top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



चेपाङ समुदायलाई कम्मल बितरण

Published: January 25, 2016 09:46 AM Related news

धादिङ, माघ ११ । कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालभित्र एकसरो कपडाको भरमा रात कटाउँदै आएका धादिङ धुषा गाविसका चेपाङ समुदायलाई कम्मल बितरण गरिएको छ । धादिङको पाङ्ने समाज सेवा संघ पोखराका कोषाध्यक्ष तेजप्रसाद ताङ्केले आफ्नै खर्चमा पीडितहरुलाई कम्मल बितरण  गरे । सञ्चार माध्यमहरुमा चिसोका कारण चेपाङ समुदायका मानिस विरामी पर्न थालेको समाचार सार्वजनिक भएपछि आफूले सहयोग...

पश्चिम तराईमा जाडो बढ्यो, जनजीवन कष्टकर(भिडियो)

Published: January 25, 2016 14:09 PM Related news

बर्दिया, माघ ११ । मध्य तथा सूदुरपश्चिमका पहाडी जिल्लामा भएको हिमपातका कारण पश्चिम तराईमा एक्कासी जाडो वढेपछि बर्दिया लगायत आसपासका क्षेत्रको जनजीवन कष्टकर वन्दै गएको छ । यसवर्ष पश्चिम तराईमा पुष महिनाभर गर्मी महशुस गरिएको भएतापनि माघ महिनाको पहिलो साताबाट एक्कासी जाडो वढेको छ । मध्य...

नाका खुल्छ कि खुल्दैन ? यस्तो छ मधेसी मोर्चाको रणनीति

Published: January 25, 2016 12:51 PM Related news

काठमाडौं, माघ ११ । नाकामा धर्ना कायम राख्ने तयारी– संविधान संशोधनपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न मधेसी मोर्चाको बैठक सोमबार बस्दै छ । प्रमुख तीन दलले आफूखुसी संविधान संशोधन गरेको भन्दै मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । ‘मोर्चाको बैठक आज (सोमबार) बस्दै छ’, सद्भावना पार्टीका अध्यक्ष...

रङ्गेली घटनाका मृतकको शव उठाउन मोर्चा सहमत

Published: January 24, 2016 18:51 PM Related news

विराटनगर, माघ १० । मोरङको रङ्गेली र डाइनियामा गत बिहीबार प्रहरीको गोलीबाट मृत्यु भएका तीनजनाको शव सम्बन्धित पक्षले भोलि (सोमबार) बुझ्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज संयुक्त मधेसी मोर्चाका कार्यकर्ताका साथ सहमति भएपछि शव बुझ्ने प्रक्रिया सुरु भएको हो । सोमबार तीनैजनाको शव बुझ्ने सङ्घीय समाजवादी फोरम नेपालका...

भूकम्पपीडितलाई न्यानो कपडा वितरण

Published: January 24, 2016 18:00 PM Related news

रसुवा, माघ १० । रसुवाको दुर्गम यार्सा गाविसका भूकम्पपीडितलाई न्यानो कपडा वितरण गरिएको छ । हालै परेको हिमपातले चिसो बढेसँंगै त्यस ठाँउका बासिन्दालाई गैर सरकारी संस्था समरिटन्स पर्सले न्यानो कपडा वितरण गरेको हो । जिल्ला दैविक प्रकोप उद्घार समिति रसुवाको निर्देशन अनुसार जिल्लाको यार्साका १ हजार ५५ घर परिवारलाई न्यानो...

वरिष्ठ फोटोग्राफर श्रेष्ठले खिचेका तस्वीर प्रदर्शनीमा

Published: January 24, 2016 17:26 PM Related news

काठमाडौं, माघ १० । वरिष्ठ फोटोग्राफर मुकुन्दबहादुर श्रेष्ठको १३ औं दिनको पुण्यतिथी पारेर उनले खिचेका फोटो प्रदर्शनीमा राखिएको छ । नेपाल पर्यटन बोर्डले आज राजधानीमा एक कार्यक्रममा गरी फोटोग्राफर श्रेष्ठले खिचेका फोटो प्रदर्शनीमा राख्नुका साथै उनले पुर्‍याएको योगदानबारे चर्चा गराएको थियो । ...

निकुञ्जका गैंडामा सेटलाईट रेडियो कलर जडान

Published: January 24, 2016 17:20 PM Related news

बर्दिया, माघ १० । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा गैंडामा सेटलाईट रेडियो कलर जडान गरिएको छ । भारतको कर्तनियाँघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने खाता जैविक मार्गको शिव सामुदायिक वनमा रहेका गैंडामा सेटलाईट रेडियो कलर जडान गरिएको हो । सेटलाईट रेडियो...

उपप्रधानमन्त्री थापाले गरे चीनको प्रशंसा

Published: January 24, 2016 17:05 PM Related news

काठमाडौं, माघ १० । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले छिमेकी चीनले नेपालसँगको सम्बन्धमा सँधै राम्रो भूमिका निर्वाह गर्दै आएको बताएका छन् । नेपाल–चीन कुटनीतिक सम्बन्धको ६० वर्ष पुगेको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा परराष्ट्रमन्त्री थापाले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप...

उपप्रधानमन्त्री रावल भन्छन्– ‘मधेसवादी दलका मूख्य माग पुरा भइसक्यो’

Published: January 25, 2016 07:54 AM Related news

काठमाडौं, माघ १० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सविधान संशोधनमार्फत् आन्दोलनरत मधेसी दलले उठाएका मुख्य माग पुरा भईसकेको दाबी गरेका छन् । राजधानीमा आज गरिएको कार्यक्रममा उपप्रधानमन्त्री रावलले मधेसी मोर्चाले उठाएका बाँकी मागबारे छलफल गर्न सरकारले वार्तामा बोलाउने बताए । उनले संविधान संशोधनलाई आन्दोलनरत...

रंगेली घटनालाई लिएर मधेसी मोर्चाले मानवअधिकार आयोगलाई गुहार्‍यो, यस्तो छ आयोगको भनाई

Published: January 24, 2016 20:56 PM Related news

काठमाडौं, माघ १० । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनका क्रममा न्युनतम मानवअधिकारको ख्याल गर्न सरकार र आन्दोलनरत मधेसी मोर्चालाई आग्रह गरेको छ । आयोगले आन्दोलनका क्रममा हिंसात्मक घटना हुन नदिन पनि दुबै पक्षलाई सचेत गराएको छ । मोरङको रंगेलीमा भएको आन्दोलनका क्रममा सरकारले मानव अधिकारको उल्लंघन गरेको भन्दै ज्ञापनपत्र...

रंगेली घटनामा मृत्यु भएका परिवारलाई २५ हजार किरिया खर्च

Published: January 24, 2016 13:57 PM Related news

बिराटनगर, माघ १० । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ दिने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई तत्त्काल किरिया खर्चवापत २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो । ...

नेपालको संविधान संशोधनको भारतबाट स्वागत

Published: January 24, 2016 16:57 PM Related news

काठमाडौं, माघ १० । नेपालको संविधान संशोधनको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गरी संविधान संशोधनको स्वागत गरेको हो । विज्ञप्तिमा ‘नेपालको संसद्ले पास गरेको दुई संशोधन सकारात्मक विकासको रुपमा हामी सम्मान गछौं र अन्य विषयहरु पनि यसैगरी सम्बोधन गरिनेछ भन्ने हामीलाई विश्वास छ’...

के कारण जल्छ विद्युत ट्रान्सफर्मर ? ६ महिनामा मात्रै ४०६ वटा जले

Published: January 24, 2016 15:09 PM Related news

काठमाडौं, माघ १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा नै समस्या रहेका कारण ट्रान्सफर्मर जलेको पाइएको छ । भारतको अघोषित नाकाबन्दीपछि अत्याधिक भार विद्युत्मा पर्दा मुलुकका विभिन्न स्थानमा बढी मात्रामा ट्रान्सफर्मरमा समस्या आएको, कन्डक्टर र फ्युज तथा केबल समेत...

तीनवटा सवारी साधन ठोक्किँदा २० जना घाईते

Published: January 24, 2016 11:59 AM Related news

चितवन, माघ १० । पृथ्वी राजमार्गस्थित चितवनको दारेचोक–९ फिस्लीङमा आज तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा २० जना घाईते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार चितवनबाट काठमाडौं आउँंदै गरेको ना ४ ख ९८७१ नम्बरको ट्रकलाई सोही...

मिटर बक्स नहुँदा पिग्मेरी गाउँमा बत्ती बलेन

Published: January 24, 2016 11:56 AM Related news

धनकुटा, माघ १० । विद्युतीय लाइन विस्तार भएको सात महिनासम्म पनि धनकुटा नगरपालिका वडा नम्बर ८ पिग्मेरी गाउँमा बिजुली बत्ति बल्न सकेको छैन । प्रति परिवार दश हजारका दरले रकम जम्मा गरेर गाउँमा विद्युत लाइन विस्तार गरेका स्थानीयहरु अहिलेसम्म विद्युत आपूर्ति नहुँदा निराश बनेका छन् नगरपालिका...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell