top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive



म्याग्दीका पाँच गाविस सेवा सुविधाबाट वञ्चित

Published: January 28, 2016 11:25 AM Related news

म्याग्दी, माघ १४ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा रहेका पाँच वटा गाउँ विकास समितिका स्थानीय भौगोलिक विकटताका कारण राज्यले दिने सेवा सुविधाबाट वञ्चित भएका छन् । जिल्लाका गुर्जा, मुदी, मुना, ताकम र लुलाङ गाविसका ११ हजारभन्दा बढी जनता भौगोलिक विकटताकै कारण सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा आधारभूत सेवा सुविधाबाट...

सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल

Published: January 28, 2016 10:45 AM Related news

भक्तपुर, माघ १४ । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब रु १३ करोड आठ लाख बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी बक्यौता बढेको हो । विद्युत् महसुलबापत बाँकी बक्यौताका रूपमा रहेको उक्त रकममध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकासँग...

८० रुपैयाँको बिल तिर्न एक सय रुपैयाँ खर्च !

Published: January 28, 2016 08:53 AM Related news

इनरुवा, माघ १४ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ । जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले...

शुक्लाफाँटा आरक्षमा बाघ गणना सुरु

Published: January 28, 2016 08:33 AM Related news

भीमदत्तनगर, माघ १४ । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुधबारदेखि बाघ गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय मझँगाउँका अनुसार विगत वर्ष झैं यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रविधिबाट बाघ गणना सुरु गरिएको हो । ‘हामीले आरक्षलाई विभिन्न समूहमा विभाजन गरेर एक महिनाभित्र गणना...

‘भूकम्प तराई पो झर्‍यो त !’

Published: January 28, 2016 10:12 AM Related news

काठमाडौं, माघ १४ । ‘लौ, भूकम्प त तराई पो झर्‍यो !’ सिराहाको समथर भू–भागमा बुधबार बिहान ४.२ म्याग्निच्यूट स्केलको भूकम्प गएपछि राजधानीबासीले टिप्पणी गरिहाले । बैशाख १२ को अनुकम्पनले हैरान सर्वसाधारणमा सिरहा भूकम्पले अनौंठो जिज्ञासा पैदा गरिदियो । बुधबार दिनभर यो विषय सामाजिक सञ्जाल र चिया–चर्चाको विषय बन्यो । ...

उद्योगमन्त्रीको गाडीले तेलको लाइन मिच्दा यस्तो बबण्डर

Published: January 28, 2016 11:25 AM Related news

काठमाडौं, माघ १४ । घटना विवरण– बुधबार बिहानको पौने १२ बजेः नयाँ बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्प । बिहानै तीन बजेदेखि नै पेट्रोल भर्न बसेका सवारीसाधनको लामो लाइन । एकाएक उद्योगमन्त्री सोमप्रसाद पाण्डे चढ्ने झन्डावाला बा.१झ ८२२९ नम्बरको कालो रङको प्राडो हुइँकिँदै आयो । सर्वसाधारणको लाइन...

रंगेलीमा मारिएकाका परिवारलाई आर्थिक सहयोग

Published: January 27, 2016 18:44 PM Related news

विराटनगर, माघ १३ । मोरङको रंगेलीमा माघ ७ गते प्रहरीको गोली लागी मृत्यु भएका दुईजनाका परिवारलाई पठनपाठनका लागि बुधबार आर्थिक सहायता प्रदान गरिएको छ ।साइ सेवा समाजको तर्फबाट डा. सुन्दरमणि दीक्षितले सातजना बालबालिकाको पढाइका लागि २ लाख ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।महादेव ऋषिदेवका दुई छोरा र दुई छोरीका लागि १ लाख ५० हजार...

१० हजार नपाएको भन्दै भूकम्पपीडितद्धारा जिप्रका घेराउ

Published: January 27, 2016 18:30 PM Related news

धादिङ, माघ १३ । न्यानो कपडाका लागि राज्यले उपलब्ध गराउने भनेको १० हजार रुपैयाँ नपाएको भन्दै धादिङ, कुम्परका भूकम्पपीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।अन्य सबै गाविसका भूकम्पपीडितले रकम पाइसकेको र आफूहरुले नपाएको भन्दै उनीहरुले बुधबार जिप्रका घेराउ गरेका हुन् ।पाँच सयभन्दा बढीको सहभागिता रहेको धर्नाका सहभागीहरुले...

२३१ भूकम्पपीडित परिवारलाई ब्ल्यांकेट वितरण

Published: January 27, 2016 18:23 PM Related news

काठमाडौं, माघ १३ । धर्मशान्ति नेपालले काठमाडौं र ललितपुरका भूकम्पपीडितहरुलाई बुधबार राहत वितरण गरेको छ ।भूकम्पले क्षति पुर्‍याएको ललितपुरको गोदावरी नगरपालिका तथा काठमाडौंको गोलढुंगाका भूकम्पपीडितहरुलाई धर्मशान्ति नेपालले राहत वितरण गरेको हो ।काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गोलढुंगा, नाखन्डोल, लोलाङ र वैखुका विपन्न वर्गका...

संविधान संशोधनको राष्ट्रसंघद्वारा स्वागत्

Published: January 27, 2016 18:01 PM Related news

काठमाडौं, माघ १३ । संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत् गरेका छन् ।उनले वार्ताको माध्यमबाट बाँकी रहेका समस्या अधिकतम लचिलो भइ निरुपण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।वर्तमान सकारात्मक प्रगतिले...

सिन्धुपाल्चोक–घोर्थलीका थामी समुदायको बिचल्ली (भिडियोसहित)

Published: January 28, 2016 10:45 AM Related news

घोर्थली (सिन्धुपाल्चोक), माघ १३ । गत वैशाख १२ को शक्तिशाली भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला हो सिन्धुपाल्चोक ।भूकम्पबाट जिल्लामा मानवीय क्षति त भयो नै त्योसँगै जिल्लाका धेरैजसो भौतिक संरचना ध्वस्त बने ।भूकम्प गएको नौ महिना बित्दा पनि जिल्लाका अरु गाविसका तुलनामा विकट यस गाविसका सर्वसाधारणको दैनिकी आजपनि अत्यन्त...

‘नेपालमा भ्रष्टाचार बढ्यो’, सूचकांकमा १३०औं स्थानमा

Published: January 28, 2016 08:03 AM Related news

काठमाडौं, माघ १३ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो भ्रष्टाचार सूचकांकले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ ।ट्रान्सपरेन्सी इन्टरनेसनलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल गत वर्षभन्दा दुई स्कोर कम पाएर भ्रष्टाचार बढी हुने देशको १ सय ३०औं स्थानमा पुगेको हो ।सो अवसरमा...

चाबहिलको गंगाहिटीमा नयाँ दमकल स्टेसन बन्ने

Published: January 27, 2016 14:53 PM Related news

काठमाडौं, माघ १३ । इटालीको सहयोगमा काठमाडौंको चाबहिलस्थित गंगाहिटीमा दुई करोड रुपैयाँको लगानीमा दमकल स्टेसन बन्ने भएको छ ।इटालीमा रहेको बोजेन बोल्जानो सहरको सहयोगमा निर्माण हुन लागेको दमकल स्टेसन कसरी बनाउने भन्ने नक्सासमेत इटालीबाट जुद्ध बारुणयन्त्र काठमाडौंलाई पठाइसकेको बारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए ।...

रौतहटमा यातायात आजदेखि सञ्चालनमा

Published: January 27, 2016 13:40 PM Related news

रौतहट, माघ १३ । रौतहटमा मधेसी मोर्चाको आन्दोलनका कारण बन्द रहेको यातायात आजदेखि सञ्चालनमा आएको छ । सदरमुकाम गौर भित्रने र बाहिरिने यातायातका साधन सञ्चालन गर्न दिने निर्णय मोर्चाले गरेको हो । पाँच महिनादेखि बन्द रहेको यातायात संचालनमा आएपछि यात्रुहरुले राहतको श्वास फेरेका छन् । बन्दले सर्वसाधारण र बस ब्यबसायी मर्कामा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell