top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

किन भड्कियौ थारु दाइ ? Published: August 30, 2015  |  आईतवार 13 भदौ, 2072  |  5:30 AM  |  By Richa Luitel  |  Viewed: 10955 times

-ऋचा लुर्इँटेल

म झापामा जन्मे । कैलालीले मेरो जीवनको ढाँचा तयार गर्‍यो । अहिले म बाँकेमा छु । अस्ति म जहाँ जन्मे त्यो पनि  नेपाल हो । अहिले म जहाँ हुर्के त्यो पनि नेपाल हो । आज म जहाँ छु यो पनि नेपाल हो ।

झापामा मेरा छिमेकी राजवंशीहरु थिए । कैलालीमा मेरा छिमेकी थारुहरु थिए । अहिले बाँकेमा मेरा छिमेकी मधेसी छन । न राजवंशीलाई मैले पराई ठाँने । न थारुहरु मेरा निम्ति विरानो वने । न मधेसीहरु मलाई अप्रिय लाग्छन् । जुन जात भए पनि जुन धर्म भए पनि जुन भु– भागमा भए पनि हामी नेपाली हौ , हाम्रो पहिचान नेपालीहो । मलाई नेपाली हुनुमा गर्व छ ।

मैले कखरा सिक्ने बेला देखी नै थारुहरुसंग संगत भयो  । उनीहरुको पारिवारीक सद्भाव बाट प्रेरित छु म । हामी एकल परिवारमा बस्नेहरुलाई उनीहरुको संयुक्त परिवार आरिसलाग्दो हुन्छ । पहाडी र थारु समुदायको मिस्रित मेरो गाउँमा थारुहरुसंग कहिल्यै वादविवाद भएनक हिल्यै अन्तरद्धन्द देखिएन् । पहाडीका चाडपर्वहरु उनीहरुले सिके स्वीकारे । थारुहरुका पर्वहरुलार्इ हामीले सम्मान गर्‍यौ ।

थारुहरुले लिन थोरै जाने ,दिन धेरै जाने । थारुहरुमा दंम्भ कहिल्यै देखिन, घमण्ड कहिल्यै भेटिन मैले । गाह्रो सारोमा सधै सहयोगी बनेर हात थापे उनीहरुले । मेरो मनमा उनीहरु प्रति सदैब सम्मान रहयो । थारुहरुको मित्र हुनुमा गर्व थियो मलाई । अभाव र गरिबिसंग संघर्ष गरिरहेका थारुहरुले आफु मरेर पनि अरुलाई बचाएको देखेकी थे मैले अस्ति र हिजोका दिनहरुमा ।

तर  २०५२ सालमा जब माओवादीले जनयुद्ध शुरु गर्‍यो । तव थारुहरुको रुप रेखा पुरै फेरियो । हलो ,जुवा,कोदालो बोकेर श्रम बेच्नेहरु पसिना पोख्नेहरु,परिवारिक एकता सामाजिक सदभाव बोकेर हिडने अधिकांश थारुहरुले हातमा एका–एक बन्दुक बोकेर जनवर्गीय हितको नारा लगाउदै जंगल पसेकाउनीहरुले आफुले टेकेको माटो बिर्से बाटो बिर्से । बिगतको गरिविलाई चिथोरेर भविष्यका सुनौला सपना बोकेर युद्धमा होमीएकाभन्थे उनीहरु । कतिपय मेरा समकक्षि साथीहरुले बन्दुक बोकेर जंगल पस्दा म बेस्सरी रोएको म झलझलती सम्झन्छु ।

बिस्तारै उनिहरुले आफ्नै छरछिमेकीलाई सामन्त देखे आफ्नै साथी संगीलाई पुजीवादी भने आफ्नै टोल समाजको आमूल परिवर्तनको संखघोष गर्दै आफ्नै दाजुभाईको जीवन सिद्धयाए आफु पनि सकिए अरुलाई पनि सके । कापीकिताब बोकेर बिद्यालयजाने समयका केटाकेटी सहित  जंङ्गल पसेका थारुहरु ले आप्ःनो मालिक आफै बन्ने विशाल सपना देखेका थिए । मागेर नपाए हक खोसेर लिनुपर्छ भन्ने सिद्धान्त बोकेर हिडेका थारुहरु बिस्तारै अरुको बाच्न पाउने अधिकारसम्म खोस्न लालायित भए ।

२०६० साल साउन २ गते कमैया मुक्तिको घोषणाले झन माथि उकासिदिएको थियो । उनीहरु आफै उभिन थालेका थिए । आवाजहरु उठाउन थालेका थिए । देशमा भएको परिवर्तले थारुरुहरुलाई पनि छोयो । सत्ता परिवतर्नको त्यो महा-अभियानमा थारुहरु पनि उत्तिकै सहभागी भए र आप्ःनो जीवन आहुतिदिए उनीहरु बारम्बार प्रयोग भए  ।

संविधान निर्माणको अन्तिम चरणमा प्रदेशहरुको सीमाङ्कनको बिषयलाई लिएर देशका बिभिन्न क्षेत्रहरुमा आन्दोलन भेैरहेका बेला कैलालीमा पनि थारुहरुले थारुहट प्रदेशको मागगर्दै शान्ति पुर्ण बिरोध गर्दै आएका थिए । आन्दोलन आफैमा जायज थियो या नाजायज म त्यता तिर जान चाहन्न्  ।

भदौ ७ मा  टीकापुरमा थारुहटका कार्यकर्ताहरुले जुन बर्बरता देखाए त्यस घटनाले आज हरेक नेपालीको शिर झुकेको छ । त्यो घटना हाम्रो इतिहासको कालो दिनका रुपमा हाम्रा मन मस्तिष्कमा रहने छ । देश र जनताको शुरक्षार्थ खटिएका नेपाल आमाका सपूतहरु माथी थारुहटका कार्यकर्ताहरुले जुन क्रुरता देखाए त्यस घटना ले आज जन– जन रोएका छन ।  र थारुहट काकार्यकर्ताहरु लाई थुकेका छन् यतिबेला । अबोध बालक माथी भएको अमानबियताको त जति बिरोध गरे पनि कमै हुन्छ । उनीहरुका परिबारले बगाएका आँशुको मुल्य कसैले तिर्न सक्ने छैन । पुछिएको सिउँदोको सिन्दुर । बाबुको आश्रय खोसिएका सन्तानको अाँशुले के आक्रमणकारीहरुलाई बिछिप्त नपारेको होला त यतिबेला ?

मैले मेरो जीवनमा थारुहरुको  शुन्य समय अर्काको घरमा दासत्वपूर्ण जीवन देखी आप्ःनो पहिचान सहितको जीवन प्रत्यक्ष देखेकी छु  । थारुहरु अर्काको बहकाउमा छिटै आउँछन् । उनीहरु माथी जो कोहीले पनि सजिलैसंग आप्ःनो बिचार थुपार्न सक्छ । म सोची रहेछु सदभावनाका निम्ति गाँउगाँउमा सखिया नाच गर्ने के उनिहरु नै  हुन त ? सामाजिक सुख शान्तिका निम्ति बेहडाबाबा मन्दिरमा मध्यरातमा जल चढाउने के उनीहरु नै हुन त ?

थारुहरु कहिलेसम्म अरुकै लहैलहैमा लागी रहने ? । अब पनि आफ्नो बिबेक प्रयोग गरेर आप्ःना लागी उभिननसक्ने हो भने के अब पनि उनीहरुले गर्व गर्ने ठाँउ रहला र ?

हामी जहाँ बसे पनि ,जहाँ उभिए पनि हामी नेपालमै छौ । हामी ले नेपाली हुनुमा किन गर्व नगर्ने? आज थारुहटका अगुवा नेताहरु भन्दैछन्– हाम्रो आन्दोलनमा घुसपैठ भयो । हामी यसको जिम्मेवारी लिदैनौ । वाह ! नेता ज्यू तपाईहरु त साँच्चै बेईमान हुनुहुँदो रहेछ । २० औँ हजार कार्यकर्ता आन्दोलनमा उतारेर बर्बरतापूर्ण अपराध गरेपछि अव तपाईहरुले दुधको साक्षी बिरालो बन्न सुहाउछ र ?? गुलेलीबोक्नेहरु हसिया चलाउनेहरु ,आसी, भाला ,बोकेर आन्दोलितबनेका २० औँ हजार कार्यकर्ता घुसपैठी नै थिए त ?

हैन भने , नैतिक रुपमा यस घटनाको जिम्मेवारी लिएर क्षमामाग्नु र आत्मलोचनागर्नु बाहेक अर्को बिकल्प देखिदैन । हैन भने , इतिहासको कालो दाग बोकेर तपाईहरु बाँचनु पर्ने छ । 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell