top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive



मोगादिसुमा बिस्फोट, तीनजनाको मृत्यु

Published: January 22, 2016 07:14 AM Related news

मोगादिसु, माघ ८ । सोमालियाको राजधानी मोगादिसुको एक लोकप्रिय समुद्री किनारामा भएको बम बिस्फोट र गोलाबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । लिडो समुद्री किनारास्थित एक रेस्टुरेन्ट नजिक कार बम बिस्फोट भएको हो । त्यसलगत्तै पुगेका पाँचजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको बीबीसीले जनाएको छ । ...

रुसी राष्ट्रपति पुटिन लित्भिनेन्कोको हत्यामा संलग्न ?

Published: January 21, 2016 18:53 PM Related news

काठमाडौं, माघ ७ । बेलायतमा पूर्वरुसी जासुस अलेक्जेन्डर लित्भिनेन्कोको हत्यामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको संलग्नता हुन सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।लित्भिनेन्कोको हत्यामा सम्भवतः रुसी राष्ट्रपति पुटिनको स्वीकृति रहेको बेलायतस्थित सार्वजनिक छानबिन आयोगले दाबी गरेको हो ।लित्भिनेन्कोलाई ‘पोलोनियम–२१०’...

आत्मघाती हमलामा सातजनाको मृत्यु, मृतक सबै टेलिभिजनकर्मी

Published: January 21, 2016 09:36 AM Related news

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विस्फोट एउटा टेलिभिजन च्यानलको मोटरलाई लक्षित रहेको अधिकारीहरुको भनाई छ । काबुलस्थित रुसी दुतावास नजिकै ‘टोलो’ टेलिभिजन च्यानलको मिनी बसलाई निशाना बनाएर विस्फोट गराइएको थियो...

पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लाग्यो

Published: January 21, 2016 14:24 PM Related news

काठमाडौं, माघ ७ । अमेरिकाका अन्तरिक्ष वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ ग्रह पत्ता लगाएको बताएका छन् । नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकहरुको भनाइ छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि ‘प्लानेट नाइन’...

पाकिस्तानको विश्वविद्यालयमा आतंकवादी आक्रमण, १९ जना मारिए

Published: January 20, 2016 14:55 PM Related news

अपडेटःकाठमाडौं, माघ ६ । पाकिस्तानको एक विश्वविद्यालयमा शंकास्पद तालिबानी बन्दुकधारीले अन्धाधुन्द आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।पकिस्तानको उत्तर पश्चिम पख्तुनख्वाह प्रान्तको चारसदा सहरमा अवस्थित बादशाह खान विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका...

आर्थिक अवस्था नाजुक भएपछि आइएसका कार्यकर्ताको तलब कटौती

Published: January 20, 2016 12:05 PM Related news

काठमाडौं, माघ ६ । इस्लामिक अतिवादी समूह आइएसले आफ्नो संगठनमा आबद्ध सदस्यको तलब आधा कटौती गर्ने निर्णय गरेको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाए अनुसार आईएसमा आबद्ध माथिल्लो तहदेखि तल्लो तहसम्मका कार्यकर्ताको तलब कटौती गर्ने निर्णय गरेको हो । आर्थिक अवस्था...

इराकमा दुईवर्ष यता १८ हजारभन्दा बढी मारिए

Published: January 20, 2016 07:41 AM Related news

बग्दाद, माघ ६ । इराकमा दुई वर्ष यता १८ हजारभन्दा बढी नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । इराकबारेमा प्रतिवेदन जारी गर्दै राष्ट्रसंघले यस्तो तथ्य प्रकाशमा ल्याएको हो । प्रतिवेदनमा उग्रवादी संगठन इस्लामिक स्टेट (आइएस)माथि सुव्यवस्थित हिंसाको आरोपसमेत लगाइएको छ । आइएसले केही घटनामा नरसंहारसरहको भूमिका निर्वाह...

रुसमा अनौठो चोरी, राजमार्गदेखि लिएर पुलसम्म चोरियो

Published: January 20, 2016 07:32 AM Related news

मस्को, माघ ६ । चोरले नगद तथा जिन्सी सामान चोरेको घटना सामान्य नै हो तर ५० किलोमिटर लामो सडक नै चो¥यो भन्दा पत्यार नलाग्न सक्छ । रुसमा यस्तै एक घटना प्रकाशमा आएको छ । चोरले महिनौं लगाएर एउटा राजमार्ग नै चोरी गरेको प्रहरीले जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार ५० किलोमिटर लामो सडकमा बिछ्याइएका कंक्रिट चोरी गरेको...

विश्वकै ज्येष्ठ नागरिकको निधन

Published: January 19, 2016 18:48 PM Related news

काठमाडौं, माघ ५ । विश्वकै ज्येष्ठ नागरिक यासुतारा कोइदेको १ सय १२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।जापानी नागरिक कोइदेको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा विश्वकै जीवित ज्येष्ठ नागरिककोरुपमा रहेको थियो ।मादकपदार्थ र धूमपान नगरेकै कारण आफ्नो आयु लामो भएको बताउने गरेका कोइदेको साधारण बिरामीका कारण निधन भएको जापानी...

पेशावारमा आत्मघाती विस्फोट, १० जनाको मृत्यु

Published: January 19, 2016 17:53 PM Related news

काठमाडौं, माघ ५ । पाकिस्तानको पेशावरमा आत्मघाती विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।मोटरसाइकलमा सवार एक आत्मघाती व्यक्तिले पेशावरको प्रहरी सीमाचौकी नजिक पुगेर आफैंलाई विस्फोट गराएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । मारिनेमा पाँचजना प्रहरी रहेको बताइन्छ ।विस्फोटमा २० जना घाइते भएका छन् । विस्फोटलगत्तै घटनास्थलमा रहेका...

नेपालमाथि नाकाबन्दी गरेका मोदीले ढाका टोपी लगाएर कसको मन जित्न खोजे ?

Published: January 19, 2016 16:07 PM Related news

गान्तोक, माघ ५ । नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको भ्रमणका क्रममा ढाका टोपी लगाएका हुन्, जहाँ नेपालीमूलका बासिन्दाको बाहुल्यता छ । गान्तोक पुगेका मोदी ढाका टोपीमा सजिएका...

पेरिस हमलाका अर्का एक संदिग्ध पक्राउ

Published: January 19, 2016 10:55 AM Related news

पेरिस, माघ ५ । फ्रान्सको पेरिस हमलाका अर्का एक संदिग्ध मोरक्कोमा पक्राउ परेका छन् । मोरक्को मूलका बेल्जियन नागरिकलाई मोरक्कोका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । पक्राउ परेका ब्यक्ति सिरियाको जिहादी समूहसँग आबद्ध रहेको र उनी पेरिस घटनापछि टर्की, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स हुँदै मोरक्को पुगेको खुलासा भएको छ...

चीनको आर्थिक बृद्धिदर २५ वर्ष यताकै न्यून

Published: January 19, 2016 10:48 AM Related news

बेइजिङ, माघ ५ । चीनको आर्थिक बृद्धिदर २५ वर्ष यताकै कम भएको छ । गत वर्षको चीनको आर्थिक बृद्धिदर ६.९ प्रतिशत रहेको छ । यो विगत २५ वर्षयताकै कम भएको सरकारी अधिकारीहरुले बताएका छन् । चीन सरकारले सन् २०१५ का लागि आर्थिक बृद्धिदर ७ प्रतिशत रहने अनुमान गरेको थियो । सन् २०१४ मा चीनको आर्थिक बृद्धिदर ७.३ प्रतिशत थियो । ...

पाकिस्तानमा युट्युबमाथिको प्रतिबन्ध हट्यो

Published: January 19, 2016 08:02 AM Related news

काठमाडौं, माघ ५ । पाकिस्तानले युट्युबमाथिको प्रतिबन्ध हटाएको छ । इस्लामको अपमान गर्ने भिडियो अपलोड गरेको भन्दै पाकिस्तान सरकारले झन्डै तीन वर्षअघि युट्युबमाथि प्रतिबन्ध लगाएको थियो । युट्युब सञ्चालक गुगलले पाकिस्तानका लागि युट्युबको विशेष संस्करण सुरु गरेकाले प्रतिबन्ध कायम राख्नुको कुनै अर्थ नरहेको पाकिस्तानको...

फ्रान्समा हिमपहिरोमा पाँच सैनिकको मृत्यु,६ जना घाइते

Published: January 19, 2016 07:58 AM Related news

काठमाडौं, माघ ५ । फ्रान्समा हिमपहिरोमा परी पाँच जना सैनिकको मृत्यु भएको छ । अल्प्स हिम शृङ्खलामा सैन्य अभ्यास गरिरहेका बेला पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । त्यसैगरी घटनामा अन्य ६ जना सैनिक घाइते भएका छन् । इटलीको सीमानजिक अल्प्स हिम शृङ्खलामा ५० जना सैनिकले अभ्यास गरिरहेका बेला ११ वटा हिमपहिरो गएको अधिकारीहरुले...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell