top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

सेवक हुन कर्मचारी वा राजनीतिज्ञ नै हुनु पर्दछ ? Published: July 28, 2015  |  मंगलवार 12 साउन, 2072  |  5:30 AM  |  By Bhojraj Adhikari  |  Viewed: 851 times

- भोजराज अधिकारी

म भोजराज अधिकारी । सामान्य परिवारमा हंसपुर–१ गोरखा क्षेत्र नं. २ मा जन्मेर काठमाडौंमा सामान्य व्यावशाय गरिरहेको छु । मेरा एक श्रीमती एक छोरी छन् । यदि राज्यले मेरो आवश्यकता महसुस गर्दछ भने मलाई मेरो जीवनभरी राजनीतिभन्दा बाहिर रहेर देशमा मेरो क्षमता, दक्षता, कार्यकुशलाताको सम्मानजनक व्यवहार गर्दै यस क्षेत्रमा निःशुल्क राष्ट्रको विकास गर्नमा वातावरण होस् भन्ने विचार व्यक्त गर्दछु ।


नेशनल डिजिटल लाईब्रेरी
२०७२।४।७ मा ईमेज खबर डटकममा समावेश गरिएको लेखमा नेशनल डिजिटल लाईब्रेरी वाक्यांशको हुबहु विकास र प्रयोगले नेपाल र नेपालीको पुर्ण विकासमा महत्व राख्दछ ।

नेशनल डिजिटल लाईब्रेरी परिचय
आजको युगमा नेशनल डिजिटल लाईब्रेरी सामान्य प्रविधि हो । यसको प्रयोग, उपयोग, संरक्षण, सम्वर्द्धन, आदीमा क्रमशः राज्यमा आर्थिक विकास, हामी भित्रको मानवीयता सामाजिक, शैक्षिक, व्यावहारिक, व्यावसायिक, शीप, कला, दक्षता, योग्यता, सोच, विचार, दैनिक क्रियाकलाप, हामीले दिनहु गर्ने संगत, राज्यका सम्पुर्ण निकायहरुको पारदर्शिता भएमा राज्यको भन्दा छिटो विकास हुनेछ भन्ने राय पेश गर्दछु ।

उद्देश्य
नेशनल डिजिटल लाईब्रेरीको पहिलो उद्देश्य एकै शब्दमा यावत क्रियाकलापको पारदर्शिता नै हो ।

आवश्यकता
१. हालसम्म नेपालभरी रहेका नेपालीको डिजिटल प्रविधिवाट स्वदेशमा वा विदेशमा रहेका नेपालीहरुको आर्थिक अवस्था, आम्दानी, खर्च, आम्दानीको श्रोत, खर्च गर्ने तरिका, राज्यले तोके अनुसारको कर प्रणाली, उसको दिनचर्या, राज्यबाट निकासा गरिएका विकास वजेटबाट गरिने विकास निर्माण तथा औद्योगिकरणको कार्य क्षेत्रमा डिजिटल प्रविधिवाट अनुगमन, अनुसन्धान, अन्वेषण, सकारात्मक सोचका भावले कार्यान्वयन भए नभएको निरीक्षण, सुपरिक्षण गर्ने प्राविधिको विकास गर्नका लागि ।
२. नेपालमा राज्यले तोकेका सबै प्रकारका कर प्रणालीहरुको डिजिटल प्रविधिबाट राज्यको सुरक्षित एक कोठाबाट कन्ट्रोल गर्नका लागि ।
३. राज्यमा बसेर गरिने सबै प्रकारका व्यावसायहरुको पारदर्शिताका लागि ।
४.स्वदेशी वा विदेशी नेपालमा एक ठाउँबाट देशको कुनै पनि क्षेत्रमा हिडडुल गर्दा गरिने सबै प्रकारका पारदर्शिताका लागि ।
५. नेपालबाट विदेश जाने नेपालीका लागि नेपालको अध्यागमन विभागदेखि नेपाली पुग्ने देशको अध्यागमनसम्म डिजिटल प्रविधिबाट नेटवर्क गरि पारदर्शिता गर्नका लागि ।
६. नेपालभरी गरिने भ्रमण, यातायातका सबै साधन समेतको पारदर्शिताका लागि ।
७. राज्यले मानवीय आवश्यकता भनि किटान गरिएका सबै प्रकारका क्षेत्रको शैक्षिक गुणस्तर मापनमा पारदर्शिताका लागि ।
८. वन जंगल, आरक्षण, पशुपंक्षी, मठ मन्दिर, हिमाल, पहाड, नदीनाला वा राज्यले विश्व सम्पदाय सुचिमा सुचिकृत गरिएका वा नगरिएका सबै प्रकारका राज्यका सार्वजनिक स्थलहरुको संरक्षण, सम्बर्धन, आधुनिकीकरण, प्रयोग, उपयोग, आदिमा पारदर्शिताका लागि ।
९.राज्यका व्यस्थापिका, कार्यपालिका, न्यायपालिका, लगायत सबै निकायहरुको पारदर्शिताका लागि ।
१०. व्यावसायिक कृषि प्रणाली, आर्थिक औद्योगिकरण, सामाजिकीकरण, स्वच्छ समाज, सभ्य ब्यक्ति, सदैव सकात्मक सोच विचारको पारदर्शिताका लागि ।
११. देशलाई सफा, सुन्दर, शुद्ध पानी बग्ने सबै नदिनाला, आदिका लागि निगरानी गर्न/गराउन आवश्यक पारदर्शिताका लागि ।
१२. पर्यटकहरुको जिउधनको सुरक्षा तथा प्रमाणीकरण पारदर्शिताका लागि ।
१३. राजनीतिज्ञ, कर्मचारी वा राज्यले सेवा सुविधा दिएर देश र जनताको सेवामा खटाईएका सबै सेवा प्रदायकहरुको पारदर्शिताका लागि ।
१४. समाचार संकलन, सम्प्रेण, सुचनाको हक, आदिमा पारदर्शिताका लागि ।
१५. नेपालमा जन्म, मृत्यु, वा नाम खुलेका वा नखुलेका नेपालमा रहेर काम गरिरहेका तर अभिलेखमा नरहेका सबै प्रकारका व्यक्तिहरुको पारदर्शिताका लागि ।
१६. सबै प्रकारका उपभोग्य बस्तु, शैक्षिक, स्वास्थ्य, सेवाहरु, प्रयोग वा उपयोगमा आउने सबै प्रकारका उपकरणहरु, माटो, पानी, जमिन, पातपतिङ्गर, रुख विरुवा, अन्नपात, आदिको गुणस्तरियता स्थलगत प्रमाणीकरण तथा पारदर्शिताका लागि ।
१७. सबै प्रकारका अनुसन्धान तथा अन्वेषण प्रगोगशालामा प्रयोग हुने औजार, उपकरण, आवश्यक कच्चा पदार्थ, गुणस्तर प्रमाणीकरण आदिको पारदर्शिताका लागि ।
१८. राष्ट्रले गैर कानुनी भनि तोकिएका सबै प्रकारका बस्तुहरुको कारोबारको पारदर्शिताका लागि ।
१९. युवाहरुलाई स्वारोजगारमा समावेशीकरण गर्न र अनावश्यक समय खेर जान नदिन पारदर्शिताका लागि ।
२०. स्वच्छ, प्रतिस्पर्धात्मक व्यवस्थित बजार व्यवस्थापन गर्न पारदर्शिताका लागि ।
२१. नेपाल र नेपालीको सर्वाङ्गिण विकासमा आवश्यक पर्ने सबै प्रकारका काम कर्तब्य, अधिकार आदिको पारदर्शिताका लागि ।
क्रमशः

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell