top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



जिका भाइरसको खोप सार्वजनिक रुपमा पाउन १० बर्ष लाग्ने

Published: January 28, 2016 08:27 AM Related news

काठमाडौं, माघ १४ । अमेरिकी मुलुकमा महामारीको रुपमा फैलिएको जिका भाइरसविरुद्धको खोप सार्वजनिक रुपमा उपलब्ध हुन अझै दश वर्ष लाग्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । जिका भाइरसविरुद्धको खोपका विषयमा अनुसन्धानरत अमेरिकी वैज्ञानिकले खोप बनाएर सार्वजनिक प्रयोगमा ल्याउन अझै एक दशक लाग्न सक्ने बताएका हुन् । ...

अर्बपति भएर पनि फेसनमा ध्यान दिदैंनन् फेसबुकका मालिक, यस्तो छ कारण

Published: January 28, 2016 07:54 AM Related news

वासिंटन, माघ १४ । अर्बौंको सम्पत्ति भएका मानिसको जीवन कस्तो होला ? सामान्य दर्जाको मानिसले अर्बपतिको जीवनशैली कल्पना गर्दा विलासी महल, लक्जरी कार, डिजाइनर कपडालाई पक्कै पनि छुटाउँदैनन् । तर अर्बपतिका बारेमा आम मानिसको त्यो सोच विपरीत छन् ‘फेसबुक’ का मालिक मार्क जुकरवर्ग । उनले हालै आफ्नो पोशाक सार्वजनिक...

‘पपुवा न्यूगिनी महिलाका लागि संसारकै खराब’

Published: January 27, 2016 19:20 PM Related news

सिड्नी, माघ १३ । पपुवा न्यूगिनी महिलाका लागि संसारकै खराब देश भएको अधिकारवादीहरुले जनाएका छन् ।उनीहरुले सो देशमा महिला हिंसा बढी हुने भन्दै विश्वका अन्य देशको तुलनामा यो देशमा महिलाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका हुन् ।मानवअधिकारसम्बन्धी विश्व संस्था ‘ह्युमन राइट्स वाच’ले भनेको छ–‘ पपुवा न्यूगिनीमा...

दिल्लीबाट काठमाडौं आउन लागेका दुईओटा विमानमा फेरि बमको हल्ला

Published: January 27, 2016 17:23 PM Related news

काठमाडौं, माघ १३ । भारतको नयाँ दिल्लीबाट बुधबार काठमाडौं आउन लागेका दुईओटा विमानमा ‘बम रहेको धम्की’पछि उडान रोकिएको छ ।दिल्लीबाट काठमाडौं आउन लागेको एअर इन्डियाको ‘एआइ२१५’ र जेट एअरवेजको ‘९डब्लु२६०’ विमानमा बम भएको फोनमार्फत् धम्की आएपछि विमानलाई दिल्लीको आइजीआइ विमानस्थलमै रोकिएको हो ।...

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुक

Published: January 27, 2016 12:40 PM Related news

लन्डन, माघ १३ । भ्रष्टाचारको मामलामा नेपालको अवस्था गम्भीर रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । भ्रष्टाचारबारे अनुगमन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले जारी गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणको सवालमा नेपालको अवस्था विगत तीन वर्ष यता लगातार खस्किएको हो । भ्रष्टाचार...

महासचिब मुनले आतंकबादलाई प्रोत्साहन दिए: इजरायली प्रधानमन्त्री

Published: January 27, 2016 08:52 AM Related news

काठमाडौं, माघ १३ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । महासचिव वानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा प्यालिस्टेनीहरुमाथि इजरायलले गरेको कारवाहीको निन्दा गरेपछि प्रधानमन्त्री नेतनन्याहुले यस्तो आरोप लगाएका...

भारतमा आफ्नो संजाल बनाउन खोज्दैछ आइएस, ३० हजार भारतीयसँग सम्पर्क

Published: January 27, 2016 08:25 AM Related news

नयाँ दिल्ली, माघ १३ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले भारतमा आफ्नो संजाल विस्तार गर्न चाहेको छ । सो संगठनले यसका लागि ३० हजार भारतीयसँग सम्पर्क गरिसकेको बताइन्छ । समाचार एजेन्सीहरुका अनुसार आइएसले समवेदनशील सरकारी डाटालाई निशाना बनाउन चाहेको छ । यसका लागि आइएसले भारतीय ह्याकरसँग सम्पर्क गर्दै...

बम राखिएको धम्की आएपछि बेलायतका १४ विद्यालय खाली

Published: January 27, 2016 07:52 AM Related news

काठमाडौं, माघ १३ । बम राखिएको धम्की आएपछि बेलायतका १४ वटा विद्यालय खाली गरिएको छ । मंगलबार बिहान वेस्ट मिडल्यान्डसका ६, लन्डनका चार र कार्नवालका चार विद्यालयमा बम राखिएको धम्की आएपछि खाली गरिएको हो । ट्वीटरमार्फत एक संगठनले विद्यालयहरुमा बम राखेको धम्की दिएको हो । राष्ट्रिय प्रहरी परिषदुले यो धम्कीलाई गम्भीरतापूर्वक...

अफगानिस्तानमा प्रहरीले नै गरे आफ्ना १० सहकर्मीको हत्या

Published: January 27, 2016 07:45 AM Related news

काठमाडौं, माघ १३ । अफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या गरेका छन् । विद्रोहीसँग मिलेको आरोप लागेका उरुगान प्रान्तका प्रहरी जवानले गोली हानी आफ्नै सहकर्मीको हत्या गरेको अफगानिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् । ती प्रहरी जवानले पहिले लागू औषध सेवन गरेको...

भारतमा गणतन्त्र दिवस मनाइदैं, नयाँ दिल्लीमा कडा सुरक्षा

Published: January 26, 2016 11:16 AM Related news

काठमाडौं, माघ १२ । छिमेकी मुलुक भारतले आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । गणतन्त्र दिवसका अवसरमा नयाँ दिल्लीस्थित राजपथमा गरिएको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराउनुभएको छ । राजपथमा गरिएको मुख्य कार्यक्रमअघि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा पुगेर...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप

Published: January 26, 2016 07:31 AM Related news

काठमाडौं, माघ १२ । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ । अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको बताएका हुन् । अमेरिकी सरकारले...

अमेरिकीलाई विश्व स्वास्थ्य संगठनले दियो चेतावनी, ‘बच्चा नजन्माऊ’

Published: January 25, 2016 19:08 PM Related news

काठमाडौं, माघ ११ । विश्व स्वास्थ्य संगठनले नयाँ रोगकोरुपमा देखापरेको ‘जिका’ भाइरस अमेरिकाका विभिन्न राज्यमा फैलन सक्ने भन्दै सतर्क रहन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको छ ।साथै, विश्व स्वास्थ्य संगठनले सो रोगको संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै केही वर्षका लागि बच्चा नजन्माउन सचेतसमेत तुल्याएको छ ।विश्वका २१...

पूर्वी एसिया हिमपातको चपेटामा, ताइवानमा मात्रै ८५ जनाको मृत्यु

Published: January 25, 2016 19:03 PM Related news

काठमाडौं, माघ ११ । पूर्वी एसियामा यो वर्ष अत्यधिक चिसोका कारण ५५ जनाको मृत्यु भएको छ । चिसोका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।ताइवानमा चिसो मौसम सुरु भएसँगै भएको हिमपातका कारण हालसम्म ८५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा छन् । उनीहरु ताइपेइ र ताउयानका बासिन्दा रहेका बताइएको छ ।...

दिल्लीबाट काठमाडौं आउन लागेको विमानमा ‘बम’को हल्ला

Published: January 25, 2016 19:08 PM Related news

अपडेटःकाठमाडौं, माघ ११ । बम भएको शंकामा उडान अवरुद्ध भएको भारतको नयाँ दिल्लीबाट काठमाडौं आउने जेट एअरवेज खानतलासीपछि काठमाडौंका लागि उडेको छ ।जहाजमा बम राखिएको शंकामा नेपाली समयअनुसार सोमबार दिउँसो १ बजेर ४० मिनेटमा काठमाडौका लागि उडान भर्नुपर्ने विमान विमानस्थलमै रोकिएको थियो ।सुरक्षाकर्मीले विमानभित्र...

स्पेनमा भूकम्प, १२ मिनेटभित्रै तीनवटा धक्का

Published: January 25, 2016 14:08 PM Related news

स्पेन, माघ ११ । स्पेनमा भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार ६.२ म्याग्निच्यूट तीब्रताको भूकम्प गएको हो । स्पेनको मालागाबाट १ सय ६२ किलोमिटर दक्षिण पूर्वलाई केन्द बिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । भूकम्पबाट केही घरहरु चर्किएका छन् । समाचार...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell