top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

यसरी हुन्छ आयल निगममा चलखेल Published: February 4, 2015  |  बुद्धबार 21 माघ, 2071  |  5:30 AM  |  By Sandip Yogi  |  Viewed: 3794 times

-सन्दिप योगी

नेपाल आयल निगम भित्र र बाहिर धेरै चलखेल हरु हुने गरेका छन । केही समय अगाडिका घटनाक्रम हरुलाई हेर्ने हो भने फेरी त्यस्तै चलखेल सुरु भएको हो कि भन्ने भान हुन्छ । केही समय अगाडिको कुरा हो नेपाल आयल निगमको बोर्डको बैठक बस्यो, बोर्डको बैठकले भैरहवामा तेल चोरी प्रकरणमा मुछिएका ८४ वटा ट्यांकरमाथि लगाइएको प्रतिबन्ध फिर्तालिने निर्णय लियो । उच्च राजनीतिक दबाब परेपछी बोर्डका पदाधिकारीहरुले भैरहवामा तेल चोरी प्रकरणमा मुछिएका ८४ वटा ट्यांकरमाथि लगाइएको प्रतिबन्ध फिर्तालिने निर्णय गरेका थिए ।

तर त्यस निर्णयको बिरुद्धमा उभिए नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, उनले बोर्डको सो निर्णयमा हस्ताक्षर गरेनन । त्यस पछी उनी बिरुद्ध धेरै समुहहरु सक्रिय भए । भट्टले पेट्रोलियम पदार्थहरूमा स्वचालित मूल्य प्रणाली कायम गरेजस्तै ग्यासमा पनि त्यस्तै प्रणाली लागू गर्नेतिर पहल थालेका थिए । ग्यासमा स्वचालित मूल्य प्रणाली लागू भए ग्यासमा दुई नम्बरी धन्दा, कालाबजारी गर्नेकार्य धेरै मात्रामा घट्न जान्थ्यो ।

यस कारणले पनि धेरै स्वार्थ लिएका समुहहरुमा हल्लिखल्ली मच्चियो र यो स्वभाभिक पनी थियो । निगम भित्रनै उनले सुधार गर्दै लैजाने रणनिती लिएका थिए । विगत आठ महिनाको अवधिमा निगमले ५ अर्ब ऋण तिरिसकेको छ भने ५० करोड रुपियाँ ब्याज तिरिसकेको छ । र, आठ पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घट्न पुगेको छ । यस खालका उनका निगमलाईनै भ्रस्टचार मुक्त बनाउने प्रयास समेत निगम भित्रकै स्वार्थ समुह संग बाझिन गयो ।

एक हिसाबले भन्ने हो भने उनले धेरै तिर हातहालेर निगममा भएका कुरिती, अनियमितता हटाउने प्रयास गर्नु पनि उनको लागि घातक हुन गयो र परिणाम स्वरुप उनि नेपल आयल निगमको कार्यकारि निर्देसकबाट हट्नुपर्यो । एल पि जि ग्यास सर्वसुलवरुपले उपभोक्तालाइ उपलब्ध गराउन नसकेको आरोपमा उनलाइ हटाइयो ।

जानकारहरु त के पनि भन्छन भने अहिलेको ग्यासको हाहाकार तत्कालिन आयल निगमका कार्यकारि निर्देसक चन्डिका प्रसाद भट्टलाइ असफल साबित गराउनको लागि गराइएको एउटा ग्र्यान्ड् डिजाइन थियो जुन धेरै हदसम्म सफल पनि रह्यो । अहिले नेपाल आयल निगमका कार्यकारि निर्देशक भएर आयका छन गोपाल खड्का । गोपाल खड्का यो भन्दा पहिले पनि चर्चामा थिए तर राम्रो काम गरेर होइन डिभिजन सडक कार्यालयको प्रमुख हुंदा अनियमितता गरेको भनेर । अचम्मको कुरो त के छ भने बाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापाले अरु कोहि नभेटेर तिनै अनियमिततामा मुछिएका गोपाल खड्कालाई टपक्क टिपेर ल्याएर नेपाल आयल निगमको कार्यकारि प्रमुखको पदमा राखिदिए ।

नेपाल आयल निगम सबैभन्दा धेरै अनियमितता हुने, घाटामा गैरहने संस्थानको रुपमा चिनिन्छ ।  सुर्यबहादुर थापाका छोरा मन्त्री सुनिल बहदुर थापाले लिएको निर्णयले निगमको प्रमुख फेरिएका छन । उनले लिएको निर्णयले निगमको भविष्यलाई कता डोर्याउछ त्यो भने समयलेनै बताउला । नेपाल आयल निगममा एस्ता घटनाहरु चलखेलहरु अजै रोकिन सकेको छैन । नेपाल आयल निगम घटामा जानुको एउटा कारण यस्तै अनियमितता र चलखेलले गर्दा हुन ।

चरम राजनीतिक हस्तछेप ,राजनितिक-आर्थिक स्वार्थको लागि निगममा राम्रो भन्दा हाम्रोलाई ठाउँ दिनु ,अनियमितता आदी इत्यादी कारणले निगम थला परेको छ । अब निगमलाई सक्षम,आत्मनिर्भर र पारदर्शी बनाउनको लागि निगम भित्र  राजनीतिक हस्तछेप बन्द हुनु पर्छ । निगमको नेत्रित्व हाम्रा भन्दा राम्रा हुनु पर्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell