top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

महाविपत्तिमा पनि रोकिएन हिलो छ्याप्ने राजनीति Published: May 7, 2015  |  बिहीवार 24 बैशाख, 2072  |  5:30 AM  |  By bharat bhandari  |  Viewed: 2182 times

-भरत भण्डारी ।

२०७२ बैशाख १२ को महाभूकम्पले नेपालीलाई आफ्नो औकात चिनाएर गएको छ  । जुन देशको सरकारसँग ८ वटाभन्दा बढी हेलिकप्टर छैनन् जुन देशसँग एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल छ ।  जहाँ ८ वटाभन्दा बढी ठूला विमान पार्किङ हुन सक्दैनन् र २०० टनभन्दा बढी तौल भएका विमानहरु अवतरण गराउँदा धावनमार्ग चर्किन्छ । भग्नावशेषभित्र पुरिएका मान्छे पत्ता लगाउने कुकुरसम्म छैनन । भग्नावशेषभित्र पुरिएका मान्छे जीवित छन्  कि मरेका छन् भनेर पत्ता लगाउने उपकरण पनि छैनन् । उद्धार र राहतमा खटेका सैनिक र प्रहरीहरु औजार विहीन छन् तर कुरा भने यस देशमा ठूलाठूला हुन्छन र संसारमा असफल भइसकेका राजनीतिक प्रयोगहरु यहाँ हुन खोज्छन् ।

देशको क्षमताले मुकाबिला गर्न नसक्ने महाविपत् आइलागेको छ । यस्तो अवस्थामा आपसी प्रतिस्पर्धा, आग्रह, पूर्वाग्रह तथा द्वेष त्यागेर एकजुट भएर प्राकृतिक प्रकोपसँग जुध्नु पर्ने हो, आआफ्नो ठाउँबाट सबैले सक्दो सहयोगमा जुट्नु पर्ने हो तर त्यसो हुन सकेन । यस महाविपतको घडीमा पनि एक अर्कालाई हिलो छ्याप्ने काम भयो । एउटा अविकसित निर्धन देशको सरकारको क्षमताले सामना गर्न नसक्ने महाविपत आइलागेको थाहा हुँदाहुँदै केही बोक्रे बुद्धिजिवीहरु बालुवाटार घेर्नसम्म गए । कतिले पत्रिकामा गाली पुराण छपाए त कतिले सामाजिक सन्जालमा घटिया टिप्पणीहरु गरे । मुखले बकबक गर्नु र जिम्मेवारी बहन गर्नुमा धेरै फरक हुन्छ भन्ने कुरा धेरैले बिर्सिए ।

उद्धार र राहतको नाममा एउटा इटा पनि नउठाउनेले सरकार, राजनीतिक दल र नेतालाई गाली गरेरै आफ्नो कर्तव्य पूरा गरे भने यस्तो महाविपतको संवेदनशील घडीमा आफूलाई राज्यको चौथो अङ्ग ठान्ने सञ्चार जगत् पनि खासै जिम्मेवार देखिएन । उसले पनि सकारात्मकभन्दा नकारात्मक समाचारलाई बढवा दिने आफ्नो पुरानै प्रवृत्ति दोहो¥यायो र केही मिडिया र मिडियावाला (विशेषगरी अनलाइन मिडिया) हरुले साह्रै गैर जिम्मेवार हर्कत देखाए ।

यस महाविपतको घडीमा उद्धार र राहत कार्यको अग्र मोर्चामा रहेको नेपाल विद्यार्थी संघलाई नियोजित ढङ्गले बदनाम गराउन खोज्ने मनसायले केही राजनीतिक दलका मुखपत्रका रुपमा प्रकाशित भईरहेका अनलाइन पत्रिकाले नेपाल विद्यार्थी संघका नाममा अनेक फत्तुर प्रकाशन गरेर घटिया पत्रकारिता पनि गरे  । भूकम्प पिडितका लागि विदेसी सहायताबाट आएका त्रिपाल बेच्दाबेच्दै नेविसङ्घका कार्यकर्ता पक्राउ जस्तो झुटो समाचार छापेर उद्धारमा खटिएका  नेवि संघ कार्यत्रर्ताको मनोवल गिराउने कसरत पनि गरे । कुनै पार्टी विशेषको भजन गाउन खोलिएका त्यस्ता अनलाइन जसलाई विपत्को पत्रकारिताको कुनै ज्ञान छैन् ,उनीहरुका यस्ता गलत आरोपबाट संघ अत्तालिने कारणनै थिएन । फेरि पनि मौलाउदो पीत पत्रकारिताप्रति घृणा जाग्ने नै भयो ।

नेविसंघ यतिबेला भूकम्प प्रभावित क्षेत्रहरुमा उद्धार र राहत कार्यमा अहोरात्र खटिरहेको छ ।  सिङ्गो संगठन परिचालन गरेको नेविसङ्घको  बदनाम गराउन खोजरे पत्रिका चलाउने र पत्रकारिता गर्नेहरुप्रति दया लागेर आएको छ  । काम गरेर देखिने विषय हो हामी काममा छौ । हाम्रा विरुद्धका जस्ता सुकै षड्यन्त्रले पनि यस घडिमा हामी विचलित हुने छैनौँ । अहिलेको नेविसंघ नेतृत्वले सिकाएको  पाठ हो, यो ।

सिंगो संगठनलाई बिना प्रमाणको समाचार प्रकाशन गरेर वद्नाम गर्न खोज्दा   अहोरात्र उद्धार र राहतको काममा खटिएका नेविसङ्घका हजारौ हजार कार्यकर्ताहरुलाई मर्माहत बनाएको छ  । यस्ता गलत अफवाबाट हामी कामबाट बाहिर आउने छैनौ ।

केन्द्रीय अध्यक्षले उक्त समाचारको पुष्टि गर्न सम्बन्धित मिडियालाई चुनौति दिए तर पुष्टि भएन । त्रिपाल बेच्ने मान्छेको नाम, ठेगाना, फोटो, संगठनमा उसको हैसियत केही खुलाउन सकेन । त्यति मात्र होइन पुलिसले पक्रियो भनेका मान्छेहरु अहिले कहाँ छन् हामी भट्छौँ भन्दा पत्राउ परेको व्यक्ति पलानो ठानामा छ भन्न पनि सकेन उक्त पत्रिकाले ।यस्ता बेसुरको पत्रकारिताले समाजमा भ्रम सिर्जना गर्ने बाहेक केही गर्न सक्दैन ।

(पङ्तिकार नेपाल विद्यार्थी सङ्घका त्रि.वि. समिति कोषाध्यक्ष हुन् )

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell