top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

पूरा हुन बाँकी सापेक्ष भाकलहरू Published: August 9, 2015  |  आईतवार 24 साउन, 2072  |  5:30 AM  |  By Abhimanyu Abhijeet  |  Viewed: 1273 times

– अभिमन्यु अभिजीत ।औँलामा घाउ भयो भने उपचार त गर्न सकिन्छ तर औँला नै काट्न सकिँदैन । अहिले धार्मिक बहस चलिरहदा जल्दोबल्दो विषय बनेको निरपेक्षता पनि यही सन्दर्भसंग मेल खान्छ । निरपेक्षता पक्षधरहरूले कुनै गहकिला तर्क प्रस्तुत गर्न सकेका छैनन् । मात्रै दलितलाई काँधमा लिएर छुवाछुत, भेदभाव गरियो र मन्दिर छिर्न पाइएन भन्ने बखान गरेको सुनिन्छ । मन्दिर भनेको धर्म मात्र नभएर अध्यात्म तथा अनुशासनको पाठशाला पनि हो । मन्दिर जानलाई सफा–सुग्घर, मांस–मद्यपानरहित एवम् आचरणशील हुनुपर्छ ।

पहिले वैश्य तथा शुद्र भनिएका जातिहरूले घरमा मांस बिक्री तथा मद्योत्पादन गर्ने चलन थियो र त्यसै गर्थे । प्रायःक्षेत्रीय र ब्राह्मणहरू मात्र धर्म–कर्ममा निष्ठित थिए । (अहिले कोही ब्राह्मण बिग्रिएका होलान् शूद्र सुध्रिएका होलान्, कुरा पहिलेको हो ) । यस दुईमत छैन ।विशेषतः ब्राह्मण परिवार सुशील र निष्ठावान हुन्छ । अग्रजहरूद्वारा परिवारका सबै सदस्यलाई आचरणयुक्त र स्वभावशील हुने पाठ सिकाइन्छ । ‘अतिथि देवो भव’, ‘आचार्य देवो भव’को महत्ता सिकाइएको हुन्छ । तर, पीडित तथा पछाडि पारिएको भनिएका दलितहरूको घरमा त्यो भेटिँदैन । किन भेटिएन त ? प्रश्नको उत्तर आफै“ पाइन्छ । भक्तिभावमा उनीहरू आस्था त्यति राख्दैनन् र राख्न भ्याउँदैनन् पनि । स्वभावहीनताले बोलीचाली र व्यवहार पनि उत्तिकै तल्लोस्तरको भेटिन्छ । तर, उनीहरूमा त्यस्तो आचरण विकास हुनुको कारक अशिक्षा हो । ब्राह्मण समुदायको बसोबास भएको बस्तीको बाटो हिँड्दा शङ्ख–घण्टको गुञ्जन सुनिन्छ, धूप आदि सुगन्धको बास्ना आउँछ । सरसफाइ हुन्छ । मन प्रफुल्लित हुन्छ । तर, अरू वस्तीमा सुन्न नसकिने गाली–गलौज, झगडा र अश्लील शब्द सुनिन्छ । केटाकेटीदेखि वृद्धवृद्धासमेतको मुखबाट । यस्तोमा दलित भनिएका जातिहरूलाई स्थानीय मन्दिर प्रवेशमा रोक लगाइएको हुन सक्छ । तथापि जातका कारणले कसैलाई पनि मन्दिरलगायत सार्वजनिकस्थलमा प्रवेशमा रोक लगाउनुलाई उचित मान्न सकिँदैन । तर, यदि कोही व्यक्ति हिन्दू हो भने उसलाई जातको कारण देखाउँदै पशुपतिनाथलगायत प्रमुख देवालयहरूमा प्रवेश गर्न कसले रोकेको छ ? बोलबम गएका कुन दलितले बोकेको पानी शिवलिङ्गमा चढ्दैन भनिएको छ । छठ पर्वमा सूर्यदेवलाई अर्घ अर्पण गर्न कुन दलितलाई निषेध गरिएको छ ? कामी–दमाई, राई–लिम्बू, बाहुन–क्षेत्री, मधेसी–पहाडी सबैको पानी तथा अर्घ चढाउने घाट एकै हुन्छ भने हिन्दू सनातनी समाजमा चरम जातीय भेदभाव र छुवाछुत हुन्छ भन्ने तर्क आफैंमा हास्यास्पद लाग्छ । त्यसो त हिन्दू मात्र होइन, कुनै पनि समाजमा भेदभाव र छुवाछुतका अवशेषहरू कायमै छन् । यी समाजका ऐंजेरुहरू हुन्, यिनलाई हटाउनु सबैको दायित्व हो ।
समाजमा भेदभाव, छुवाछुत र अन्धविश्वास जस्ता कुरा चेतना र शिक्षाका कमीले हुने गर्छन् । हाम्रो समाजमा साक्षरताको दर अहिले त ६० प्रतिशतको हाराहारीमा छ भने योभन्दा अघिको युग के थियो ? इतिहासदेखि राज्य सामाजिक चेतना जगाउनभन्दा भोग–विलासिता र शासनसत्ताको लोभलगायत कुरामा बढी केन्द्रित भएको, अझ भनौं अल्झिँदै आएको कुरा सर्वविदितै छ । त्यसैले जनतालाई हेर्ने मौका कसलाई थियो ? अनि हामी शिक्षित कहिले भयौँ ? अझै विपन्न वर्गलाई शिक्षाको पहुँच पुगेको कति नै भयो र ? यस्तोमा शिक्षाविनाका गणतन्त्रीय सिद्धान्त (हिन्दू धर्म–संस्कृतिको विरोध केन्द्रित गराइएको अर्थमा) लादेर समाजमा अपेक्षित परिवर्तन होला ? कि समाज झन् जटिल, जडसूत्र र आत्मरक्षा केन्द्रित भएर जान्छ ? यी प्रश्नको जवाफ मौनता मात्रै हो ।
विपन्न वर्गलाई चेतना र नैतिक आचरणको पाठ पढाउनुपर्छ कि छुवाछुत भो भनेर विद्रोहको नाद बजाउन सिकाउनुपर्छ ? यसका लागि राज्यबाट सबैलाई सबै तहको शिक्षा निःशुल्क अनिवार्य गराउन आवाज उठाउन सङ्गठित हुन ढिलो भएको अनुभूति गराउने दायित्व अधिकारकर्मीले बिर्सेजस्तो लाग्छ । ‘सर्वभूतः समानः’ अर्थात् सबै प्राणी समान छन् भन्ने पाठ पढाइनुपर्नेमा कथित माथिल्लो र तल्लो जातमा ध्रुवीकरण गरेर सामाजिक द्वन्द्व चर्काउनुको अर्थ के हो ? स्मरणीय छ, समाजमा समता र सद्भावको परिस्थिति विकास गर्न सहयोग गर्नु मेरो र तपाईको जति दायित्व छ, त्योभन्दा बढी राज्यको कर्तव्य हुनुपर्छ ।

सदात्माहरूका नजरमा मात्रै सनातनको गीत गेय हुन्छ । वेद पुराणोपनिषद् आदि ग्रन्थ सिद्धान्त मर्यादाका हतकडी हुन्, जसले सदाचारको पाठ पढ्छ उसले व्यासकृत उपन्यास बुझेको हुन्छ । पुराणहरू र तिनका पात्र चरित्र पनि व्यासका काल्पनिकता मात्र हुन् । तर, ती पात्रचरित्रबाट पाठ सिक्न सक्नु ठूलो उपलब्धि हो । उच्च कार्य गर्नेले पाएको सम्मानोउद्गति र नीचहरूले पाएको दण्ड समाजका हितमा मननीय र लागू हुनैपर्ने कुराहरू हुन् ।

समाज विकासमा विज्ञानको मात्रै लौरी टेकेर हुँदैन, त्यसमा पूर्वीय दर्शन तथा सिद्धान्तको नियमित अध्ययन पनि मिसाउनुपर्छ । वार्तमानिक परिप्रेक्ष्यअनुसार हाम्रा वैदिक सनातनका मूल मर्महरू केवल यज्ञ सम्पादन र सामान्य शिक्षा प्राप्तिमा सीमितीकरण भएका छन् । माओवादीको सशस्त्र द्वन्द्वकालअगाडि पढाइने संस्कृत भाषा बन्द गरियो । अनि जातीय र वर्गीय कुरा पनि उठ्ने भैहाल्यो । त्यसपछि ब्राह्मणले मात्र वेद पढ्नुपर्छ भन्ने मान्यता छायो । संस्कृत भाषा बन्देज गरियो । यसले ब्राह्मणभन्दा पनि अन्य वर्गलाई विशेष घाटा भयो । वेद ब्राह्मणले त वंश परम्पराले कर लागि पढ्छ तर अन्य वर्ग अप्ठेरो मानेर पढ्दैनन् । अर्को कुरा सामान्य दिमागी क्षमताले वेद पढिन्न, वेद पढ्न र बुझ्न संस्कृत भाषा नै आवश्यक पर्छ । वर्तमान समयमा आयमूलक तथा सीपमूलक शिक्षा मात्र रूचाइने निहुँमा नैतिक शिक्षा हराएको छ । यसो हुँदा नैतिक शिक्षा र यसबाट भोगिएको गैरनाफामूलक शिक्षा अपाच्य जस्तो देखियो । यसबाट पाइने आदर्श र कर्मरूचिको प्रोत्साहन बिर्सिइयो ।

ज्ञान र विज्ञानको हात नै असल कार्यकलापको नैतिक गुण हो । जसबाट सही परिणाम प्राप्त हुन्छ । वेद पढ्नु कण्ठस्थ गरेर फुर्ती र्लगाउनु नभएर त्यहा“का सिद्धान्त व्यवहारमा उतार्नु पनि हो । तर, वेद–पुराण, गीता अध्ययन गर्न त परै जाओस् घरमा त्यस्ता पुस्तक राख्नु पनि रूढिवाद हो भन्ने मानसिकताले गा“जिएको समाजलाई वेदका हितकामी सूत्रहरू बुझाउने व्यक्ति विकासको कमी छ । जो अनुष्ठानहरू गर्छन् केवल परोपकार र दान प्रतिष्ठाका कुरामा मात्रै सीमित छन् । यसलाई विस्तारित बनाउन सच्चा महापुरुषको आवश्यकता महसुस हुन्छ, जसले चेतनाको दीपज्वलन गरी वेदका गुञ्जनलाई सगरमाथामा गाउन अभिप्रेत गराओस् ।

वेद दलित, आदिवासीहरूले पढ्न हँदैन भनेर कतै लेखिएको छैन । खोज र आस्था हुँदा मजाले पढ्न पाइन्छ । तर, वेद पुराणादि अध्ययनार्थ शुद्ध आत्मा र आचरण सही हुनुपर्छ । यो एउटा कडी नै प्रमाणित भएर होला कोही स्वतन्त्रता र मनोकाङ्क्षा विपरीत हुन चाहेनन् । उदाहरण प्रष्ट छन् आदिवासी राई थरीका काले राई अर्थात् स्वामी प्रपन्नाचार्य । केही हदसम्म आफ्नो भूमिका निर्वाह गर्दै यिनले अरूलाई समेत यसको तत्व बुझिदिन ‘वेदमा के छ ?’ ग्रन्थ इत्यादि माध्यमबाट सबैमा आग्रह गरेका छन् ।
कम्युनिस्ट सिद्धान्तका परिपोषाकहरूले सिकेका पाठ केवल भौतिकवाद र फुटवाद नै हो । गीता दर्शनमा रहेको ‘कर्म गर, फलको आशा नगर’ भन्ने सिद्धान्तको तात्पर्य ‘काम गर्ने, ज्याला चाहिँ नलिने’ पो रहेछ भनी बुझ्ने–बुझाउनेहरूलाई निरन्तरको मेहनतले सही फल आफै मिल्छ भन्ने बुझाइदिने कोही पनि भएन । अझ राज्य यसबाट बेखबर रह्यो । यसबाट अझै सामन्ती संस्कार र संस्कृति सनातन हुन् भन्ने भान समाजमा परेको छ । हामीले हरेक विद्वत समुदाय र जनमानसबीचको सहकारितामा सनातनी विज्ञानको उपस्थिति खोज्ने हो भने न त धर्म निरपेक्षताको कुरा उठ्थ्यो न त स्वतन्त्रताका कुरा नै । बरु हरेक गृह, मन्दिर, पाटी, चोटाकोठामा वेदका ध्वनि सुनिन्थ्यो । बाहुनवादको उपमा दिनेसरूले समाजवादको कुरा बुझ्ने थिए । सज्जनहरूको र सत्मार्गको धर्म, वैदिक धर्म हुने थियो । हरेकको मुखारबिन्दमा ‘सन्ता धर्मः सनातनः’को स्वर गुञ्जिने थियो । तर, अह“ राज्य स्वयम् दलीय वितण्डामा बलात्कृत रह्यो । अझै सङ्घियता र धर्म निरपेक्षता जस्ता केके जाति संज्ञा समाजमा हुलेर जनताबीच दूरी बढाउने काममा लाग्यो । हामीले २१ औँ शताब्दीको कार चढेर होइन, १८ औँ शताब्दीको खराऊ लगाएर पूर्ण हुन बाँकी पदयात्रा तय गर्नुपर्छ पहिले । समयलाई पछ्याएर खरायो प्रवृत्ति ल्याउनु, आफ्नो संस्कृति बिर्सँदै जानु भनेको पछि पर्नु नै हो । आफ्नो प्रतिष्ठित सिद्धान्त खार्न बाँकी राखेर ती नराम्रो भन्नु कुन नैतिक धरातलमा आधारित कुरा हो । तसर्थ हामीले टेक्दै आएको नैतिक आर्य–संस्कृतिको लौरी छोड्न मिल्दैन । थुप्रै देवी–देउरालीमा गरिएका हाम्रा भाकल पूरा हुन बाँकी नै छन् । यो अवसर राज्यले प्रदान गर्न सकोस् । राज्य सञ्चालकहरूमा सद्बुद्धि आओस् ।

समाजमा सीमान्तकृत भनिएका वर्गको उत्थान गर्ने काम कसको हो ? संस्कृति मन्त्रालय, समाजकल्याण मन्त्रालय केका लागि ? शिक्षा मन्त्रालय केका लागि ? सतकौ“ अघिदेखि नै राजनीतिका नाममा कोही नेपालीहरू स्वतन्त्र थिएनन् । यहाँ अनेक पटक अनेक नामबाट मानवाधिकारका नारा घन्किए तर शिक्षा कसैले पाएनन् । लिच्छवीकाल, मल्लकाल र राणाकालपछि सात सालमा आएको प्रजातन्त्रले केही हदसम्म नेपालीहरूले स्वतन्त्रताको आभास गर्न खोजे पनि फेरि पञ्चायतकाल, बहुदलवाद हुँदै द्वन्द्वकालमा मुलुक डुब्यो । पछि त्यसबाट जसोतसो किनारा लागेर प्राप्त भएको हो लोकतन्त्र ! यसका लागि हजारौं हराए रगतका नदीमा । तर, खोइ शान्ति ? खोइ जनतालाई चैन ? यसबीच देश विकास गर्न युग परिवर्तनस“गै आस्था पनि परिवर्तन हुनुपर्छ भन्ने कुमान्यता हुर्काइयो एक पक्षबाट । त्यसैको ग्राइन्ड डिजाइनमा रोपियो धर्म निरपेक्षतारूपी विषवृक्ष । नौ वर्षअघि त्यसरी रोपिएको बिरुवाले आज द्वन्द्वको दुस्प्रभाव दुर्गन्ध हावामा मिसाउन थालेको छ । त्यहीकारण सहिष्णु र धार्मिक समाजमा फाटो सुरु भएको छ ।

जर्मन राष्ट्र साक्षी छ, जहा हजारौं वर्ष पुराना संस्कृत विश्वविद्यालय छन् । जसको आधारमा जर्मनले वेदका ऋचाहरूलाई व्यवहार र विज्ञानमा उतारेर विश्वमा प्रभुत्व कायम गर्दै, अघि बढ्दै छ । यता, हामीसंग लाखौं मात्र नभएर अर्बऔँ वर्ष पुराना आस्थाका धरोहर र संस्कृति छन् । यिनलाई परिमार्जन गर्दै छुट्टै पहिचान विश्वमा छर्नुको सट्टा हामी समानतारूपी युगीन यानसँगै कहाँ पुग्न लाग्दै छौँ ? भन्न सक्नेहरू नगण्य छन् । धर्म परिवर्तनको माग राखेर सदनमा डलरको खोला बगाउनेहरूलाई थाहा छ, वैदिक सनातनको गौरव । जसलाई कुल्चेर विश्वभर प्रभुत्व जमाई आफ्नो आधिपत्य जमाउदै सगरमाथामा जिसस क्राइस्टको क्रस प्रतिमा राख्ने दिवास्वप्न उनीहरूको छ । तर, हामीले यो क्रमलाई भङ्ग गर्नैपर्छ । सगरमाथाबाट त हामीले ‘ओउम्’ ध्वनि गुञ्जित गर्दै संसारलाई त्यसको महत्व बुझाउन प्रयास गर्नुछ । यो हाम्रो, राज्यको मौलिक दायित्व पनि हो ।
हामी विकासका नाममा मसलादार अलकत्रभन्दा आस्थाका शिला पखालेर पानी प्युउन तयार छौ । नेपाललाई हिन्दु वैदिक सनातन राष्ट्रबाट हटाउनु र त्यसको पक्षपोषण गर्नु भनेको हाम्रो वैदिक कालदेखिको इतिहास मेट्दै आफ्नै आयु छोट्याउन उद्यत हुनु हो ।

सहिष्णु धर्म वैदिक सनातन (बौद्ध, जैन, प्रकृतिपुजक, शीख, किरात)लाई शैतान भन्नेहरूको पनि औकात बुझिसकिएको छ । अर्बऔँ वर्षीय आस्थाको धरातलमाथि आक्रमण गर्न टेवा पु¥याउनेहरू हामीले नै चुनेर पठाएका नायकहरू हुन् । अबका दिनमा तिनको नायकत्व र दक्षता मापनको जिम्मेदारी पनि थपिएको छ, ताकि हाम्रो आस्था नतोडियोस् ।
अमेरिकालाई सम्पन्न र पुँजीवादी राष्ट्र ठान्नेहरूले उक्त राष्ट्रको सुदूर भविष्य सोचेको देखिन्न । रेड इन्डियन, प्राचीन चिनिया र पश्चिमी युरोपियनहरूले भरिएको अमेरिकाको न आफ्नो भषा छ, न संस्कृति छ । भौतिकवादले उन्मक्त त्यो देशमा नैतिक जिम्मेबारी र आचरण कदापि छैन । नैतिक बन्धनबिनाको देश उन्मादीे रूप हो, जसको पतन आफ्नै उन्मत्तताले हुनेछ । हिटलरले समेत स्वीकारेका थिए, आर्य संस्कृतिको उदय आर्य समाजकै देन हो । निरपेक्षता लादेर डलरीकरणको मार हामीलाई खेपाउने नेतृत्वगण एकदमै विकराल स्वरूप हो । यसबाट बचेर हाम्रो संस्कृति हामीले नै रक्षा गर्नुपर्छ ।

केवल दुई हजार वर्षअघि सङ्गठित क्रिस्चियनिटी अनि अमुक व्यक्तिद्वारा लिखित बाइबल एउटा आख्यान मात्रै हो । आख्यानमा आधारित येशु एउटा सिनेमाको चारित्रिक नायक हो । पास्टरहरू खलनायक अनि ख्रिस्टियनहरू गौण पात्र । निर्दोष हिन्दू नाम गरेकी नायिकालाई बलजफ्ती आफ्नो बनाउने यिनीहरूको अभिनय हो । यता, हामी सिनेमा घरको बालकोनी जस्तो हिमालयमा सुस्ताएर छातीभरि सत्यम् शिवम् सुन्दरम्को महत्व राखेर रमिता हेरिरहेछौं । थाहा छैन कहिले सकिएला यो सिनेमा ?

हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको ‘वसुधैव कुटुम्बकम्,’ ‘सर्वे भवन्तु सुखिनः’ जस्ता महान् सुत्ररूपी नासोहरूको मर्म बुझ्नतिर नलागेर हामी अशिक्षत परिवार, समाज र राष्ट्रमा बसेर निरपेक्षताको वकालत किन गर्छौ ?

त्यसैले निरपेक्ष होइन, सापेक्ष धर्मको खोजी गरौं । धार्मिक पर्यटन विकास गरौ । हरेक मानव बस्तीमा वेद–उपनिषदका वैज्ञानिक विचार र उपलब्धि पढाऔँ । नैतिक का“डेतार बा“धेर अघि बढौं । छुवाछुतरूपी रूढीवादलाई नैतिकताले कसेर समानता ल्याऔँ । सर्वभूतः समानः को गीत गाऔँ । निरपेक्षता लादेर होइन, हिन्दु राष्ट्र साक्षी राखेर प्रगति पथमा अघि बढौ ।
puspaparajuli62@yahoo.com

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell