top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive



बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published: January 27, 2016 13:00 PM Related news

कपिलबस्तु, माघ १३ । कपिलबस्तुको शिवराज–३ मा आज बिहान बसको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय दुर्गाप्रसाद कोईराला रहेका छन् । बसको ठक्करबाट गम्भीर घाईते भएका कोईरालाको उपचारको क्रममा सामुदायिक अस्पताल संजीवनीमा बिहान पौने ८ बजे मृत्यु भएको हो । ...

स्थानीय चुनावका लागि तयारी भइरहेको छ : मन्त्री थापा

Published: January 27, 2016 15:42 PM Related news

बिराटनगर, माघ १३ । उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको चुनावका लागि सरकारले तयारी थालिसकेको दावी गरेका छन् । विराटनगरमा पूर्वाञ्चलका १६ जिल्ला र ५२ नगरपालिकाको अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री थापाले सरकारले स्थानीय निकायको चुनावका लागि राजनीतिक परामर्श गरिरहेको बताए । ...

आगलागीबाट एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते

Published: January 27, 2016 12:03 PM Related news

बैतडी, माघ १३ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय देवल निवासी ४६ वर्षीया प्रेमबहादुर खड्का रहेका छन् । गएराति १०ः३० बजेतिर आफ्नै तीनतले...

कृष्णप्रसादको नाम हटाएर विवेक गुमाउदिन: संचारमन्त्री

Published: January 27, 2016 11:52 AM Related news

काठमाडौं, माघ १३ । सुचना तथा संचारमन्त्री शेरधन राईले कृष्णप्रासाद भट्टराई आमसंचार प्रशिक्षण प्रतिष्ठानबाट कृष्ण प्रसाद भट्टराईको नाम हटाउने मन्त्रालयले कुनै गृहकार्य नगरेको स्पष्ट पारेका छन् । भट्टराई नाम हटाउन नहुने भन्दै आज संचार मन्त्रालयमा मन्त्री राईको ध्यानाकर्षण गराउन पुगेका नेपाल प्रेस युनियनका केन्द्रीय...

बाख्राको खोरमा बाख्रा झैं बाँधेर राखिएकी बालिकाको उद्धार

Published: January 27, 2016 10:07 AM Related news

इलाम, माघ १३ । इलाम नगरपालिका–२ स्थित थेबेचोक नजिकै रहेको गाउँबाट अपाङ्गता भएकी एक बालिकालाई खोरमा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको छ । रातभरि चिच्याउने, रुने तथा कराउने गरेका कारण परिवारले उनलाई घरभन्दा केही माथि बाख्राको खोरमै सानो कोठा बारेर थुनेर राखेको अवस्थामा मङ्गलबार उद्धार गरिएको हो । ...

१५५ जनाको खोजीमा बर्दिया राष्ट्रिय निकुञ्ज

Published: January 27, 2016 10:00 AM Related news

बर्दिया, माघ १२ । बर्दिया राष्ट्रिय निकुञ्जले चोरी–सिकार नियन्त्रण अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने भएको छ । निकुञ्जले नेपाल प्रहरी, प्रशासन, नेपाली सेना, जिल्ला वन, समुदाय र युवा समितिसँगको संयुक्त सहकार्यमा सो कार्यलाई अझ प्रभावकारी बनाउन लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले...

अस्पतालका चिकित्सक र कर्मचारीबीचको विवादले विरामीलाई सास्ती

Published: January 27, 2016 09:29 AM Related news

सिन्धुली, माघ १३ । सिन्धुली जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा केही दिन यता चिकित्सक र कर्मचारीबीच विवाद हुँदा उपचार सेवा प्रभावित बनेको छ  । जिल्ला अस्पतालका मेसु चिकित्सक फणिन्द्रप्रसाद बराल र महिला तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक सुमित्रा गौतमबीच आन्तरिक विवाद हुँदा विभिन्न मेडिकल डिपार्टमेण्टबाट...

गुल्मीमा खुल्यो अनौठो बैंक

Published: January 27, 2016 13:31 PM Related news

गुल्मी, माघ १३ । गुल्मीमा कपडा किन्न नसक्नेका लागि ‘क्लोथ बैंक’ अर्थात् कपडा घरको स्थापना गरिएको छ । विभिन्न समयमा विपतमा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको हो । बैंकमा जम्मा भएका कपडा असहायलाई वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा...

बुद्धबारे भ्रम चिर्न सात देशलाई पत्र, यस्ता छन् मन्त्रीका महत्वाकांक्षी योजना

Published: January 27, 2016 09:57 AM Related news

काठमाडौ, माघ १३ ।  सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

प्रधानमन्त्रीको गुनासो: मजाक किन उडाउने ?

Published: January 27, 2016 11:30 AM Related news

काठमाडौं, माघ १३ । सरकार गठन भएको १०७औं दिनमा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मंगलबार सम्पादकसहितका पत्रकारसँग भेटघाट गरे । ओलीले संविधानका विशेषता, संविधान कार्यान्वयन, संविधान संशोधनपछिको अवस्था र भावी योजनाबारे करिब ४५ मिनेट भनाइ राखे, १५ मिनेटजति मात्रै पत्रकारसँग अन्तक्र्रिया गरे । उनका मुख्य भनाइः चितुवा...

कांग्रेस अब सरकारमा आउँछ, मैले बोल्दा हावादारी भनिन्छ : प्रधानमन्त्री ओली

Published: January 27, 2016 07:34 AM Related news

काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले असहज स्थिति सहज नभएसम्म आफू छिमेकीमुलुक भारत भ्रमणमा जानु वाञ्छनीय नभएको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विभिन्न दैनिक पत्रिकाका सम्पादक र वरिष्ठ पत्रकारसँगको छलफलमा प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे सोधिएको प्रश्नमा अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्थापनको असहजता अन्त्य...

रौतहटमा गाडी चल्न दिने मोर्चाको निर्णय

Published: January 26, 2016 18:12 PM Related news

रौतहट, माघ १२ । रौतहटमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने भएको छ ।मोर्चाको निर्णयसँगै रौतहटमा लामो समयदेखि बन्द रहेका यातायातका साधन सन्चालनमा आउने भएका छन् ।मोर्चाआबद्ध दलहरुको मंगलबार बसेको बैठकले रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखन्डको वीरेन्द्र राजमार्गमा यातायातका साधन चल्न...

नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाइ, २३ नाकामा नयाँ नियम

Published: January 26, 2016 16:03 PM Related news

वीरगन्ज, माघ १२ । सुरक्षाको कारण देखाउँदै भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । भारतले नेपाली नम्बरका मोटरसाइकललगायत...

तराई–मधेसको आन्दोलनलाई पेलेर मात्र समाधान हुँदैन: अध्यक्ष शर्मा

Published: January 26, 2016 17:39 PM Related news

काठमाडौं, माघ १२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राज्यको तराईलाई हेर्ने दृष्टिकोण स्पष्ट नरहेको बताएका छन् । १३ औं कृष्णमोहन–नुडुप स्मृति दिवसका अवसरमा मंगलबार ललितपुरमा गरिएको कार्यक्रममा आयोगका अध्यक्ष शर्माले तराई मधेसमा जारी आन्दोलनलाई पेलेर मात्रा समाधान नहुने बताए । ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell