बबई सिंचाई आयोजनाको निर्माण ‘कछुवाको गतीमा’
Published: January 26, 2016 11:57 AM
बर्दिया, माघ १२ । बर्दियाको बबई सिंचाई आयोजनाअन्तर्गतका निर्माण कार्यमा ढिलाई हुँदा स्थानीय चिन्तित बनेका छन् । सिँचाई आयोजनाको पूर्वी मुल नहर क्षमता विस्तार, साईफन विस्तार, तटबन्धलगायतका काम समयमै सुरु नभएपछि बर्षात्को मौसममा समस्या आउने डरले स्थानीय चिन्तित बनेका हुन् । आयोजनाको...
पत्रकार विश्वकर्मामाथि आक्रमण गरी लुटपाट
Published: January 26, 2016 11:32 AM
काठमाडौं, माघ १२ । हिमालय टाइम्स दैनिकमा कार्यरत पत्रकार हिरालाल विश्वकर्मामाथि सोमबार राति अज्ञात व्यक्तिहरुले आक्रण गरी घाइते बनाएका छन् । मध्य बानेश्वर स्थित पत्रिकाको कार्यालयबाट काम सकेर घरतर्फ फर्कने क्रममा राति नौं बजे भेनस अस्पताल र पूजा प्रतिष्ठानको बीचमा नचिनेका व्यक्तिले उनीमाथि एक्कासी आक्रमण गरेका थिए...
जाडोबाट स्थानीयलाई जोगाउन सेनाबाट निःशुल्क चिया र आगोको व्यवस्था
Published: January 26, 2016 10:59 AM
गौशाला, माघ १२ । तीन/चार दिनदेखि बढेको जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज एकाबिहानै आगो र चियाको व्यवस्था गरेको छ । गत शनिबारदेखि जिल्लामा असहनीय जाडो भएपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई ध्यानमा राख्दै जलेश्वरस्थित नेपाली सेनाको फस्ट राइफल गणले जलेश्वरको मटिहानी चोक, दुर्गा...
कार दुर्घटनामा सांसद शाहीसहित चारजना घाइते
Published: January 26, 2016 13:34 PM
तनहुँ, माघ १२ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बा८च ७५९१ नम्बरको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खसेर दुर्घटना भएको हो । ...
ऐतिहाँसिक किल्ला सिन्धुलीगढी उपेक्षित
Published: January 26, 2016 10:34 AM
सिन्धुली, माघ १२ । सिन्धुलीको ऐतिहासिक किल्ला सिन्धुलीगढी मर्मत संभारको अभावमा उपेक्षित बन्दै गएको छ । वीर गोर्खालीले घरेलु हतियारका भरमा अंग्रेजलाई हराएको किल्ला संरक्षणको अभावमा दिन प्रति दिन भग्नावशेषमा परिणत हुँदै गएको हो । सिन्धुलीगढी दरबार आसपासका सम्पूर्ण भवन र भौतिक संरचना पूर्ण रुपमा भत्किएर नामेट हुँदै...
संविधान संशोधन भएकोमा चीनले गर्यो स्वागत
Published: January 26, 2016 10:09 AM
काठमाडौं, माघ १२ । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि सरकार र प्रमुख राजनीतिक दलले गरेको पछिल्लो प्रयासको चीनले स्वागत गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ्गले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालको संविधानमा भएको संशोधनलाई सकारात्मक कदमका रुपमा आफूहरुले लिएको बताएकी हुन् । ...
‘नेपाली विद्यार्थीहरु व्यवस्थापनका क्षेत्रमा विश्व बजारमा बिक्छन्’
Published: January 26, 2016 09:41 AM
काठमाडौं , माघ १२ । विश्व बजारका लागि व्यवस्थापन महत्वपूर्ण भएको विज्ञहरुले बताएका छन् । व्यवस्थापनका अनेकन सिद्धान्तहरु रहेको बताउदै देश अनुसार ती सिद्धान्तलाई व्यावहारमा उतार्नु पर्ने उनीहरुले बताए । नेपाली विद्यार्थीहरु व्यावस्थापनका क्षेत्रमा विश्व बजारमा सजिलै बिक्न सक्ने उनीहरुले दावी समेत गरेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय...
विद्यार्थीको संख्या ओरालो लाग्दै, कक्षा ३ मा दुईजना विद्यार्थी
Published: January 26, 2016 08:52 AM
बागलुङ, माघ १२ । जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयको कक्षा ३ मा मात्र दुई विद्यार्थी छन् । प्राथमिक तहमा ओरालो लागेको विद्यार्थी सङ्ख्या घटेर अहिले १८ मा सीमित छ । तीन वर्षअघि प्रावि तहमा १०५ विद्यार्थी थिए । कक्षा ३ मा आशिका आले र पुनम भण्डारीले पढ्छन् । कक्षा ३ मा मात्रै नभएर प्राविस्तरका...
पश्चिमी वायुको प्रभावले मौसममा खराबी, उपत्यकामा फाट्टफुट्ट वर्षा
Published: January 25, 2016 18:09 PM
काठमाडौं, माघ ११ । पश्चिमी वायुको प्रभावका कारण सोमबार काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भेगको मौसममा खराबी आएको छ ।मौसम बदली भइ केही भेगमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम बदलीसँगै काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ३.८ भएका कारण बढी चिसो महसुस गरिएको छ ।...
नेपाल–भारतबीचको असमझदारी हट्दै : उपप्रम थापा, भारतको समर्थन : राजदूत
Published: January 26, 2016 07:06 AM
काठमाडौं, माघ ११ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीचको असमझदारी हट्दै गएको दाबी गरेका छन् ।सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले नेपालमा नयाँ संविधान जारी भएपछि चिसिएको सम्बन्धमा दुबैतर्फको प्रयासपछि न्यानोपन विकास भएको जिकिर गरे ।कार्यक्रममा भारतीय राजदूत रणजित रायले संविधान संशोधन गरेर नेपाल सरकारले...
मधेसी मोर्चाका मागहरु संशोधनमार्फत् पूरा : उपप्रम रावल
Published: January 25, 2016 17:11 PM
बुटवल, माघ ११ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मधेसी मोर्चाले राखेका मागहरु संविधान संशोधनमार्फत् पूरा गरिएको दाबी गरेका छन् ।रुपन्देही व्यापार संघको १४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको सोमबार बुटवलमा उद्घाटन गर्दै रक्षामन्त्री रावलले ९० प्रतिशत समझदारीमा आएको संविधानलाई हतारको दस्तावेजकोरुपमा लिनु मुर्खता भएको भन्दै जनपक्षीय...
‘नाकाबन्दीले पाठ्यपुस्तक छपाइमा समस्या’
Published: January 25, 2016 14:59 PM
काठमाडौं, माघ ११ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नाकाबन्दीका कारण कागज उपलब्ध नहुँदा पाठ्यपुस्तक छपाइमा समस्या भएको बताएका छन् ।सोमबार राजधानीमा गरिएको एक कार्यक्रममा मन्त्री पोखरेलले नयाँ शैक्षिकसत्र सुरु हुन केही महिना बाँकी रहेकाले समयमै पाठ्यपुस्तक पु¥याउने कोसिस भइरहेकको बताए ।फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुने...
डा. गोविन्द केसीलाई आयोगको उपाध्यक्ष बनाउन चाहेका थियौं : शिक्षामन्त्री
Published: January 25, 2016 18:02 PM
काठमाडौं, माघ ११ । त्रिवि शिक्षण अस्पतालमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसी आठौंपटक अनसनमा बस्ने तयारी गरिरहेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई अनसन नबस्न आग्रह गरेका छन् ।सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले डा. केसीको मागलाई सम्बोधन गर्न विभिन्न नीतिहरु बन्दै गरेको भन्दै अनसनमा नजान आग्रह गरेका हुन्...
भारतीय गाडीमा मोर्चाका कार्यकर्ताद्धारा पेट्रोल बम प्रहार, चालक कुटिए
Published: January 25, 2016 16:18 PM
सिरहा, माघ ११ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–९ मा सोमबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईओटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् ।पूूर्वबाट पश्चिमतर्फ गइरहेका पीबी२९के ९७२२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने...
दुर्गम गाउँमा सेनाले चलायो स्वास्थ्य शिविर
Published: January 25, 2016 12:36 PM
लमजुङ, माघ ११ । लमजुङको दुर्गम भेगका नागरिकलाई लक्षित गरी नेपाली सेनाको पशुपति प्रसाद गणले ढोडेनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट ढोडेनी, फलेनी, बन्सार र चिती गाविसका ४ सय सर्वसाधारणले सेवा लिएका छन् । कलेज अफ मेडिकल साइन्स भरतपुरको सहयोगमा सेनाले सञ्चालन गरेको शिविरबाट ५७ जना बालबालिका, १...