top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

जब बाटोमा गुञ्जन्छ,रामवलीको ढोलक Published: June 28, 2015  |  आईतवार 13 आषाढ, 2072  |  5:30 AM  |  By BP Koirala  |  Viewed: 1684 times

–वीपी कोइराला ।

तपाईको घर दैलोमा कसैले निकैबेर साइकलको घण्टी बजाइरह्यो भने,तपाई नरिसाउनुस् । त्यो घण्टी रामवली साहले बजाएका हुनसक्छन् । उनले तपाईको सेवाका लागि दैनिक ४/५ घण्टा त्यसैगरि घण्टी बजाउने गर्छन् । त्यसो त उनको यो रोजीरोटी  पनि हो । ६५ वसन्त पार गरेका रामवली दिनभर साइकलको यात्रा गर्छन् । घरघर पुगेर ग्यास चुल्हो बनाउन थालेको आज ४० बर्ष वितिसकेको छ । आफुजस्तै वृद्ध साइकलको घण्टीको आवाज काठमाडौका कति गृहणीका लागि त परिचित भइसकेको छ ।

बाँच्नका लागि पैसा चाहिए पनि आनन्द पैसाले दिन नसक्ने निष्कर्षमा उनी पुगिसकेका छन ।  यही निष्कर्षले पनि होला मैले जीवनमा अनेक  संघर्ष गरे पनि दुःखी कहिल्यै भइन’,रामबली भन्छन् । हुन पनि सामान्यात मानिसहरुले आर्थिक सम्पन्नतालाई जीवनको लक्ष्य बनाएर संघर्ष गरिरहेका हुन्छन् ।

तर आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुमा नै अधिक मानसिक तनाव हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । बृद्ध रामवलीले भने आर्थिक अभावलाई नै जीवनको सार बनाएका छन् । दिनमा ३—४ घण्टा ग्यास चुलो मर्मत गरि कमाएको दुइ तीन सय रुपैयाँले गर्जो टार्नै हम्मेहम्मे छ रामवलीलाई, तर उनको अनुहारमा भने सम्पन्नताको चमक देखिन्छ ।

त्यसो त रानीबारी स्थित सडकपेटीमा उनको पसल पनि छ । ३० बर्ष पुरानो यो पसलमा सामानको नाममा उनले बिहान बेलुकी बजाउने ढोलक र हार्मोनियम बाहेक खासै केही देखिदैन । पसलबाट खासै आम्दानी नभएपनि उनीभित्र आनन्दको वहाव उर्लिएको देखिन्छ ।‘लाखौ पैसा कमाएर पनि मानिसहरु काटमार गरिरहेका छन् । झैझगडा र युद्ध भइरहेको छ । भोकालाई भोजन, नांगालाई नाना र असहायलाई सहायता दिन सक्दैनन । यस्ताले पैसा कमाएको र धर्म गरेको के फाइदा ?’  रामबली प्रश्न गर्छन् ।

जीवनका कुरा गरिरहदा उनी कुनै दार्शनिक जस्ता लाग्छन् ।  ‘मान्छे खुशी हुन आफुलाई परिवर्तन गर्नुपर्छ’, खुशीका लागि  उनको यो सूत्र आज सम्म फेल भएको छैन कम्ति उनका लागि । स्कुल सम्म नटेकेका निरक्षर रामवलीले आफैले रचना गरेको शब्दहरु ढोलकको तालसगै गुञ्जने गर्छन । आफ्नो करुण्ाँमय भाव नै आनन्दको स्तर भएको बताउने रामवली सबैमा प्रेम र करुण्ाँ भाव भए मात्र  विश्वमा शान्ति छाउने बताउँछन् ।

रामबली सडकपेटीमा रहेको पसलमा काम मात्रै गर्दैनन् । फुर्सद मिल्यो कि उनको गीतसंगीतले बाटो गुञ्जिन थाल्छ । जब उनले प्रशन्न मुद्रामा टाउको हल्लाएर गाउन थाल्दछन् अनि धेरै बटुवाहरुको कदम रोकिन थाल्छ । गुल्मी घर भइ हाल सामाखुसीमा काम गर्दै आएका शैलेन्द्रविक्रम थापा त्यही बाटोबाट हिड्ने गर्दछन् । शैलेन्द्र भन्छनः ‘वास्तमा यी बृद्धलाइ देखेपछि मलाइ लाग्यो आनन्दित हुन आर्थिक सम्पन्नता चाहिदो रहेनछ । उनको पसल अगाडी पुगेपछि उनलाई नहेरी मेरो चित्तै बुझ्दैन ।’

मानिसलाई आनन्दित हुन आर्थिक सम्पन्नता नै चाहिन्छ भन्ने भ्रम तोड्ने रामबली एक उदारहरणीय पात्र हुन । सामान्यतया मानिसहरु धनसम्पत्ती, आफनो पेशामा सफलता आदि विषयलाई जीवनको उद्देश्यका रुपमा हेर्ने गर्दछन । आफ्नो रुचीको बिषय छाडेर जे गर्दा धैरै पैसा कमाइन्छ त्यसैलाई जीवनको लक्ष्य बनाउने होड नै चलेको छ यतिबेला ।

आर्थिक पाटोमा सम्पन्न व्यक्ति तथा समृद्ध राष्ट्रमा नै तुलनात्मक रुपमा मानसिक तनाव बढी हुने गरेको बिभिन्न अध्ययनले पुष्टी गरिसकेका छन् । मनलाई सन्तोष दिन जानिएन भने  सम्पत्तीले शान्ति भन्दा अशान्ति दिएका कैयौं उदाहरणहरु पनि छन् । यसै कारण पनि धनका गरिब तर मनका धनी रामवली यो भौतिकतालाई महत्व दिने समाजका लागि एउटा प्रेरणाका स्रोत बन्न सक्छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell