top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive



डीजेपीएलले ‘दिव्यम डिभिजन’ स्थापना गर्ने, १० करोड लगानी थपिने

Published: January 27, 2016 19:46 PM Related news

काठमाडौं, माघ १३ । देउराली–जनता फर्मास्यूटिकल्सले अति आवश्यकीय औषधिमा स्वदेशी उत्पादन बढाइ आत्मनिर्भरता उन्मुख हुने लक्ष्यकासाथ १० करोड रुपैयाँ लगानी थप गरी ‘दिव्यम डिभिजन’ स्थापना गर्ने भएको छ ।कम्पनी स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर कम्पनीमै १० करोड लगानी विस्तार गरी दिव्यम डिभिजन स्थापना गर्न लागेको होे ।...

क्लियरिङ बैंक थप गर्ने व्यवस्था गर्न निर्देशन

Published: January 27, 2016 19:45 PM Related news

काठमाडौं, माघ १३ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई क्यिरिङ बैंक थप गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।बोर्डले बुधबार विज्ञप्ति जारी गरी हाल कारोबारको आकार उल्लेख्यरुपमा बढेको र सेवासमेत विस्तार भएको परिप्रेक्षमा क्यिरिङ बैंक थप गर्ने व्यवस्था गर्न निर्देशन दिएको जनाएको हो ।२०५०...

सुनको मूल्य उकालो लाग्दै, ५१ हजार ३ सय पुग्यो

Published: January 27, 2016 19:26 PM Related news

काठमाडौं, माघ १३ । सुनको मूल्य उकालो लाग्नेक्रम विहीबार पनि जारी रह्यो ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार पनि ६ सयले बढेर ५० हजार ९ सय रुपैयाँमा आइपुगेको थियो ।...

शेयर बजार ऋणात्मक

Published: January 27, 2016 19:23 PM Related news

काठमाडौं, माघ १३ । बुधबार पनि शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।उतार–चढावबीच बजार परिसूचक नेप्से करिब डेढ अंकले ऋणात्मक रही १२ सय १६ दशमलव नौ छ कायम भएर थामियो । कारोबार भएका मध्ये बढिजसो समूह रातो रहेसँगै नेप्से रातो रहन गएको हो ।यसदिन जलविद्युत्, बीमा, अन्य र वाणिज्य बैंक समूह ओरालो लागे । जलविद्युत् समूह सबैभन्दा...

२५ जिल्लामा गरिब परिचयपत्र बाँडिने

Published: January 27, 2016 18:56 PM Related news

काठमाडौं, माघ १३ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न २५ जिल्लामा गरिब नागरिकको पहिचान गरी गरिब परिचयपत्र वितरण गर्ने भएको छ ।मन्त्रालयका अनुसार घर समन्वय बोर्डमार्फत् विभिन्न २५ जिल्लामा गरिब पहिचानका लागि काम अगाडि बढाइसकेको छ । उनीहरुका लागि सामाजिक सुरक्षण कार्यक्रम सन्चालन गर्ने तयारी भइरहेको छ ।मन्त्रालयले अहिलेसम्म...

तीन वर्षभित्र देशलाई अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक

Published: January 27, 2016 16:02 PM Related news

काठमाडौं, माघ १३ । पशुपंक्षी विकास मन्त्रालयले तीन वर्षभित्र नेपाललाई अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अन्डामा एक वर्ष, मासुमा दुई वर्ष र दूधमा तीन वर्षभित्र आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको हो ।मन्त्रालयले पशुपंक्षी र पशुजन्य पदार्थको खरिद–बिक्री,...

बंगुरपालन बाट मासिक २० हजार आम्दानी

Published: January 27, 2016 10:06 AM Related news

रोल्पा, माघ १३ । रोल्पा जंकोटका जगवीर पुनले सुरु गरेको व्यवसायिक बंगुरपालन जिल्लाकै लागि उदाहरणीय बनेको छ । बंगुरपालन व्यवसायबाट मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न पुन सफल भएसँगै जिल्लाका अन्य किसानसमेत आकर्षित बनेका हुन् । बंगुर पालन व्यवसायलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकियो भने थोरै लगानीमा पनि गाउँमै...

हेवा खोला ‘ए’ जलविद्युतको काम चार महिना पछि सर्‍यो

Published: January 27, 2016 09:57 AM Related news

पाँचथर, माघ १३ । पाँचथरको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको काम चार महिना पछि सरेको छ । लामो समयदेखिको तराई बन्दका कारण इन्धन अभाव भएपछि १५ मेगावाट क्षमताको आयोजनाको काम चार महिना पछि सरेको हो । निर्माण कार्य अन्तिम चरणमा पुगेको परियोजना चैत मसान्तमाल मात्र सकिने आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका...

रक्सौल नाकाबाट आयात बढ्यो

Published: January 27, 2016 12:13 PM Related news

वीरगञ्ज, माघ १३ । वीरगञ्ज–रक्सौल नाका नखुले पनि धर्नास्थल हुँदै नेपालतर्फ विभिन्न सामान आयात हुने क्रम बढेको छ । वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा नाका ठप्प पार्दै आएका मधेसी मोर्चाको कार्यकर्ताको संख्या घटेपछि सामान आयात बढ्न थालेको हो । आयात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुलीसमेत बढेको छ । व्यापारीहरुले...

भन्सारमा मंगलबारदेखि ‘आसिकोडा वल्र्ड’ लागू, निजी क्षेत्रबाट स्वागत्

Published: January 27, 2016 07:57 AM Related news

काठमाडौं, माघ १२ । मंगलबारदेखि भन्सारमा स्वचालित भन्सार सूचना प्रणाली ‘आसिकोडा वल्र्ड’ लागू भएको छ ।भन्सारमा यसअघि आसिकोडा लागू हुँदै आएको नयाँ प्रविधि आसिकोडा वल्र्ड लागू गरिएको हो ।६४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मेची भन्सारमा ‘आसिकोडा वल्र्ड’ लागू गरिएको हो ।भन्सार विभागले...

एनसेललाई पब्लिक कम्पनीमा लैजान सरकारलाई निर्देशन

Published: January 26, 2016 19:36 PM Related news

काठमाडौं, माघ १२ । व्यवस्थापिका–संसदको विकास समितिले निजी क्षेत्रको दूरसन्चार सेवा प्रदायक एनसेललाई पब्लिक कम्पनीमा लैजान सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलबार बसेको बैठकले ८० प्रतिशत विदेशी लगानीमा सन्चालित एनसेललाई पब्लिक लिमिटेड कम्पनीमा लैजान सरकारलाई निर्देशन दिएको हो ।समितिले सूचना तथा सन्चार मन्त्रालय, उद्योग...

सुनको मूल्य बढ्यो

Published: January 26, 2016 19:27 PM Related news

काठमाडौं, माघ १२ । पछिल्ला दिन उतार–चढाव रहँदै गरेको सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर ५१ हजार रुपैयाँनजिक पुग्यो ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर ५० हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार १ सयले बढेर...

शेयरमा गिरावट

Published: January 26, 2016 19:25 PM Related news

काठमाडौं, माघ १२ । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य गिरावट आयो ।उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले ऋणात्मक रहेर १२ सय १८ मा थामियो । विकास बैंक र अन्यबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।होटल, बीमा, जलविद्युत्, वाणिज्य बैंक र वित्त समूह रातो रहेका हुन्...

भेरी नदीमा सुन खोजीरहेको चिनियाँ टोलीलाई प्रमाणपत्रसहित आउन आदेश

Published: January 26, 2016 16:35 PM Related news

जाजरकोट, माघ १२ । सुनको सम्भाव्यता गरिहेको धर्मश्री माइन नामक चिनियाँ कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्रसहित आउन आदेश दिएको छ ।भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुनखानीको चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि उत्खनन्को काम गरिरहेको छ ।सम्भाव्यताको काम गरिहेको टोलीलाई प्रमाणपत्रसहित...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell