top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

जीवन वि.क र हाम्रो सामाज Published: March 31, 2015  |  मंगलवार 17 चैत, 2071  |  5:30 AM  |  By Indira Prasai  |  Viewed: 11691 times

इन्दिरा प्रसाई रूकुमका भीमबहादुर र सुशीला ओलीले आफ्नी छोरी कौशिलाको विवाह चङ्खबहादुर विकसँग गरिदिएको खबरले मलाई आकर्षित गर्यो । हाम्रो समाजका लागि अत्यन्त प्रेरक कार्य सम्पादन गर्ने भीमसुशीला दम्पतिको समाज पूनर्निर्माणको यो अग्रणी कदमको वन्दना गर्नै पर्छ ।

यस्ता खबरहरू विरलै पढ्न पाइन्छन् । मैले यो खबर पढुञ्जेल पनि र पढिसकेपछि पनि एसिड काण्डका खलनायक जीवन विकलाई सम्झन पुगें । एसिडकाण्डको सन्दर्भको कारक तत्व पनि अन्तर्जातीय प्रेम सम्बन्ध नै रहेको खुलासा भइसकेको छ ।

जीवन विकलाई कठोर सजाय दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । जीवनले गरेको अपराध जघन्य नै भएको कारण उनले त कठोर सजाय पाउनै पर्छ । जीवनको विफल प्रेम प्रतिशोधका कारण दुई नावालक किशोरीहरूले पाएको दर्दनाक पीडा शब्दमा बयान गर्नै सकिँदैन ।

उनीहरूले पाएको शारीरिक पीडाका तुलनामा उनीहरूले भोग्नु पर्ने मानसिक पीडाको हिसाब अझ गरिएकै छैन । त्यसैले समाजमा यस्ता घटना फेरि नदोहोरियोस् भन्नका लागि पनि जीवनले सकेसम्म कठोर सजाय पाउनु पर्छ । मलाई लाग्छ यी माथिका विचारहरू हामी आमनेपाली कै हो । सबैका आवाजमा मैले पनि आवाज मिलाए तापनि जीवनले सजाय पाउँदा एउटा समस्याको चाहिं समाधान होर तापनि उनलाई अपराधी बनाउनमा हाम्रो सामाजको विभेदकारी नीति पनि उत्तिकै जिम्मेवार छ । त्यसैले समाज पूनर्निर्माणको जटिल आवश्यकताले नेपाली समाजलाई पिरोलिसकेको कुरा सबैले मनन गर्ने बेला भइसकेको छ । तर जीवनको सजायले मात्र यो समस्याको समाधान होला त १ आखिर जीवन पनि उनकी आमाले प्राणको बाजि लगाएर जन्माएको सन्तान नै हुन । जीवनले सजाय पाउँदा उनकी निर्दोष आमाको पनि जिउँदो मृत्यु हुन्छ । सँधै यस्तै भइरहन्छ । एसिडकाण्डका किशोरीहरूका आमाहरू र खलनायक जीवन विककी आमाको मातृत्वको मूल्यमा अलिकति पनि फरक हुँदैन ।
संसारभरिका आमाहरूको मातृत्वको जात, धर्म,भाषा, अथवा देशै पनि फरक हुँदैन । जुनसुकै शिशु पनि जन्मँदा कञ्चन हुन्छ । परिवार र समाजका विभिन्न प्रपञ्चले एउटा निर्दोष शिशु क्रमशः अपराधिकरणको भर्याङ उक्लिंदै शिर्षस्थ अपराधी बन्छ । हाम्रो समाजले मेधावी विद्यार्थी जीवन विक कसरी खलनायकमा रूपान्तरित भए भन्ने खोजि गर्नऔचित्यै ठान्दैन ।
व्यक्तिको मनोविज्ञान लछारपछारपछि निम्तिन सक्ने भयावह परिणामसँग यहाँ कसैलाई सरोकारै छैन । दोषीलाई कठोर सजाय दिनासाथ यस्ता समस्याको मूल जरा उखेलिएलान् त ? मेरा मनमा यस्ता सवाल पनि आउने गर्छन् । हाम्रो नेपालको विविध मनोरम कुरामध्ये विविध जातजाति पनि एक हो ।

फूलवारीमा विविध फूलहरू मग्मगाउनु पर्छ । तर ती फूलहरूका कारण हावामा विषाक्तता फैलिनु कदापि राम्रो होइन । त्यस्तो परिस्थितिमा उक्त फूलवारी नास पार्नु श्रेयस्कर हुन्छ । त्यस्तै जातजातिका कारण समाज हिंसामय भएको अवस्थामा विविध जातजातिको सुन्दरतामा रमाउन सकिन्न । खास गरेर दलितप्रति हाम्रो समाजले गर्ने भेदभाव अत्यन्तै निकृष्ठ छ । हुन त सभ्य र विकशित भनाउँदा देशहरूमा पनि कालाहरूका विरूद्ध गोराहरूले गरेको विभेदको प्रतिफल त्यहाँवाट अझै विस्थापित हुन सकेको छैन । जसका कारण सोबाट हुने दुस्परिणाम भोग्न अहिले पनि त्यहाँको समाज वाध्य छ ।

जातीय विभेद कुनै पनि समाजको कलङ्क हो । मलाई लाग्छ हाम्रो देशको ७५ प्रतिशत समस्यालाई जातीयताले बेरेको छ । शान्त, सम्वृद्ध र सुखी नेपाली समाजको स्थापना गर्ने हो भने समाजबाट जातजाति प्रथाकै उन्मुलन गरिइनै पर्छ भन्ने मलाई लाग्छ । जबसम्म कुनै पनि समाजको सेरोफेरो मानवतावादमात्र हुँदैन तबसम्म राष्ट्रिय शान्तिको अवस्था पनि हुन सक्तैन ।

मानिसहरूको द्वैघ चरित्रका कारण पनि समाज, राष्ट्र र पुरै विश्वले विविध सम्स्याको जटिलतामा बेरिनु पर्छ । हामी अत्याधुनिक भनाइएर विज्ञानका नवीन देनहरूमा चाहिं हौसिरहेका हुन्छौं । आफ्नो सुखसुविधाका सन्दर्भमा सम्झौता पनि सहजै गरिदिन्छौं । तर समाज र राष्ट्रका सन्दर्भको चेतना र सम्झौतामा ध्यान दिइरहेका हुँदैनौ । राष्ट्रका नीति निर्माणका तहमा बसेका ठूला भनिने कुर्शीधारीहरूले पनि हचुवाका भरमा नीति निर्माण गरिदिनाले पनि समस्याको चुरो जस्ताको तस्तै रहन्छ ।
जीवन विक अपराधी भए तापनि उनलाई अपराधी बनाउनमा हाम्रो सामाजको विभेदकारी नीति पनि उत्तिकै जिम्मेवार छ । त्यसैले समाज पूनर्निर्माणको जटिल आवश्यकताले नेपाली समाजलाई पिरोलिसकेको कुरा सबैले मनन गर्ने बेला भइसकेको छ । अन्यथा जीवन विकहरू यसरी नै अपराधका लागि अघि सर्दै जाने सम्भावना देखिन्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell