top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



इरानमाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

Published: January 18, 2016 10:50 AM Related news

वासिंटन, माघ ४ । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । परमाणु कार्यक्रम कम गर्नेसम्बन्धी गएको वर्षको जुलाईमा भएको सम्झौताको प्रतिबद्धताअनुसार काम गरेको भन्दै अमेरिकासहित अरु देशले प्रतिबन्ध हटाएको एक दिनपछि नै अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको हो । नयाँ प्रतिबन्धअनुसार इरानको...

इराकबाट अमेरिकी नागरिक अपहरणमा

Published: January 18, 2016 08:45 AM Related news

काठमाडौं, माघ ४ । इराकको बग्दादमा केही अमेरिकी नागरिक अपहरणमा परेका छन् । बग्दादस्थित अमेरिकी दूताबासले जनाएअनुसार इराकमा रहेका केही अमेरिकी नागरिक बिगत केही दिनेदेखि सम्पर्कबिहीन बनेकोमा उनीहरुको अपहरण भएको पुष्टी गरेको छ । यद्यपी कतिजना अमेरिकी नागरिक अपहरणमा परे भन्ने यकिन नभएको अमेरिकी दूताबासले जनाएको छ । दूताबासका...

आइएसद्वारा ४०० जनाको अपहरण

Published: January 17, 2016 18:22 PM Related news

सिरिया, माघ ३ । सिरियाली संचारमाध्यमका अनुसार पूर्वी सहर दीर अल जुरमा भएको भिडन्तका क्रममा उग्रवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले करिब ४०० जनालाई अपहरण गरेको छ । सरकार नियन्त्रित क्षेत्रमा आइएसले गरेको हमलाका क्रममा सो अपहरण भएको बताइएको छ । सिरियाको घटनाक्रमलाई...

अफगानिस्तानमा आत्मघाती हमला, ११ जनाको मृत्यु

Published: January 17, 2016 17:03 PM Related news

काबुल, माघ ३ । अफगानिस्तानको जलालावादमा आत्मघाती विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । स्थानीय नेता ओबैदुल्ला शिन्वारीको घरमा विस्फोट भएको बताइन्छ । शिन्वारीका छोरालाई हालै तालिवानले आफ्नो कैदबाट मुक्त गरेको थियो । शिन्वारीकै छोराको स्वागतमा स्थानीय नेता तथा शुभेच्छुकहरु...

सिरियामा आइएसको आक्रमणमा परी १ सय ३५ जनाको मृत्यु

Published: January 17, 2016 09:37 AM Related news

काठमाडौं, माघ ३ । सिरियाको दिर अल जोर क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले गरेको आक्रमणमा १ सय ३५ जनाको मृत्यु भएको छ । मानवअधिकारवादी संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले ८५ जना सर्वसाधारण र ५० जना सैनिकको मृत्यु भएको जनाएको हो । तर सिरियाली सरकारी समाचार एजेन्सी सानाले करिब तीन सय नागरिकको मृत्यु भएको...

इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हट्यो

Published: January 17, 2016 07:55 AM Related news

काठमाडौं, माघ ३ । इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ । गत वर्षको जुलाईमा भएको सम्झौताअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टि भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने निर्णय भएको हो । अस्ट्रियाको भियनामा इरानसहित अमेरिकी विदेशमन्त्री जोन केरी तथा...

ताइवानमा साइ पहिलो महिला राष्ट्रपतिमा निर्वाचित

Published: January 16, 2016 18:38 PM Related news

काठमाडौं, माघ २ । ताइवानमा विपक्षी दलकी नेतृ साइ इङ वेन राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।डेमोक्रेटिक प्रोगेसिभ पार्टी (डीपीपी)की नेतृ ५९ वर्षीया साइ मुलुकको पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।डीपीपीले चुनावी अभियानमा चीनबाट स्वतन्त्र हुने नारा लगाएको थियो । तर, साइले भने आफ्नो अडान प्रस्ट गरेकी छैनन् । चीन र ताइवानका...

औगादोगुको होटलमा बन्दुकधारीद्वारा आक्रमण, २० जनाको हत्या

Published: January 16, 2016 07:40 AM Related news

काठमाडौं, माघ २ । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा रहेको एक होटलमा बन्दुधकारीहरुले आक्रमण गरी कम्तिमा २० जनाको हत्या गरेका छन् । पश्चिमा मुलुकका अतिथीहरुले प्रयोग गर्दै आएको ईस्प्लेन्डीड होटेलमा गएिको भीषण हमलापछि बन्दुकधारीहरुले केही विदेशी नागरिकलाई बन्धक बनाएको खबर छ । ...

सियरा लियोनमा इबोला संक्रमण, एकजनाको मृत्यु

Published: January 15, 2016 11:33 AM Related news

सियरा लियोन, माघ १ । विश्व स्वास्थ्य संगठनले पश्चिमी अफ्रिकालाई इबोला मुक्त घोषणा गरेको केही घण्टा बित्न नपाउँदै सियरा लियोनमा इबोलाबाटै एक जनाको मृत्यु भएको छ । सियरा लियोन स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिदी याहाले उत्तरी क्षेत्रमा एक युवकको मृत्यु भएको बताए । विश्व स्वास्थ्य संगठनले सियरा लियोनलाई गत नोभेम्बरमा...

जापानमा बस दुर्घटना, १४ जनाको मृत्यु

Published: January 15, 2016 11:27 AM Related news

टोकियो, माघ १ । जापानमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । टोकियोबाट नागानोतर्फ जाँदै गरेको बस पहाडी राजमार्गमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकमा नौजना पुरुष र पाँच महिला रहेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् ।...

यी हुन् ईरान र अमेरिकाबीचको सम्बन्धलाई नै प्रभाव पारेका मूख्य सात घटना

Published: January 15, 2016 11:28 AM Related news

वासिंटन, माघ १ । ईरान र अमेरिकाबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । गत वर्ष परमाणु सम्झौतामा प्राप्त सफलताका बाबजुद दुई देशबीचको सम्बन्धमा सुधार आइसकेको छैन । हालैका दिनमा ईरानले १० अमेरिकीलाई आफ्नो जल सीमा उल्लंघन गरेको आरोपमा हिरासतमा लिएको थियो । यद्यपी उनीहरुलाई ईरानले रिहा गरिसकेको छ । ईरान र अमेरिकाबीचको...

रासायनिक गोदाममा विस्फोट, हावामा फैलियो विषालु ग्याँस

Published: January 15, 2016 08:20 AM Related news

ब्राजिल, माघ १ । ब्राजिलको सबैभन्दा ठूलो बन्दरगाह सान्दोसको एक रासायिक गोदाममा विस्फोट भएको छ । विस्फोटका कारण हावामा विषालु ग्यास फैलिएको छ । कन्टेनरमा राखिएको एसिड पानीको सम्पर्कमा आएपछि रासायनिक प्रक्रिया उत्पन्न भएर विस्फोट भएको बताइएको छ । गोदाम वरपरका घरलाई खाली गरिएको छ...

१.६ अर्ब डलर राशीको चिठ्ठामा कम्तीमा तीन जनाको दाबी

Published: January 15, 2016 08:07 AM Related news

वासिंटन, माघ १ । अमेरिकामा सर्वाधिक राशीको चिठ्ठाको विजेता कम्तीमा तीन जना हुन सक्नेछन् । १.६ अर्ब डलर राशीको चिठ्ठा जित्ने टिकट क्यालिफोर्निया, टेनिसी र फ्लोरिडाबाट बिक्री भएको बताइन्छ । यद्यपी विजेताको पहिचान भइसकेको छैन । यसअघि १९ औं पटकसम्म चिठ्ठाको विजेता नभएपछि यसको रकम पनि बढ्दै गएको थियो । अधिकारीहरुका अनुसार...

बिहारमा समोसामा पनि लगाइयो कर

Published: January 14, 2016 17:34 PM Related news

काठमाडौं, पुस ३० । भारतको बिहार राज्यमा बिलासिताको वस्तुको सूचीमा समोसालाई राख्दै यसको खरिदमा कर लगाइएको छ ।मुख्यमन्त्री नितिशकुमारको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले समोसामा कर लगाउने निर्णय गरेको हो ।नितिश सरकारको यो निर्णयबाट पाँच सय भारतीय रुपैयाँभन्दा बढीका समोसा, निम्की, भुजिया, आलुचिप्स्लगायत मिठाइजन्य परिकारमा...

जकार्तामा शृंखलाबद्ध विस्फोट, कम्तिमा ७ जनाको मृत्यु

Published: January 14, 2016 16:02 PM Related news

अपडेटःकाठमाडौं, पुस ३० । इन्डोनेसियाको राजधानी जकार्तामा विहीबार भएका शृंखलाबद्ध विस्फोट र गोलाबारीमा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।मारिनेमा पाँचजना शंकास्पद आक्रमणकारी र दुईजना सर्वसाधारण नागरिक रहेको त्यहाँको प्रहरीले जनाएको छ ।जाकार्तास्थित राष्ट्रपति भवन, संयुक्त राष्ट्रसंघको कार्यालयनजिक, एक सपिङ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell