top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



राष्ट्रिय वाणिज्य बैंकले मनायो ५१ औं वार्षिकोत्सव

Published: January 24, 2016 19:37 PM Related news

काठमाडौं, माघ १० । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५१औं वार्षिकोत्सव मनाएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । २०६० सालमा २३ अर्ब ५६ करोड कुल संचित नोक्सानी व्यहोरेको बैंक २०७२ पौषसम्ममा संचित नोक्सानी १ अर्ब भन्दा तल झार्न सफल भएको छ । बैंक चालु आर्थिक...

नवलपरासीमा पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेलाको तयारी

Published: January 24, 2016 19:48 PM Related news

हरि शर्मा -नवलपरासी, माघ १० । ‘एक गाउँ, एक उत्पादन’ अभियानको उत्साहलाई बढावा दिई राष्ट्रियस्तरका उत्पादनहरुको बजार प्रबर्द्धन गर्ने उद्देश्यसहित नवलपरासीमा दोस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला आयोजना हुँदैछ । उद्योग वाणिज्य संघ नवलपरासीले परासीको सुनवलमा माघ २९ देखि फागुन ११ सम्म उक्त मेला गर्न लागेको हो । मेलाको तयारी तीब्र...

शेयर बजरमा फेरि नयाँ रेकर्ड, नेप्से १२१९ पुग्यो

Published: January 24, 2016 18:56 PM Related news

काठमाडौं, माघ १० । आइतबार शेयर बजार परिसूचक नेप्सेले पुनः नयाँ उचाईको रेकर्ड कायम गर्‍यो । शेयर बजार पूर्ण रुपमा अटोमेसनतर्फ लागेसँगै राजनीतिक अस्थिरताका बाबजुद पनि बजार सुधारतर्फ लागेको विश्लेषण गरिएको छ । शनिबार दलहरुबीचको सहमतिका आधारमा संविधान संशोधन भएकोमा भारतले स्वागत गरेसँगै लगानीकर्ता थप उत्साहित भएको...

पर्यटकको संख्या घटेपछि हलेसी मन्दिर सुनसान बन्दै (भिडियो रिपोर्ट)

Published: January 24, 2016 14:28 PM Related news

युवराज रोइला -खोटाङ, माघ १० । कुनै बेला आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने खोटाङको हलेसी मन्दिर बैशाख यता सुनसान बनेको छ । बैसाख १२ गते गएको भूकम्प र त्यसपछि भएको लगातारको तराई बन्दका कारण यहाँ पुग्ने पर्यटकको संख्यामा गिरावट आएको हो । हलेसी मन्दिरमा पूजाआजा गर्न र मेला भर्न आउने दर्शनार्थीहरुको संख्यामा...

न्यानो कपडा किन्न पच्चीस करोड वितरण

Published: January 24, 2016 12:30 PM Related news

भक्तपुर, माघ १० । जिल्ला प्रशासन कार्यालयले छ वटा नगरपालिकामार्फत भूकम्पपीडितलाई न्यानो कपडा किन्न रु २५ करोड ३१ लाख ५० हजार वितरण गरेको छ । भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका २५ हजार ३१५ परिवारलाई रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका निमित्त प्रजिअ शिवराज जोशीले जानकारी दिए । ...

सामाजिक सुरक्षा र बैदेशिक रोजगार कल्याणकारी कोषमा कति छ रकम ?

Published: January 24, 2016 12:10 PM Related news

काठमाडौं, माघ १० । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बैदेशिक रोजगार कल्याणकारी कोष र सामाजिक सुरक्षा कोष संचालनको विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । कोषको वर्तमान अवस्था र यसलाई सुधार गर्नेबारे समितिले श्रम तथा रोजगार मन्त्री, उद्योग मन्त्री, अर्थ सचिव, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि र...

नयाँ वर्षदेखि काठमाडौंमै केबलकार, चन्द्रागिरीमा यस्तो छ तयारी (फोटोफिचर)

Published: January 24, 2016 10:56 AM Related news

काठमाडौं, माघ ९ । काठमाडौंको थानकोटबाट रमणीय डाँडा चन्द्रागिरीसम्म पुग्ने केबलकार आगामी नयाँ वर्षदेखि सन्चालनमा आउने भएको छ ।केबलकार सन्चालनका लागि आवश्यक ठूला भौतिक संरचना निर्माणको काम करिब सकिएको र वैशाख १ देखि सन्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको हो ।आइएमइ गु्रप, भाटभटेनी गु्रप, शेयर लगानीकर्ता अम्बिकाप्रसाद...

मनाङमा युवाहरु सामूहिक चौंरीपालनमा, २३ लाख लगानी

Published: January 23, 2016 19:48 PM Related news

मनाङ, माघ ९ । मनाङमा पर्यटन प्रवद्र्धनको साथै जीविकोपार्जनका लागि सामूहिक चौंरीपालन सुरु गरिएको छ ।मनाङको अपर पिसाङका लालु गुरुङ र उनका ८ जना युवा साथी मिलेर सामूहिक चौंरीपालन सुरु गरेका हुन् ।हिमाली आयोजनाको १८ लाख ३९ हजार ८ सय ४० रुपैयाँ अनुदान सहयोग र आफ्नो ४ लाख ५९ हजार ९ सय ६० रुपैयाँ लगानीमा चौंरीपालन सुरु गरेको गुरुङले...

पर्यटक आकर्षित गर्न सामूहिक चौंरी पालन

Published: January 23, 2016 08:31 AM Related news

लमजुङ, माघ ९ । मनाङमा पर्यटन प्रवद्र्धनको साथै जिविकोपार्जनका लागि सामूहिक चौंरी पालन सुरु गरिएको छ । मनाङको अपर पिसाङका लालु गुरुङ र उनका आठजना युवा साथीहरु मिलेर सामूहिक चौंरी पालन सुरु गरेका हुन् । हिमाली आयोजनाको १८ लाख ३९ हजार ८ सय ४० रुपैयाँ अनुदान सहयोग र आफ्नो ४  लाख ५९ हजार ९ सय ६० रुपैयाँ लगानीमा...

पारस शाहले गरे मोबाइल एक्सपोको उद्घाटन (भिडियो)

Published: January 22, 2016 20:00 PM Related news

काठमाडौं, माघ ८ । शुक्रबारदेखि ललितपुर मलमा मोबाइल एक्सपो सुरु भएको छ ।‘छुटैछुट र उपहारै उपहारको मोबाइल एक्सपो’ नारासहित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको मेलाको शुक्रबार पूर्वयुवराज पारस शाहले उद्घाटन गरे ।४० भन्दा बढी मोबाइल पसल रहेको मलमा नेपालमा पाइने सबैजसो ब्रान्डका उत्पादन रहेका छन् । मेला १६ गतेसम्म...

‘पूँजी बजारमा देखिएका समस्या समाधान गर्न बोर्ड प्रतिबद्ध’

Published: January 22, 2016 19:42 PM Related news

काठमाडौं, माघ ८ । धितोपत्र बोर्डले पूँजी बजारमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्न बोर्ड क्रियाशील रहेको जनाएको छ ।पूर्ण ‘डिम्याट’ कारोबार सुरु भएपछि यससँग जोडिएका विषयमा छलफल गर्न बोर्डले शुक्रबार गरेको अन्तरक्रियामा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नियामक निकायका हैसियतले बोर्ड यस क्षेत्रमा देखिएका समस्या समाधान...

बीमाप्रति किसान आकर्षित

Published: January 22, 2016 11:01 AM Related news

तेह्रथुम, माघ ८ । तेह्रथुममा पहिलो पटक बीमा कम्पनीले शाखा बिस्तार गरेर सेवा दिन थालेपछि बाली र पशुपन्छीको बिमा गर्र्न किसानहरु उत्साहित भएका छन् । निर्जीवन बिमा कम्पनी दि ओरिन्टियल इन्स्योरेन्स कम्पनीले एक महिनाअघि जिल्लामा शाखा बिस्तार गरेर पशु तथा बाली बिमासम्बन्धी जानकारी गराएपछि किसानहरु बीमा गराउन उत्साहित...

‘सामाजिक उद्यमशीलता’ सार्वजनिक

Published: January 21, 2016 17:33 PM Related news

काठमाडौं, माघ ७ । नेपाली कांग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा लिखित ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तकको विहीबार विमोचन गरिएको छ ।प्रजातान्त्रिक वन प्राविधिक संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सो पुस्तकको विमोचन गरेका हुन् ।पुस्तकको विमोचन गर्दै पौडेलले श्रम शक्तिको पलायन...

वीरगन्जमा ३३ अर्ब राजश्व गुम्यो, दुईहजार उद्योग बन्द(भिडियो)

Published: January 21, 2016 15:14 PM Related news

वीरगन्ज, माघ ७ । मधेसी मोर्चाको आन्दोलनका कारण वीरगन्ज–रक्सौल नाका ठप्प भएको चार महिना वितिसकेको छ । सिमा नाकामा धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून हुँदै गए पनि नाका खोल्ने प्रयास कतैबाट भएको छैन । सिमा नाका ठप्प हुँदा वीरगन्ज–पथलैया करिडोरका दुई हजारभन्दा बढी उद्योग बन्द भएका छन् । संयुक्त मधेशी...

डडेल्धुराका कृषक बीउबिजन निर्यात गर्दै

Published: January 21, 2016 11:00 AM Related news

डडेल्धुरा, माघ ७ । डडेल्धुराका किसान बीउ निर्याततर्फ लागेका छन् । जिल्ला कृषक सहकारी संस्था लिमिडेटले डडेल्धुराका किसानलाई निःशुल्क मूल बीउ वितरण गरी त्यसबाट उत्पादित बीउ आफैंले किन्न थालेपछि यहाँका किसान बीउ निर्याततर्फ लागेका हुन् । जिल्ला कृषक सहकारी संस्थाले घरघरमै गएर बीउ खरिद गरेपछि बजारको समेत समस्या हटेको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell