top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



गैँडामा स्याटलाइट रेडियो कलर जडान

Published: January 23, 2016 09:47 AM Related news

बर्दिया, माघ ९ । बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्ग क्षेत्रमा रहेको गैँडामा शुक्रबार स्याटलाइट रेडियो कलर जडान गरिएको छ । गैँडाको बासस्थान, आहारा र आवागमन थाहा पाउन रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कत्नियाघाट वाइल्डलाइफ सेञ्चुरीअन्तर्गतका सीमामा गैँडा कुन बाटो...

अब मस्तिष्क मृत्यु भएकाको अंग बिरामीमा प्रत्यारोपण गर्न सकिने

Published: January 23, 2016 11:04 AM Related news

काठमाडौं, माघ ९ । मस्तिष्क मृत्यु भएकाहरूको अंगलाई अब बिरामीमा प्रत्यारोपण गर्न सकिने भएको छ । संसद्ले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु भएकाहरूको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको हो । त्यस्ता व्यक्तिको अंग...

नौ महिनामा २६ महिला सम्पर्कविहीन

Published: January 23, 2016 11:52 AM Related news

म्याग्दी, माघ ९ । पहाडी जिल्ला म्याग्दीबाट २०७२ साल वैशाखदेखि पुस महिनासम्मको नौ महिनाको अवधिमा २६ जना महिला हराएका छन् । प्रहरी कार्यालय म्याग्दीमा सम्पर्कविहीन भएका महिलाका आफन्तले खोजी गरिदिन अनुरोध गर्दै दिएको लिखित निवेदनका आधारमा २६ महिला सम्पर्कविहीन भएको जानकारीमा आएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका...

रंगेलीमा प्रशासनले सतर्कता अपनाएन : मानवअधिकार आयोग

Published: January 22, 2016 19:59 PM Related news

काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले मोरङको रंगेली र डायनिया विहीबार भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।आयोगले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन एवं घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।आयोगकी प्रवक्ता मोहना अन्सारीले शुक्रबार...

पत्रकार आचारसंहिता परिमार्जन गरिँदै

Published: January 22, 2016 18:04 PM Related news

काठमाडौं, माघ ८ । पत्रकार आचारसंहिता उल्लंघनकोक्रम झन् बढेको भन्दै प्रेस काउन्सिलले पत्रकारितालाइ मर्यादित बनाउन आचारसंहितामा परिमार्जन गर्ने भएको छ ।युनेस्कोको सहयोगमा देशका विभिन्न स्थानमा अन्तरक्रिया गरी काउन्सिलले सुझावका आधारमा ‘पत्रकार आचारसंहिता–२०७२’ ल्याउने तयारी थालेको हो ।शुक्रबार राजधानीमा भएको...

रंगेली घटनाको विरोधमा जिल्ला–जिल्लामा प्रदर्शन

Published: January 22, 2016 15:59 PM Related news

काठमाडौं, माघ ८ । मोरङको रंगेलीमा विहीबार भएको घटनाको विरोधमा शुक्रबार सप्तरीमा प्रदर्शन भएको छ ।मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने शैक्षिक संस्था र बजार पनि ठप्प छन् ।मोचा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै बजार, पसल र शैक्षिक संस्थाहरु बन्द गराएका हुन् ।...

जन्ती बोकेको जिप र यात्रुबहाक जिप ठोक्किँदा चार गम्भीर घाइते

Published: January 22, 2016 17:17 PM Related news

पाँचथर, माघ ८ । मेची राजमार्गअन्र्तगत् पाँचथरको भारपा–७ स्थित कोपिलेमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा तेह्रथुम संक्रान्ति–६ का चन्द्रबहादुर तामाङ, रमेश तामाङ, रीता तामाङ तथा सुभाङ–३ का रामकुमार तामाङ छन् ।भारपाबाट विवाहको जन्ती लिएर तेह्रथुमको संक्रान्तितर्फ...

रंगेली घटनालाई लिएर संसद बैठकमा आरोप–प्रत्यारोप

Published: January 22, 2016 16:06 PM Related news

काठमाडौं, माघ ८ । रंगेली घटनालाई लिएर संसद बैठकमा आरोप–प्रत्यारोप भएको छ । व्यवस्थापिका संसद्को आज बसेको बैठकमा मधेसी दलका सांसदहरुले मोरङको रंगेलीमा हिजो भएको घटनामा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले नागरिकको स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको...

बजारमा नक्कली नोट रहेको आशंकामा प्रहरीद्वारा अपिल जारी, सावधानी अपनाउन आग्रह

Published: January 22, 2016 13:05 PM Related news

रौतहट, माघ ८ । जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाली नोटको कारोबार गर्दा विशेष सतर्कता अपनाउन अपिल गरेको छ । प्रहरीले नक्कली नोटको कारोबार गर्ने सङ्गठित गिरोहले जिल्लाका विभिन्न भागमा नेपाली नक्कली नोट पुर्‍याएको भन्दै सर्वसाधारण, व्यापारीसहितलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो । ...

संविधान संशोधन प्रस्तावमाथि छलफल जारी

Published: January 22, 2016 12:34 PM Related news

काठमाडौं, माघ ८ । व्यवस्थापिका संसद्को बैठक जारी छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संविधान संशोधन विधेयकमाथि सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा छलफल भइरहेको छ । प्रमुख तीन दलको सहमतिमा सरकारले संसदमा दर्ता गरेको विधेयक र त्यसमाथि सांसदहरुले हालेका संशोधन प्रस्तावमा हिजोदेखि छलफल शुरु...

रंगेली घटनाबारे छानविन गर्न सांसद मण्डलको नेतृत्वमा समिति गठन

Published: January 22, 2016 12:16 PM Related news

विराटनगर, माघ ८ । रंगेली घटनाबारे छानविन गर्न एकीकृत माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन भएको छ । आज जिल्ला प्रशासन कार्यालय मोरङमा भएको मधेसी मोर्चा बाहेकका राजनीतिक दल सम्मिलित सर्वदलीय, सर्वपक्षीय बैठकले मोरङ क्षेत्र नम्बर ४ का निर्वाचित सांसद मण्डलको संयोजकत्वमा छानविन समिति गठन गरेको...

रंगेलीमा सशस्त्र प्रहरीको बेस क्याम्प तोडफोड

Published: January 22, 2016 14:09 PM Related news

विराटनगर, माघ ८ । मोरङको रंगेलीमा शुक्रबार बिहानदेखि पुनः तनाव बढेको छ । हिजो प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आक्रोसित मधेसी मोर्चाका कार्यकर्ताहरु शुक्रबार बिहानदेखि तोडफोड र प्रदर्शनमा उत्रिएका हुन् । स्थानीय प्रशासनले शुक्रबार बिहानदेखि कर्फ्यु हटाएको थियो । कर्फ्यु हटेसँगै प्रदर्शनकारीहरु सडकमा उत्रिएर...

धादिङका चेपाङको मुहारमा यसरी छायो खुशी (भिडियो)

Published: January 22, 2016 11:49 AM Related news

नवराज छतकुल्ली -धादिङ, माघ ८ । कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालभित्र एकसरो कपडाको भरमा रात कटाउँदै आएका धादिङको पीडा गाविसस्थित स्यामेडाँडाका चेपाङ समुदाय यतिखेर खुसीले गद्गद् छन् । जाडो छेक्ने एक सरो कपडासमेत नभएका उनीहरु सुत्नका लागि सिरक र डस्ना पाएपछि खुसी भएका हुन् । घरहरु भुकम्पले भत्किएपछि त्रिपालमुनी...

मोर्चाका कार्यकर्ताद्वारा जनकपुरमा आमहडताल

Published: January 22, 2016 13:19 PM Related news

जनकपुरधाम, माघ ८ । मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार बिहानैदेखि धनुषामा आमहडताल आह्वान गरेका छन् । आमहडतालका कारण जनकपुर र आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि सहज भएको जनजीवन आमहड्तालका कारण आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार,...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell