top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

प्राम्भिक मस्यौदा हर्ष न विष्माद् ! Published: July 28, 2015  |  मंगलवार 12 साउन, 2072  |  5:30 AM  |  By Rama Karki  |  Viewed: 686 times

रामा कार्की
लगभग ७ वर्ष पछि हाम्रा सभासदहरुले नेपालको संबिधान २०७२ को प्राम्भिक मस्यौदा तयार  पारे । यसले नेपाली जनतामा अब चाहिँ संबिधान बन्छ कि ! भन्ने झिनो आशा पलाएको छ । तर नेपाली जनताको  यो आशाले सार्थक रुप लिन सक्ला या नसक्ला त्यो भावी दिनहरुले देखाउने विषय हो ।  मुलुक दुईचार जनाको मुठ्ठीमा परेको छ ।  सभासदहरु निरिह छन । अब के हुन्छ । कसो हुन्छ, यो हाम्रा सभासदहरुको कर्यशैलीमा भर पर्ने कुरा हो ।

अहिले केही दिन अघि मात्र सार्र्वजनिक भएको नेपालको संबिधान २०७२ को प्राम्भिक मस्यौदा माथि टिक्का टिप्पणी र वहस चल्ने र चलाउने कार्य तिब्र रुपमा भैरहेको छ ।  साथै उक्त मस्यौदा माथि जनताको बिचार बुझ्नको लागि सभासद तथा नेताहरु आफ्नो आफ्नो क्षेत्रमा गएर सुझाब संकलन गर्ने काम पनि गरिसकेका छन । केही  ठाँउहरुमा सुझाब संकलन गर्न गएका नेता तथा सभासदहरु माथि हातपात तथा अभद्र व्यवहार पनि भयो । नेता तथा सभासद माथि हातपात हुनु ,कुर्सिले हान्नु ,ढुंगामूढा हुनु कतै उनीहरुको कार्यशैली कै  उपज पनि हो कि !

नेपालको संबिधान २०७२ को प्राम्भिक मस्यौदा जन्मिन ७ वर्ष मात्र लागेन । दुईदुई पटक संबिधानसभाको चुनाब समेत गर्नुपर्यो । जसले देशको आर्थिक ढिकुटी मात्र रित्याएन बिना उपलब्धि ६०१ लाई पालिरहनु पर्ने बाध्यता र त्यसको बीचमा  जनताले सहनु परेको सास्तीलाई कसरी लिने ?

नेपाली राजनीतिले गरेको यो अक्षम्य गल्लीलाई भोली इतिहासले सम्झेला या नसम्झेला तर नेपाली जनताले कदापी भुल्ने छैनन् । संविधानको मस्यौदा मात्र बनाउन सातसात वर्ष लगाउने हाम्रा नेता तथा सभासदहरुले पूर्ण संबिधान नै बनाउन अब कति बर्ष लगाउलान त्यो भने हेर्न बाँकी छ ।सात बर्ष सम्म ३ कोटी नेपाली मौन पनि भैदिए तर सात वर्ष पछि तयार भएको संविधानको प्राम्भिक मस्यौदा माथि सुझाब दिन  ३ कोटी नेपाली जनतालाई हतारहतार दुई दिनको मात्र समय दिइयो । जब कि नेपाली जनजनको हातमा नेपालको संबिधान २०७२ को प्राम्भिक मस्यौदा पुगेकै थिएन ।  यस्तो अवस्थामा नेता तथा सभासदहरुले कस्तो सुझाब संकलन गरेर राजधानी फर्किए होलान यो अहिलेको गम्भिर बिषय बनेको छ ।
एउटा सामान्य भन्दा सामान्य नागरिकले पनि नपत्याउने खालको सुझाब संकलनको नाटक मन्चन  गरिरहेको देख्दा हाम्रा  नेता तथा सभासदहरुको  चरित्रमा शंका उब्जिएको छ । यसले हाम्रा नेताहरु राम्रो र हाम्रो संबिधान बनाउन तिर भन्दा पनि नाम मात्रको एक सेट संबिधान  बनाएर सरकार फेर्न र कुर्सीमा बस्न हत्तारिएको प्रस्टै देखान्छि । संबिधान भनेको ५ बर्ष १० बर्षमा बनाइरहने कुरा होइन यो त इतिहासमा एक पटक एकाध भाग्यमानीहरुले मात्र लेख्ने अवसर पाउछन ।  त्यो अवसरलाई हाम्रा नेताहरुले सही सदुपयोग गर्नुको सट्टा दुरुपयोग गरेको देख्दा जो कुनै नेपालीको मन नमीठो हुनु स्वभाविक हो ।

प्रारम्भिक मस्यौदा जारी भएपछि नेताहरुको भारत दौडाहा भ्रमण को चाप बढ्दो छ ।  केही दिन अघि मात्र एमाओवादी  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतभ्रमणलाई ऐतिहासिक भ्रमणको संज्ञा दिएका छन ।  पत्नी ,ज्वाई र आफ्ना निजी सहयोगीको साथमा भारत गएका प्रचण्डको व्यक्तिगत जीवनलाई यो भ्रमणले कति ऐतिहासिक बनायो त्यो उनैलाई थाहा होला तर नेपाल र नेपालीको को हितमा   छ भन्ने कुरालाई सामान्य नागरिकले पनि पत्याउन गाह्रो पर्छ ।

नराम्रो नै नराम्रो भएका बेला जस्तासुकै कार्यलाई पनि हामीले स्वीर्कानु परिरहेको छ । संविधानको यो मस्यौदा पनि नराम्रा काम मध्येको अलिक राम्रो मात्रै हो । त्यसैले त यति ठूलो वलिदानीबाट आएको संविधानको मस्यौदा जारी हुदा पनि कुनै हौसला छैन नागरिकमा ।कागलाई बेल पाक्यो हर्ष न विष्माद् !
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell