top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

नाकाबन्दी र निकास Published: October 2, 2015  |  शुक्रबार 15 असोज, 2072  |  5:30 AM  |  By Kalyandev Bhattarai  |  Viewed: 1187 times

कल्याणदेव भट्टराई - अहिले नेपाल भारतको नाकाबदीबाट पिडित छ । नाकाबन्दिको मूलकारण नेपालको संविधानमा भारतले सार्वजनिक गरेको सात बुँदे मागलाई पूरा गराउन हो भनेर निक्र्याल गर्न कसैलाई पनि कठिन छैन । ती सातै सात बुदेँ सल्लाहलाई कार्यान्वयन गराउन हो ।

यो भारतको पहिलो नाकाबन्दी होइन । २०२८ र  २०४५ सालमा पनि भारतले नाकाबन्दी गरेकै थियो त्यस बेलाको नाकाबन्दी अहिलेका दलहरुको सिफरिसमा थियो । तिनै दलहरु अहिले अनावश्यक रुपमा भारतले नेपालको निजी मामिलामा ठाडो हस्तक्षेप गर्दै छ भनेर कुर्लिने र कराउने गरिरहेका छन् । अहिले पनि नेपाली मधेसीदलहरुको अनुरोधमा नाकाबन्दी  गरेको छ । तीनै पटक नाकाबन्दीका कारक  एउटै हुन । तीनै पटक नेपालको आन्तरिक मामिलामा सिधा हस्तक्षेप नै थियो, हो त्यसमा दुई मत हुनै सक्दैन ।

२०४५ सालको नाकाबन्दी नेपालको तत्कालीनको राज्य व्यवस्था पञ्चायती शासनको विरोधमा उत्रीएका नेताहरुको बहुदलीय माग पुरा गर्न तत्कालीन राजालाई दवाव दिनको लागि गरीएको थियो । अहिलेको नाकाबन्दी त्यही छोटेमोटे सोघोषित राजाहरुको विरुद्धमा विभिन्न जायज नाजायज माग राखेर आन्दोलनमा उत्रेका मधेसी नेताहरुको समर्थन र तिनकै अनुरोधमा गरिएको छ । २०४५ सालमा पनि भारतलाई नाकाबन्दी गर्ने ठोस आधार थिएन । उसले परिवहन सम्झौताको अन्त भएको भन्ने बाहाना बनाएको थियो । अहिलेको नाकाबन्दीको लागि पनि भारतको कुनै ठोस आधार छैन । उसले उसका ट्रक, सामान, इत्यादिलाई नेपालको तराईमा भइराखेको आन्दोलनको कारण उत्पन्न सुरक्षाको अभावलाई र नेपालमा बस्ने आफ्ना एक करोडे नागरिकको सुरक्षा देखाएको छ । यी कारण भनेको बाख्राले खोलाको पानी फोहोर गरेको नभए उसका पुस्ताले त पक्कै गरेको थियो भन्दै बाघले बाख्रा खाए जस्तै हो । अर्थात आफ्नो  शक्तिको आडमा नेपाल जस्तो सानो गरिब राष्ट्र माथिको हेपाह प्रवृति मात्र हो । सधै नै भारतले आप्mनो शक्तिको आडमा छिमेकी सानो देश माथि गरिएको दादागिरी बाहेक केही होइन भन्ने कुरामा कुनै संकोच गर्नु पर्दैन ।

फरक छ त खाली त्येस बेला भारतको हैकमबादी कार्य गर्नलाई उकास्ने र समर्थन गर्ने कागे्रंस र कम्युनिस्ट जस्ता राजनैतिक पार्टिका नेता थिए भने अहिले तिनै नेताहरुले बनाएको संविधानको विरोध गर्दै आन्दोलनमा उत्रेका मधेसी नेताहरु छन् । तौरतरीका सबै एउटै हो हतियार पनि एउटै हो, पहिलो पटक त्यो हतियार राजा र पञ्चायत विरुद्ध भएकोले नेपालका नेता भनौदा देश लुट्न राजनीतिमा लागेका जमातको अनुरोधमा गरिएको थियो । अहिले तिनै देश लुटेर डकार गर्दै जनतालाई मूर्ख बनाउदै राज्य सत्तामा कब्जा जमाएर बसेका डाँकाहरु विरुद्ध त्यसै गरी लुट्ने र सत्तामा पुग्ने आकांक्षा राखेका अर्का थरी डकैतहरुको अनुरोध र समर्थनमा गरिएको छ ।

अहिले भारतलाई उसको नाकाबन्दी विरुद्ध गालि गर्नेहरुले त्यस बखत आप्mनो स्वार्थ पूरा गर्नकै लागि त्यहि गलत कार्यको समर्थन गरेका थिए । तर अहिले आ –आफ्नो स्वार्थ विपरीत हुने भएकोले त्यहि कार्यको विरोध गर्दै छन । यस बाट उनीहरुको राजनीति, औकात, नियत सबै स्पस्ट हुँदैन र!

त्यति मात्र होइन त्यस बखत पनि अहिले जस्तै विभिन्न नौटंकीहरुको प्रदर्शन भएका थिए । अहिले आफुलाई क्रान्तिकारी पार्टीको नेता भन्नेले साइकल चढेर भारतको नाकाबन्दीलाई डटेर मुकाबला गर्ने धमास दिएका छन भने २०४५ सालमा त त्यस्तै पाखण्डि नेता भनौदाले साइकल चढेको फोटो गोर्खापत्रमा प्रकाशित गराएर गाईजात्राको सम्झाना गराएका थिए ।

सत्य कुरा के हो भने भारतले गरेको नाकाबन्दीको विरोधमा गरिने नौटंकीमा भने कुनै पनि परिवर्तन भएन । २०२८ साल , २०४५ साल र वर्तमान अवस्थामा पनि आफुलाई राष्ट्रवादी भनि प्रदर्शित गर्न खोज्ने राजनैतिक जोक्कर नै भए किनभने २०४६ साल देखि पेट्रोलको भण्डार बनाउने, स्वावलम्बि भएर साइकल चढ्ने, यथ्यष्ट बिजुली उत्पादन गरी Electrical train सञ्चालन गर्ने, चाइनाको विभिन्न नाकाहरु खाल्ने आदिइत्यादि जस्ता कुरा मात्र गरेर भारतलाई गालि गर्ने जस्ता कार्य मात्र गरे ।

गर्नु पर्ने कार्य केहि नगर्ने, काठ्माण्डौ सम्म रेलमार्ग नबनाउने उपलब्ध बिजुलीको उत्पादन नगर्ने एक सामान्य योजनालाई पुरा गर्न दसकौ लगाउने र स्वावलम्ब हुन गर्नुपर्ने कार्य सम्बन्धमा एउटा सिन्का सम्म भाच्न नसक्ने र सम्पूर्ण कार्य कमिशन र भागबन्डाको लागि मात्र गर्ने देश लुट्न राजनीतिमा आएका डाँकाहरुले नयाँ उध्योग खोल्नुको सट्टा भएको उद्योगलाई पनि कमिशनको लागि बेचेर खाए ।

अन्तर छ भने मात्र पात्रमा छ । एक पटक बिना कुनै आधार नाकाबन्दी गरेर आफ्नो हेपाह प्रवृति देखाउने भारतले भोलि अन्य कुनै पनि बाहानामा फेरी नाकाबन्दी गर्न सक्छ भनी नबुझ्ने, सोच्न नसक्ने, देख्न नसक्ने कमिशनखोर नेताहरुले बितेको २६ वर्षमा एउटा राम्रो विकासको कार्य नगरी देशलाई लुटेर नै बिताए र यीनै डाँकाहरुलाई अझै पनि सत्ता सञ्चालन गर्न दिईरहने हो भने आगामी २६ वर्ष पनि यसै गरी देश लुट्दै अन्य कुनै केहि सकरात्मक कार्य नगरेर समय व्यर्थमा फाल्ने छन ।

अपितु इमान्दारिताका साथ भन्नुपर्दा पहिलेको नाकाबन्दीको लागि भारतलाई र आप्mनो स्वार्थ पुरा गर्न त्यस नाकाबन्दीलाई समर्थन गर्ने नेताहरुलाई जत्तिनै गालि गरेपनि यो वर्तमान नाकाबन्दीको लागि विगत २६ वर्ष सम्म सत्तामा बसेर, देशलाई लुटेर आफु र आफ्ना कार्यकर्ताको मात्र विकास गरे ।  २०४६ सालमा झन्डैझन्डै मगन्तेको स्तरमा रहेको जमातहरु, जो देश लुटेर अहिले अर्बपति बन्न पुगेका छन । तिनै नेताहरुको कारण हो भन्न कुनै संकोच गर्नु पर्दैन । अहिलेको नाकाबन्दीको लागि उफ्रि उफ्रि र कुर्लि कुर्लि भारतलाई गालि गर्नको कुनै अर्थ छैन किनभने राजनिति भनेको नै ठूला सक्तिशाली देशले सानो अविकसित देशलाई हेप्नु, दादागिरी देखाउनु आफ्नो निर्देशनमा सञ्चालन गर्न खोज्नु नै हो र यो कटु यर्थाथ लाई स्वीकार्नु बाहेक अरु हामीसंग विकल्प नै छैन ।

अब देशल विजुली  उत्पादन गरेर ७५ जिल्लामा Electrical train  हरुको सञ्चालन गर्नुपर्ने, उध्योगहरुको स्थापना गरी आप्mनो सम्पूर्ण युवा जमातलाई देशमा नै रोजगारी दिएर स्वावलम्बन बनाएर प्रगतिको बाटोमा दगुर्नु पर्ने बेला ढिलो भइसकेको छ । पटक पटक नागरिकता परिचयपत्र र प्रस्तावित प्रदेशको सीमाको समस्या देखाउदै भारतले नेपालको तराई भागलाई एक प्रदेश बनाई पूर्ण रुपले आप्mनो कब्जामा राखेर नेपालको सान, मान र इज्जत माथि धावा बोल्ने चाहान घुमाउरो पारा बाट प्रदर्शन गर्दै आएको यथार्थतता नेपालको नेता भनौदा देश लुट्न आएका जमातलाई पनि थाहा नभएको कहाँ हो र । तर नेपालका नेताहरु सत्ता र धनको लागि जे पनि गर्ने कुनै पनि भारतका नेताहरुको जूत्ता चाट्ने र आफ्नो स्वार्थ पूरा गर्न देश बेच्नै पनि पछि नपर्ने जमात भएकोले नै आज नेपालीहरुको यो दुर्दशा भएको हो भनेर नेपाली जनताहरुले थाहा नै नपाएको कहाँ हो र ।

त्यस्तै नागरिकता सम्बन्धमा सजिलैसंग भारतीयलाई यहाँ बसाई गरेको, यहाँ कार्य गरेको या विवाह गरेको आधारमा  नागरिकता दिदै जाने हो, भने सानै अवधिमा नेपालमा नेपाली भन्दा भारतीयको संख्या बढि हुन्छ भनेर यी भ्रष्ट नेता भनौदाले कहाँ नबुझेको हो र तर आफ्नो व्यक्तिगत फाइदाको लागि भारतीयलाई खुसी पार्नु नै आफ्नो राजनैतिक सफलताको लागि मुख्य भर्याङ हो भनेर ठान्दै र मान्दै आएका वर्तमान नेताहरुको दास मानकसिताको कारण हो भनेर नबुझ्ने नेता को छ र ।

त्यसैले वर्तमान नेताहरुलाई सत्ता सञ्चालन गर्न दिने हो भने यस्ता नाकाबन्दी समयसमयमा व्यहोर्नुनै पर्ने मात्र होइन यो देशको विकास पनि सम्भव नहुने भएकोे सबै नेपाली गम्भिरत पुर्वक मनन गर्नु पर्छ । देशको वर्तमान अवस्था यिनै नेताको कारणले र यिनकै चाहना अनुसार भारतले नाकाबन्दी गर्ने गरेको यथार्थतालाई पनि बुझ्नु पर्छ ।

अन्तमा देशको मूल सत्रुको पहिचान गरी तीनै सत्रुहरुबाट देशलाई बचाउने कार्य गर्न नै आज नेपालीको मुख्य आवश्यकता पनि हो किनभने यिनै भ्रष्टाचारी नेताहरुको कारण नेपालीले समय समयमा यस्ता नाकाबन्दी भोग्नु परेका छु ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell