top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive



निजगढ विमानस्थलको काम छिटो सक्न सरकारलाई निर्देशन

Published: January 17, 2016 12:22 PM Related news

काठमाडौं, माघ ३ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले विभिन्न वहानामा विमानस्थल निर्माण कार्य अबरुद्ध गर्न नपाईने भन्दै यसलाई जतिसक्तो छिटो प्रक्रिया...

लाखौँका देशी तथा विदेशी गाडी कुहिँदै

Published: January 17, 2016 09:28 AM Related news

गौशाला, माघ ३ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित भूमिगत जलस्रोत विकास समितिको कार्यालयमा लाखौँ रुपैयाँका गाडी कुहिरहेको अवस्थामा छन् ।महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त कार्यालयका रुपमा रहेको सो कार्यालयको परिसरमा एक दर्जनभन्दा बढी महँगा देशी तथा विदेशी गाडी त्यसै थन्किरहेका छन् । सो कार्यालय परिसरको...

भूकम्पलेभन्दा नाकाबन्दीले अर्थतन्त्र धरासायी बनायो : डा. महत

Published: January 16, 2016 19:40 PM Related news

काठमाडौं, माघ २ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले भूकम्पलेभन्दा भारतको नाकाबन्दीले मुलुकको अर्थतन्त्र धरासायी बनाएको बताएका छन् ।संविधान जारीपछि नेपालले कल्पनासमेत नगरेको नाकाबन्दीको समस्या भोग्न बाध्य भएको उनको भनाइ थियो ।एसिया जर्नालिस्ट एसोसिएसन नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वमन्त्री महतले नाकाबन्दीकै...

महासंघबाट पूर्वअर्थमन्त्री डा. महत सम्मानित

Published: January 16, 2016 19:39 PM Related news

काठमाडौं, माघ २ । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई सम्मान गरेको छ ।महासंघले बेलायती पत्रिका ‘द बैंकर’बाट सम्मानित भएको अवसर पारेर पूर्वअर्थमन्त्री डा. महतलाई सम्मान गरेको हो ।डा. महतलाई सम्मान गर्दै महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्पपछिको पुनःनिर्माणका लागि विकास साझेदारबाट...

नाकाबन्दीले हाते कागज निर्यात्मा असर

Published: January 16, 2016 19:37 PM Related news

काठमाडौं, माघ २ । हाते कागज व्यवसायीहरुले नाकाबन्दीका कारण नेपाली हाते कागजको निकासीमा गिरावट आएको बताएका छन् ।नेपाल हाते कागज संघको शनिबार काठमाडौंमा सम्पन्न १३औं वार्षिक साधारणसभामा व्यवसायीहरुले भूकम्पपछि पनि हाते कागजको माग आएको तर नाकाबन्दीका कारण निर्यात् गर्न नसकेको बताएका हुन् ।उनीहरुले नाकाबन्दीका कारण हाते कागज निर्यात्मा...

नेपाल एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छनोट

Published: January 16, 2016 17:36 PM Related news

काठमाडौं, माघ २ । एसियाली पूर्वाधार विकास बैंकको सन्चालक समितिको सदस्यमा नेपाल चयन भएको छ ।चीनको राजधानी बेइजिङमा जारी बैंकको बैठकबाट नेपाल सन्चालक समितिको सदस्यमा छानिएको हो । सन्चालक समितिमा एसियाबाट नौ र एसियाबाहेकका मुलुकबाट दुई देश बैंकको सन्चालक समितिमा छानिएका हुन् ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जारी गरेको...

साउदी अरबसँग छिट्टै श्रम सम्झौता हुने

Published: January 16, 2016 15:54 PM Related news

साउदी अरब, माघ २ । नेपाल र साउदी अरबबीच छिट्टै श्रम सम्झौता हुने भएको छ ।रियादमा भएको दुई देशबीचका प्रतिनिधिमन्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिमरुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो ।श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली र साउदीको डेपुटी मिनिस्टरस्तरीय वार्ताले...

१९ करोडको लागतमा फिदिम–फालोट मोटरबाटो

Published: January 17, 2016 09:31 AM Related news

पाँचथर, माघ २ । हिउँदको समयमा मात्रै सवारी साधन संचालन हुनेभएपछि पाँचथरको सदरमुकाम फिदिम देखि सीमावर्ती गाविस प्राङबुङ सम्म जोडिने फिदिम–फालोट सडकको स्तरोन्नित थालिएको छ । बाह्रैमास सडकमा सवारी साधन संचालन गर्ने उदेश्यले अहिले सडकको स्तरोन्नितिलाई तिव्रता दिइएको हो । वर्षादको समयमा सडक संचालनमा आउन नसकेपछि...

वगरमै ब्यवसायीक माछा पालन

Published: January 16, 2016 10:59 AM Related news

धनकुटा, माघ २ । धनकुटामा खोलाको वगरमै ब्यवसायीक रुपमै माछा पालन हुन थालेको छ । केहि बर्ष अघि सम्म प्रयोगबिहिन अबस्थामा रहेका धनकुटा लेउति, बाख्रे तथा पात्ले खोलाका बिभिन्न स्थानमा ब्यवसायीक रुपमा माछा पालन सुरु गरिएको हो । थोरै मेहनतमा धेरै आम्दानी हुने भएपछि पानीको पर्याप्त सुबिधा भएका खोलाका बगर क्षेत्रमा कृषकहरुले...

पुनःनिर्माणमा आवश्यक सबै सहयोग गर्न इयु तयार : राजदूत

Published: January 16, 2016 07:32 AM Related news

काठमाडौं, माघ १ । नेपालका लागि युरोपियन युनियनकी राजदूत रेन्से टिरिङ्कले भूकम्पपछिको पुनःनिर्माणका लागि इयुले थप सहयोग गर्ने बताएकी छन् ।शुक्रबार राजधानीमा मिडिया प्लसले गरेको कार्यक्रममा राजदूत टिरिङ्कले पुनःनिर्माण तथा विकासका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएकी हुन् ।उनले युरोपियन क्षेत्रमा नेपाली वस्तुको सहज बजार...

सुनको भाउ स्थीर

Published: January 15, 2016 19:21 PM Related news

काठमाडौं, माघ १ । पछिल्ला दिन उतार–चढाव रहँदै गरेको सुनको भाउ शुक्रबार भने स्थीर रह्यो ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ४९ हजार ७ सय रुपैयाँमा स्थीर रहेको नेपालसुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार चाँदीको भाउ पनि तोलाको ६ सय ८० रुपैयाँमा स्थीर रह्यो ।...

एक वर्षभित्रै लोडसेडिङ अन्त्य हुन्छ : उपप्रम रायमाझी

Published: January 16, 2016 07:49 AM Related news

पर्वत, माघ १ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् ।शुक्रबार पर्वतको कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उर्जामन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई ‘फास्ट ट्रयाक’बाट सम्पन्न गरेर एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने बताएका हुन् ।...

पूर्वाधार विकासमा वन्यजन्तु आरक्षण संरक्षणमा जोड

Published: January 14, 2016 19:38 PM Related news

काठमाडौं, पुस ३० । पूर्वाधार विकास गर्दा वन्यजन्तु आरक्षण संरक्षणमा पनि ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।विकास निर्माणको कार्य आरक्षण क्षेत्रमा पनि परेको भन्दै वन्यजन्तु संरक्षणमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइएको छ । जलस्रोत विकास संस्थाको विहीबार राजधानीमा सम्पन्न १६औं वार्षिक साधारणसभामा यस्तो जोड दिइएको हो ।...

कुमारी–एनसीसी बैंक मर्जगर्ने समझदारी

Published: January 14, 2016 19:37 PM Related news

काठमाडौं, पुस ३० । कुमारी बैंक र एनसीसी बैंकबीच एकीकरण हुने भएको छ ।दुई बैंकसँगै एनसीसी बैंकले भित्र्याउन लागेको चारओटा वित्तीय संस्थाबीच हालै मर्जरसम्बन्धी समझ्दारीपत्रमा हस्ताक्षर भएको हो ।एनसीसी बैंकले यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, इन्टरनेसनल डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट र सुप्रिम डेभलपमेन्ट बैंकसँग मर्जरको समझदारी...

उद्योगी–व्यवसायीका लागि राष्ट्र बैंकले ल्यायो राहत प्याकेज

Published: January 15, 2016 07:15 AM Related news

काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकले सक्रिय ऋणीहरुका लागि सहुलियत प्याकेज ल्याएको छ ।केन्द्रीय बैंकले विहीबार निर्देशन जारी गर्दै भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण समस्यामा परेका उद्योगी–व्यवसायीलाई ऋण तिर्ने अवधिमा विशेष राहत प्याकेज सार्वजनिक गरेको हो ।राष्ट्र बैंकले उद्योग–व्यवसायमा प्रवाह गरिएको...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell