top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

डा. बाबुराम भट्टराईलाई खुला प्रश्न Published: October 8, 2015  |  बिहीवार 21 असोज, 2072  |  5:30 AM  |  By Bhojraj Adhikari  |  Viewed: 1780 times

भोजराज अधिकारी-

डा. बाबुराम भट्टराई नेपाली जनताका आशाका धरोहर, नेपालमा नयाँ आयामका साथ औद्योगिकरण, आधुनिक कृषि प्रणाली, आधुनिक शहरीकरण, वैदेशिक ब्यापार तथा पारवन सन्धि सम्झौताका अनुभवी, शिक्षित, नेतृत्वदायी, स्वस्थ्य समाजको सृजनागर्ने, नयाँ नेपालको स्पष्ट खाका लिएर दश वर्षसम्म राष्ट्र र राष्ट्रियताका लागि जीवन संघर्ष गर्ने विद्वान । देश आज झन् झन् भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, अश्लिल, असभ्य, अक्षम जनशक्तिको उत्पादनतर्फ दिन प्रतिदिन लक्षित छ भन्दा अतियुक्ति नहोला । आज लाखौं शिक्षित युवाहरु बेरोजगारी समस्याबाट आजको पुस्तालाईमात्र होइन, झण्डै तीन पुस्तासम्म पछिपर्ने सृजित समाजको निर्माण हुनेक्रममा छ । यहाँले जुन समयमा जति शिक्षा हासिल गर्नु भयो, आज पनि त्यति शिक्षा हासिल गर्न बौद्धिक क्षमता भएर पनि पूर्ण जनसंख्याको वार्षिक दुई जनाले पनि यहाँको सो सरहको शिक्षा हासिल गरेको अवस्था छैन । एक पटक यहाँको शिक्षा हासिल गर्दाको समयसम्म फर्केर हेर्न र आफु जन्मेको समयदेखि आजसम्म यहाँले अनुभव गरेको क्षेत्र, यहाँलाई राज्यले गरेको लगानी स्मरण गर्न हार्दिक अनुरोध गर्न मिल्छ होला ?

अनुभव र सभ्यता मानवका प्रयोगशाला हुन् भनिन्छ । यहाँबाट हाल बोल्ने गरिएका बोली, राष्ट्र निर्माणमा हाल सम्मका समर्पण गरिएका अनुभव, लाखौं जनताको विश्वास, केवल तपाईले बोलेका दुई शब्द र एक खेस्रामा कोरिएका अक्षरका डाम हुन कि हैनन् ? ती छाता ओढेर लाईन बसि ल्याप्चे लगाउने गरिव, दुःखी, भरिया, कृषक, अपाङ्ग, निरक्षर, सहर भनेर गाडीको मुख नदेखेका जनताका लागि के होला ?गाउँघरमा निरक्षर जनताले बारीमा बाख्राले धान खाएको बेला गरिने कुटनीतिक बचनजस्तै गरी यहाँका विभिन्न कार्यक्रमहरुमा बोलिएका शब्दहरु सुन्न पाईएको छ । हामीलाई लागिरहेछ, यहाँले सम्हालेका राष्ट्रप्रेमी भावना, अनुभव, लामो समयसम्म राज्य चलाएर देशमा गरिएका परिवर्तनहरु, समय अनुकुल सहमती, सहभागीता, सहकार्य, सम्झौताहरुले नेपाली जनताका बीचमा दिएका सन्देशहरु र जनताले यहाँबाट गरिएका आशाहरु नत फिर्ता दिन मिल्छ, नत लाखौं जनतालाई जनताका नाममा भोटको पैंचो तिर्न नै सक्नुहुन्छ । यहाँका लागि कति ब्यक्तिले ज्यान दिए होलान्, कतिले ज्यान धरापमा राखेर बस्न–खान दिए होलान्, कतिको उपचारका क्रममा लाखौं लाख सम्पती सकिएर आज भिखारी भई जीवन गुजरा चलाइ राखेका छन् होला, कतिका टाउकोमा लगाएको टाँका अझै खोलिएको छैन होला, कति अपाङ्ग भएर बैशाखीको सहारामा होलान् ! पढ्ने समयमा बोकेको बन्दुकले कलम समाउन बिर्सेका कति होलान् ! सिउँदो सिन्दुर पुछेर सेतो पहिरनमा तिजमा रमाउने कति दिदी–बहिनी, आमा–भाउजुहरु होलान् ! चामलमात्र भिजाएर फक्रेको यौवनको निधारमा टिका लगाउनेहरु कति होलान् !

मैले सुनेको थिएँ– नेताका सबै जनता सन्तान सरह हुन्छन् । सबै सन्तानले समान शिक्षा, स्वास्थ्य अधिकार पाउँछन् भनेर । मैले सुनेको थिएँ– अरुको कुरा र आचरणका बारेमा हल्ला गर्दै हिँड्ने ब्यक्ति सफल ब्यक्ति हैन भनेर । जे होस् यहाँको ईच्छाशक्तिलाई कसैले पनि हरण गर्न सक्दैन, तैपनि अन्यथा नलागेमा हजुर नेपालको धर्म पुत्र हो र ?

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell