेपाली जनताको  यो आशाले सार्थक रुप लिन सक्ला या नसक्ला त्यो भावी दिनहरुले देखाउने विषय हो ।  मुलुक दुईचार जनाको मुठ्ठीमा परेको छ ।  सभासदहरु निरिह छन । अब के हुन्छ । कसो हुन्छ, यो हाम्रा सभासदहरुको कर्यशैलीमा...

विश्वासको खडेरीमा पिल्सिएको सम्बन्ध By: Rama Karki  |  viewed : 1688 times

Related news

रमा कार्की२०७२ असार २२ गते घडीले बिहानको ९ बजाएर केही मिनेटमात्र पार गर्दै थियो  हतार–हतार म काठमाडौं जिल्ला आदालतले दिएको तारेखमा हाजिर भई अफिस पुग्नुपर्ने भएकोले आफ्नै दौडधुपमा थिए । आमा सरहकी एक आफन्तको अंश चलानको मुद्दामा उहाँ उपस्थित हुन नसक्ने भएपछि उहाँको वारेस भएर म अदालत जानु परेको थियो । नत्र योभन्दा पहिले जीवनमा कहिल्यै मैले अदालत टेकेकी थिइनँ । ‘मिनभवन...

मस्यौदा संविधानप्रति केही गुनासा र सुझाव By: Kalyandev Bhattarai  |  viewed : 1191 times

Related news

कल्याणदेव भट्टराईसंविधानको मस्यौदामा ‘संघीय’ लेखेको भए पनि प्रस्तावनालाई सही ढङ्गबाट प्रस्तुत गर्न चेस्टा नगर्दा अनावश्यक रुपमा लामो भई पार्टीको घोषणपत्र जस्तो भएको छ । परिवर्तनीय धारामा संघीयता पनि रहेकाले छिट्टै नै नेपाली जनताले संघीयता आवश्यक नभएको निर्णय गर्नेछन् भन्ने मलाई विश्वास छ । धारा १.१ मा ‘प्रत्येक व्यक्ति’को ठाउँमा ‘प्रत्येक नागरिक’ लेख्नु उचित...

भूकम्पले ओझलमा परेको जाजरकोट By: Ganesh Baniya  |  viewed : 902 times

Related news

गणेश बानियाँ । विभिन्न समयमा विभिन्न किसिमका रोग महामारीले सताउने जाजरकोटमा यस बर्ष पनि धेरै जनाले सामान्य औषधी उपचार नपाएर ज्यान गुमानु पर्यो  । गत चैत्र दोस्रो साता देखि फैलिएको महामारीका कारण २७ जनाले ज्यान गुमाउनु प¥यो भने १५ हजार भन्दा बढी ब्यक्तिलाई रोगले सतायो ।महाभूकम्पका कारण अहिले देश, विदेशको आँखा राजधानी र राजधानीको छेउछाउका जिल्लामा छ । हजारौं जाजरकोटीलाई सताएको महामारीको लेखाजोखा...

जब बाटोमा गुञ्जन्छ,रामवलीको ढोलक By: BP Koirala  |  viewed : 1890 times

Related news

–वीपी कोइराला । तपाईको घर दैलोमा कसैले निकैबेर साइकलको घण्टी बजाइरह्यो भने,तपाई नरिसाउनुस् । त्यो घण्टी रामवली साहले बजाएका हुनसक्छन् । उनले तपाईको सेवाका लागि दैनिक ४/५ घण्टा त्यसैगरि घण्टी बजाउने गर्छन् । त्यसो त उनको यो रोजीरोटी  पनि हो । ६५ वसन्त पार गरेका रामवली दिनभर साइकलको यात्रा गर्छन् । घरघर पुगेर ग्यास चुल्हो बनाउन थालेको आज ४० बर्ष वितिसकेको...

दलीय सामन्ती सोच By: ananda ram paudel  |  viewed : 1408 times

Related news

-आनन्दराम पौडेल ।  सत्ता वर्गीय हुन्छ र वर्गीय सत्ताले आफ्नै वर्गको पक्षपोषण गर्छ भनेर पढ्थ्यौं। हाम्रो राजनीतिक नेतृत्व र शासकले चालेका हरेक कदम र लिएका प्रत्येक निर्णयले त्यही पुष्टी गर्छ । २०६९ बैशाख ७ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गज्जबको आध्यादेश जारी गराएका थिए । त्यही अध्यादेशलार्इ कानुनी औपचारिकता दिएर पक्का बनाउनको लागि वर्तमान सरकारले संसदमा विधेयक पेश गरेको छ । ...

धक्का नं ७.८ By: shailendra Shrestha  |  viewed : 5547 times

Related news

-शैलेन्द्र श्रेष्ठ । २०७१ को अन्तिम साँझ थियो । फेसबुकमा यस्तो लेखेँ । र शुभकामना दिएँ नयाँ सालको । “मेरो नम्बर र ठेगाना सुख, शान्ति र सम्वृद्धीलाई पनि नदिनू । म आफै मौका मिलाएर बोलाउँछु भन्दिनू । आउने सालमा पनि जुध्नेछु हरेक चुनौतिसित । तव बलियो भइँदो रहेछ जीन्दगीमा । तपाईहरुलाई पनि शुभकामना ! ”यो यसै लेख्न आएको थिएन । भर्खरै मात्र एउटा टेलिभिजन...

महाविपत्तिमा पनि रोकिएन हिलो छ्याप्ने राजनीति By: bharat bhandari  |  viewed : 2358 times

Related news

-भरत भण्डारी । २०७२ बैशाख १२ को महाभूकम्पले नेपालीलाई आफ्नो औकात चिनाएर गएको छ  । जुन देशको सरकारसँग ८ वटाभन्दा बढी हेलिकप्टर छैनन् जुन देशसँग एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल छ ।  जहाँ ८ वटाभन्दा बढी ठूला विमान पार्किङ हुन सक्दैनन् र २०० टनभन्दा बढी तौल भएका विमानहरु अवतरण गराउँदा धावनमार्ग चर्किन्छ । भग्नावशेषभित्र पुरिएका मान्छे पत्ता लगाउने कुकुरसम्म...

भुकम्पको हल्ला: बालबालिकाहरुको लागि घातक By: Nirjala Kashyapati  |  viewed : 1926 times

Related news

-निर्जला कक्षपति । गत शनिवार देखि आएको भूकम्पले सबै नेपालीको मन डर र त्रासले त भरिएको छ नै त्यस माथि स–साना नानीहरु झनै त्रसित देखिएका छन् । भुकम्प के हो, कसरी आउँछ भन्ने समेत नबुझेका नानीहरु अकस्मात् घर अनियन्त्रीत तवरले हल्लिदा र घरका ठूला व्यक्तिहरु अकस्मात् ‘भुईंचालो आयो’ भन्दै ठूलो स्वरमा रुँदै कराउँदै भागदौड गर्दा बच्चाहरु बढी त्रसित्र हुन...

दलहरुबाट संविधान बन्दैन By: Kalyandev Bhattarai  |  viewed : 2383 times

Related news

कल्याणदेव भट्टराई ।संविधान बन्न नसक्ने या बनाउन कठिन विषय नै होइन ।  केही अपवादलाई छोडेर भन्ने हो भने संसारका सबै देशमा संविधान निर्माण भएकै छन् ।  नेपालमा मात्र बन्न नसक्नु को मूल कारण के होला ? यो प्रश्नले आज तीन  करोड नेपालीलाई सताइ रहेको छ । संविधानका नाममा आमनागरिक दुखी   र चिन्तित बनिरहेका छन्  । नेपालमा संविधान बन्न नसक्नु केही कारण पक्कै छन् ।ती कारण माथि नेपालीले गम्भीर भएर चिन्तन...

कर्मचारीको भुँडी र मदिराको नक्कली बिल By: Krishna Neupane  |  viewed : 2340 times

Related news

-कृष्ण न्यौपाने । पुटुक्क परेका गाला, टुच्च उठेको भुँडीवाला राष्ट्रसेवक कर्मचारी मदिरामा पनि नक्कली बिल पेस गरि अकुत सम्पत्ति थुपार्नमा तल्निन बनेको देख्दा अचम्म लाग्छ । तर अचम्म मानेर पनि के गर्नु बिजुली पानीमा पनि यस्तो राजनिती ? हाम्रा देशका सरकारी कर्मचारी कति बाठा छन । धनसम्पती थुपार्न यिनीहरुको जस्तो ‘आइडिया’ सायदै कसैको होला । ...

जीवन वि.क र हाम्रो सामाज By: Indira Prasai  |  viewed : 11886 times

Related news

इन्दिरा प्रसाई । रूकुमका भीमबहादुर र सुशीला ओलीले आफ्नी छोरी कौशिलाको विवाह चङ्खबहादुर विकसँग गरिदिएको खबरले मलाई आकर्षित गर्यो । हाम्रो समाजका लागि अत्यन्त प्रेरक कार्य सम्पादन गर्ने भीमसुशीला दम्पतिको समाज पूनर्निर्माणको यो अग्रणी कदमको वन्दना गर्नै पर्छ । यस्ता खबरहरू विरलै पढ्न पाइन्छन् । मैले यो खबर पढुञ्जेल पनि र पढिसकेपछि पनि एसिड काण्डका खलनायक...

“म मर्न तयार छु ,सत्यको लडाईमा झुक्न तयार छैन्” By: Shreebabu Karki  |  viewed : 7500 times

Related news

श्रीबाबु कार्की । सन् २००८ मा वर्मामा ठूलो आँधी आयो आँधीले धेरै वर्मेली आहात भए । उनीसंग त्यस बेलाको एउटा अप्रिय...

परीक्षाको घडीमा नयाँ गभर्नर By: Keshav Aacharya  |  viewed : 670 times

Related news

केशव आचार्य । नेपाल सरकारले केहीदिनको कसरतबाट नयाँ गभर्नर नेपाल राष्ट्र बैंकलाई दिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नरलाई अर्थतन्त्रको मूल गोठालोका रुपमा लिनुपर्दछ । यसै कारण पुरानो गभर्नरको समयावधि सकिँदा र नयाँ चयन गर्न लाग्दा मुलुकभर ठूलो हल्लीखल्ली हुन्छ । उद्योगी, व्यापारी हुँदै सामान्य उपभोत्तासम्ममा नयाँ गभनर्रको चयनका बेला आर्थिक असर परेको देखिन्छ । सेयर...

माओवादी फूट र ‘एकता’मा अन्तर्निहित तत्वहरु By: Bharat Dahal  |  viewed : 541 times

Related news

भरत दाहाल ।विश्वभरिको र्माक्सवादी साहित्यमा दृष्टिकोण, सिद्धान्त र राजनीतिक मूल्य–मान्यताहरुमा गुणात्मक अन्तर नभएको फूट र एकतालाई अवसरवाद प्रेरित मानिन्छ । यो मान्यताअनुसार निजी वा गुटगत स्वार्थमा आधारित फूट र एकतामा ‘लाइन’को अन्तर हुँदैन, अर्थात् राजनीतिक दिशा सारतः एकै प्रकारको हुन्छ । त्यसैले कम्युनिष्ट आन्दोलनमा फूट हुनेबेला सबैभन्दा बढी ‘दुइ लाइनको संघर्ष’...

आफ्नै मर्जीः सरकारको एक वर्ष, जस्ता सुशील, त्यस्तै प्रधानमन्त्री ! By: Rajan Kuikel  |  viewed : 3789 times

Related news

राजन कुईकेल । नेपाली कांग्रेस संसदीय दलका नेता सुशील कोइरालाले मुलुकको कार्यकारी पद सम्हालेको एक वर्ष पूरा भएको छ । अर्थात् संसदबाट कोइराला नेपालको ३८औं प्रधानमन्त्रीमा निर्वाचित भएको ठ्याक्कै ३६५ दिन पूरा भएको छ । एक वाक्यमा प्रधानमन्त्रीको मूल्यांकन गर्ने हो भने निश्कर्ष निष्कन्छ–जस्ता सुशील कोइराला उस्तै पधानमन्त्री । अर्थात् न त अब्बल । न त पूरै खराब । बीचको । मध्यम कार्यकुशलता...

आफ्नै मर्जीः आइएस आधुनिक विश्वको बर्बरताको प्रतीक By: Rajan Kuikel  |  viewed : 16548 times

Related news

राजन कुईंकेल ।   इराक र सिरियाको केही क्षेत्रमा इस्लामिक शरीया कानुनमार्फत् शासन लाद्ने दुस्साहसका साथ अघि बढेको इस्लामिक स्टेट नामक संगठन अहिले मानवताविरोधी प्रतिबिम्बका रुपमा स्थापित हुँदै गएको छ । सत्ता र शक्तिप्राप्तिको यात्रा कतिसम्म घिनलाग्दो हुँदो रहेछ भन्ने दृष्टान्त उसका पछिल्ला केही हर्कतबाट प्रमाणित हुँदै जान थालेका छन् ।इस्लामको...

यसरी हुन्छ आयल निगममा चलखेल By: Sandip Yogi  |  viewed : 3962 times

Related news

-सन्दिप योगी नेपाल आयल निगम भित्र र बाहिर धेरै चलखेल हरु हुने गरेका छन । केही समय अगाडिका घटनाक्रम हरुलाई हेर्ने हो भने फेरी त्यस्तै चलखेल सुरु भएको हो कि भन्ने भान हुन्छ । केही समय अगाडिको कुरा हो नेपाल आयल निगमको बोर्डको बैठक बस्यो, बोर्डको बैठकले भैरहवामा तेल चोरी प्रकरणमा मुछिएका ८४ वटा ट्यांकरमाथि लगाइएको प्रतिबन्ध फिर्तालिने निर्णय लियो । उच्च राजनीतिक दबाब...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell