top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

“म मर्न तयार छु ,सत्यको लडाईमा झुक्न तयार छैन्” Published: March 29, 2015  |  आईतवार 15 चैत, 2071  |  5:30 AM  |  By Shreebabu Karki  |  Viewed: 7299 times

श्रीबाबु कार्की

सन् २००८ मा वर्मामा ठूलो आँधी आयो आँधीले धेरै वर्मेली आहात भए उनीसंग त्यस बेलाको एउटा अप्रिय घटना त्यतिबेला वर्मा सरकारले विदेशीलाई आँधी प्रभावित क्षेत्रमा जाने अनुमती दिएको थिएन तर डा. गोविन्द केसी एउटा शिक्षकको सहयोमा वर्मा पुगे वर्मेली भेषमै त्यहाँ उनले सयौको उपचार गरे डाक्टरहरुलाई प्रशिक्षण दिए तर त्यस बेला उनलाई उनको सहयोगीलाई वर्मा सरकारले चिनेको भए १५ वर्ष जेल हाल्न सक्थ्यो झण्डै दुई दशक उमेर प्राध्यापन चिकित्सा क्षेत्रमा विताएका यी डा.संग सम्पत्तिको नाउमा एउटा ल्यापटप , एक थान टेलिभिजन भर्खर मात्र किनेको एउटा मोवाइल

 महात्मा गान्धीबाट निक्कै प्रभावित डा. गोविन्द केसी शान्तिपूर्ण आन्दोलनबाट आमूल परिवर्तन ल्याउन सकिन्छ भन्नेमा दृढ छन् । स्वास्थ्य क्षेत्रमा वृहत्तर सुधार गर्ने अभियान्ताका रुपमा गान्धीवादी चरित्र बोकेका केसी एक पटक पुनः आमरण अनशनमा त्रिवि शिक्षण अस्पतालको छिडीमा छन् ।

म मर्न तयार छु , सत्यको लडाईमा झुक्न तयार छैन्  भन्दै सत्यको लागि आफ्नो प्राणको आहुती दिन तयार भएर उनी पाँचौ पटक अनशन बसिरहेका छन् । डा. केसीको आमरण अनशनले समग्र नेपालीहरुमा एउटा विशेष तरङ्ग पैदा गराएको छ ।

केही लोभिपापी,स्वर्थी ,हाइब्रिड वौद्विकहरु र स्वास्थ्य क्षेत्रका माफियाहरु डा. केसीको यो निरन्तर सत्याग्रहले आतङ्कित मात्र छैनन् उनको यो कदमबाट ‘चिनीमा कसरी अमिलो खोज्न सकिन्छ’भन्ने कुत्सीत मनशायले कोकोहोलो मच्चाइरहेका छन् । डा. गोविन्दको ठूलो हतियार भनेकै यही हो-सत्याग्रह ।

सामान्य आँखाले झट्ट हेर्दा डा.गाविन्द उस्तो विराट र भव्य लाग्दैनन् । औसत मानिसभन्दा भिन्न छैनन् पनि । होचो कद , खुइलिएको तालु, ख्याउटे अनुहार र साधरण पहिरन मन पराउने उनी आफुलाई कम र विरामीको बढी महत्व दिन मन पराउँछन् । नेपालको कुनै त्यस्तो भूगोल छैन्-जहाँ झोलामा औषधी बोकेर डा.केसी नपुेकाहु्न् ।

विपत्ति र विरामीका पर्याय डा.केसी स्वदेशमा मात्र ओषधी बोकेर पुग्दैनन् । विदेशका धेरै प्राकृतिक विपत्तीहरुमा निःशुल्क उपचार गर्न पुगिरहेकै हुन्छन् । फिलिपिन्समा आएको आँधीमा होस् या पाकिस्तान र भारतको गुजरातको भूकम्पमा होस उनी पुगेकै छन् । हाइटी,वर्मा, बंगलादेशका भूकम्प र आँधी प्रभावित क्षेत्रमा पुगेर आफ्नै खर्चले उपचार गरेर उनले केही बटुले भने त्यो ‘धमर्’ नै हो  । उनी भन्छन् – चिकित्सा क्षेत्र मेरो जागिर होईन ।  ‘धर्म’ हो । उनी जीवनमा कहिल्यै पैसाको पछि लागेनन् । क्लिनिक खोल्ने र त्यसमा काम गर्ने जागर गरेनन् ।

सरकारी अस्पतालमै २४ सै घण्टा खट्नु उनको कर्म बनेको छ । त्यसको अलवा उनी देशका दुर्गम जिल्लाहरुमा  शिविर चलाउदै घुमिरहेका भेटिन्छन् । आफ्नै तलबको पैसाले  औषधी  किनेर उपचारमा पहूँच नपुगेका विरामीलाई निःशुल्क  वितरण गर्नु नै , उनको जीवनको मूल धेय देखिन्छ ।

रामेछाप जिल्लाको दुर्गम गाँउ माकादुम गाविसमा जन्मिएर दोलखाको झुलेमा हुर्केका केसीको सानैदेखि एउटा दिव्य अठोट थियो । –‘डाक्टलर बन्ने ’ नभन्दै उनको सपना पुरा भयो । परिवारको एउटा सपना थियो जेठो छोराले अब राम्रो घरवार गर्ला, तर भइदियो उल्टो । उनी त अरु दुई भाईभन्दा भइदिए फरक र एक्लो ।

उनले विवाहको लेठो जिन्दगीसंग सम्झौता गर्नैै चाहेनन् । हालसम्म अविवाहित छन् डा.गोविन्द । उमेरले आधा शताब्दी उकालो काटिसके लाग्छ-एउटा यायावरीको जीवनभन्दा फरक छैन् । झण्डै दुई दशक उमेर प्राध्यापन र चिकित्सा क्षेत्रमा विताएका यी डा.संग सम्पत्तिको नाउमा एउटा ल्यापटप , एक थान टेलिभिजन र भर्खर मात्र किनेको एउटा मोवाइल छ । उनका एक जना विद्यार्थी डा. कमल क्षेत्रीको भाषामा भन्ने हो भने उनी हुन-‘एउटा सन्तचिकित्सक,सादगी र सौम्य ।’
उनले न परिवार जोडे न सम्पत्ति !

साथिभाइ बीच झट्ट हेर्दा  अनौठा स्वभावका लाग्ने यी डाक्टर ‘यो जुगमा नसुहाउने जीव लाग्नु अस्वाभाविक हुदैन । ’न त साथीभाइसंग रमाइलो गर्छन ,न भोज भतेरमा रमाउँछन् । न त रमरवाफले नै यिनको मन तान्छ । उनको एउटै सपना छ –गरिब दुःखीको स्वस्थ्यमा साहारा दिनु । उपचारका क्रममा उनले संसार चाहारिसकेका छन् । उनी भन्छन्-“ विरामीको कुनै देश हुदैन ।”

सन् २००८ मा वर्मामा ठूलो आँधी आयो ।  आँधीले धेरै वर्मेली आहात भए । उनीसंग त्यस बेलाको एउटा अप्रिय घटना छ । त्यतिबेला वर्मा सरकारले विदेशीलाई आँधी प्रभावित क्षेत्रमा जाने अनुमती दिएको थिएन । तर डा. गोविन्द केसी एउटा शिक्षकको सहयोमा वर्मा पुगे,वर्मेली भेषमै । त्यहाँ उनले सयौको उपचार गरे । डाक्टरहरुलाई प्रशिक्षण दिए । त्यस बेला उनलाई र उनको सहयोगीलाई वर्मा सरकारले चिनेको भए १५ वर्ष जेल हाल्न सक्थ्यो । तथापि उनले वर्मेली जनताको दुःखमा साथ दिए । झिनामसिना कुरामा निडर उनी कैयन ठाँउमा आफ्नो प्राण समेत दाउमा राख्न पछि परेका छैनन् ।

१० वर्षे द्वन्द्वका समयमा पनि डा.केसी नेपालका धेरै दुर्गम ठाँउमा निशुल्क स्वास्थ्य शिविर चलाउदै हिड्थे । आफ्नो दु्ःखको लेखाजोखा भन्दा पनि जनताको स्वास्थ्यमा मलम लगाउन पाएकोमा गर्व गर्दै हिँडे उनी । प्रतिकुल अवस्थामा पनि आफ्नो अडान नछाड्ने उनी विपन्नका साहरा र सारथी बन्न पुगे । एउटा गबिको झुपडिमा पुगेर उसको रोगलाई निदान गर्न पाउँदा डा केसीले आफ्नो जीवनको भने सुखदुःख विर्सन पुगेका छन् । भन्छन्-“थाहा छैन् ,सबैको मुटुसंग मेरो मुटु जोडिएको छ कि ! जहाँ रोग छ । दुःखपीडा छ त्यहाँ दौडिएर पुग्न मनलाग्छ ।

”सहरका चिल्ला सडकमा सुकिला गाडी कुदाउँदै क्लिनिक-क्लिनिक चहार्दै महंगो स्वास्थ्य सेवा दिएर आफ्नो ‘ब्राड नेम’ चलाउने डाक्टरहरुका लागि उनी सन्की र पागल लाग्न सक्छन् ।  तर दूरदराजका वस्तीमा पुगेर स्वास्थ्य सेवा दिँदा ती विरामीका आँखामा उनी आर्दशपात्र लाग्नु अनौठो नहोला ।

सत्य सधै तीतो हुन्छ । हामीलाई थाहै छ – दर्शनिक सुकरात सत्य हुदाहुदै विष पिलाएर मारिए । महान धर्मगु्रु यशुख्रिष्टलाई क्रसमा झुण्ड्याइयो । भगवान वुद्धलाई ढुङ्गाले हानेर मार्ने हर्कत रचियो । गान्धीलाई गोली वर्षाइयो । महाकवि देवकोटालाई पागल घोषणा गरियो । लाग्छ डा. गोविन्द केसीले पनि जीवनकालमा  पर्याप्त अपमान र पागलको उपमा समेत धारण गर्नुपर्यो । सत्यको पक्षमा लड्नेहरुले कतै विष पिउनु पर्छ । कतै सुलीमा चढ्नु पर्छ । कतै अपमान र तिरस्कार सहनु पर्छ । जो आज डा.केसीले भोगिरहेका छन् ।

उनी आमरण अनशन वसिरहेका छन् । तर माफियाको चास्नीमा चुर्लुम्म डुबेका कतिपय सभासदहरु केसीका विरुद्धमा  ‘ पाडे ’ गाली गरिरहेका छन् ।  उनकै क्षेत्रका केही अर्कमण्य र लोभी चिकित्सकहरु उनको अभियानमा तगारो बनिरहेका छन् । उनी यस्तो विषम् अवस्थाको संघारबाटै भनिरहेका छन्-“म गलुँला वा अनशन वस्दावस्दै मरुँला र मेडिकल माफियाको स्वार्थ पूरा होला भन्ने सपना सरकारले देखेको छ भने त्यस्तो भ्रममा नबस्न म चेतावनी दिन्छु ”

प्राध्यापक डाक्टर गोविन्द केसी जीवनमरणको सवालमा उभिएका छन् । मेडिकल कलेज स्वीकृत नगर्ने मनसाय उनले पटक्कै राखेका छैनन् । यद्यपी उनको एउटै माग छ – मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने जनशक्तिको परिचयपत्रमा ‘यमराज’को प्रमाणपत्र नपुगोस् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell