| Sports News | Image Khabar  top
ImageKhabar
शनिबार, 2 भदौ, 2075 Saturday, August 18, 2018

ImageKhabar Archive



आहा रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी र झापा ११ भिड्ने

Published: January 28, 2016 09:31 AM Related news

काठमाडौं, माघ १४ । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा आज मनाङ मस्र्याङ्दी क्लवले झापा ११ सँग खेल्नेछ । क्वार्टरफाइनलमा भारतको गोर्खा ब्रिगेडलाई हराएर मनाङ्ग तथा बंगलादेशी क्लबलाई हराउँदै झापा सेमिफाइनलमा पुगेका हुन् । मनाङ र झापाविच आज हुने सेमिफाईनल खेल विजेताले उपाधिको...

विश्वकप क्रिकेटमा नेपाल र न्युजिल्याण्ड मैदानमा

Published: January 28, 2016 10:25 AM Related news

काठमाडौं, माघ १४ । बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा अहिले नेपाल र न्यूजिल्याण्ड खेलिरहेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल अहिले मैदानमा छ । नेपालले सन् २००६ मा न्यूजिल्याण्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो । नेपालले विभिन्न संस्करणमा...

एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी फाईनलमा

Published: January 28, 2016 07:39 AM Related news

काठमाडौं, माघ १४ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी क्यापिटल वान कप अर्थात इङ्गलिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो लेगको खेलमा एभर्टनसँग २-१ ले पराजित सिटीले बुधबार राती आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल ३-१ ले जित्दै समग्रमा ४-३ को नतिजाको साथ फाईनलमा ठाँउ बनाएको हो । ...

अन्तिम समयमा आयोजक जिल्ल ! आर्मी फाइनलमा

Published: January 27, 2016 18:33 PM Related news

पोखरा, माघ १३ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै आर्मीले फाइनलमा ठाउँ पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेलमा दुबैतर्फ गोल नभएपछि थपिएको २० मिनेटको समयमा सन्तोष तामाङ र दीप लामाले गोल गर्दै...

विश्वकपमा फिजीको कन्तबिजोग !

Published: January 27, 2016 16:48 PM Related news

काठमाडौं, माघ १३ । इंग्ल्यान्डले बंगलादेशमा सुरु भएको यु–१९ विश्वकप क्रिकेटमा शानदार सुरुआत गरेको छ ।बुधबार चट्गाउँमा भएको खेलमा इंग्ल्यान्डले फिजीलाई २ सय ९९ रनको फराकिलो अन्तरले हरायो ।पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले...

बंगलादेशको विजयी सुरुआत, दक्षिण अफ्रिका हार्दा स्मिथको शतक खेर

Published: January 27, 2016 16:21 PM Related news

काठमाडौं, माघ १३ । बंगलादेशमा सुरु भएको यु–१९ विश्वकप क्रिकेटमा आयोजक टिमले विजयी सुरुआत गरेको छ ।बुधबार चट्गाउँमा भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले हरायो ।पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा २ सय ४० रन बनायो । नजमुल हुसेन शान्तोले ७३ रन बनाएको इनिङमा दक्षिण अफ्रिकाका विआन मुल्दरले ३ विकेट लिए...

आहा रारा गोल्डकपमा सेमिफाइनलका खेलहरु सुरु

Published: January 27, 2016 13:47 PM Related news

पोखरा, माघ १३ । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजदेखि हुँदैछन् । पोखरा रंगशालामा आज हुने पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लवले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । क्वाटरफाइनलमा भारतको सिक्कीम युनाईटेड फुटबल क्लवलाई २–० ले हराउँदै सहारा क्लव सेमिफाइनलमा पुगेको थियो...

विश्वकप क्रिकेट आजदेखि बंगलादेशमा सुरु हुँदै, नेपालले न्युजिल्याण्डसँग खेल्ने

Published: January 27, 2016 08:24 AM Related news

काठमाडौं, माघ १३ । अन्डर नाईन्टिन विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्ने छ । त्यसैगरी आजै हुने अर्को खेलमा इङ्ल्यान्ड र फिजि भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेलमा भोली(बिहीबार) न्यूजिल्याण्डको सामना गर्नेछ । ...

एन्फासम्बन्धी प्रतिवेदन राखेपलाई पेश, कर्माछिरिङलाई उपाध्यक्षमा कायम राख्न सुझाव

Published: January 26, 2016 17:25 PM Related news

काठमाडौं, माघ १२ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले राखेपलाई ७ बुँदे सुझावपत्र पेश गरेको छ ।पछिल्लो समय ‘म्याच फिक्सिङ’, गणेश थापामाथि फिफाले गरेको प्रतिबन्धलगायतका घटनाहरु सार्वजानिक भएपछि राखेपले एन्फाका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय छानबिन तथा सुझाव...

झापा–११ सेमिफाइनलमा, आहा–रारा फुटबलको सेमिफाइनल समीकरण पूरा

Published: January 26, 2016 18:36 PM Related news

अपडेटःपोखरा, माघ १२ । बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै झापा–११ पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।यससँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै चार टोलीको टुंगो लागेको छ ।यसअभि भएका क्वार्टरफाइनल...

क्यानका दुवै समितिलाई सर्वोच्चले बोलायो

Published: January 26, 2016 10:14 AM Related news

काठमाडौं, माघ १२ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेपाल क्रिकेट सङ्घ (क्यान)को तदर्थ समिति गठनबारे कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानान्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले राखेपले क्यानको निर्वाचित समितिलाई काम नदिई अर्को तदर्थ समिति गठन गरेकोमा कारण देखाउ आदेश जारी गरेको...

पोखरामा चैत ३ गते ‘हिमालयन रस ट्राइएथलन’

Published: January 25, 2016 19:13 PM Related news

काठमाडौं, माघ ११ । साहसिक खेल पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश दिन चैत ३ गते पोखरामा ‘हिमालयन रस ट्राइएथलन’ खेल प्रतियोगिता आयोजना गरिने भएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्र र नेपालबाटसमेत गरी १ सय २० बढी स्पर्धीले प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।...

नेपाल श्रीलंकासँग ६५ रनले पराजित

Published: January 25, 2016 17:21 PM Related news

अपडेटःकाठमाडौं, माघ ११ । यु–१९ विश्वकप क्रिकेटको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ ।पहिलो खेलमा पाकिस्तानसँग १ सय १० रनले पराजित भएको नेपाल दोस्रो खेलमा सोमबार श्रीलंकासँग ६५ रनले हार्‍यो ।श्रीलंकाविरुद्ध २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा १ सय ६५ रनमा अलआउट...

थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

Published: January 25, 2016 19:45 PM Related news

अपडेटःपोखरा, माघ ११ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।सोमबार भएको क्वार्टरफाइनलमा राष्ट्रिय लिगको प्रतिद्धन्द्धी थ्रीस्टार क्लबलाई १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीलाई जिताउनेक्रममा म्यान अफ द म्याच दीप लामाले ३०औं मिनेटमा...

चेल्सीले आर्सनललाई हरायो, स्वान्सी सिटी पनि विजयी

Published: January 25, 2016 07:38 AM Related news

काठमाडौं, माघ ११ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई १–० ले हराएको छ । आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई महत्वपूर्ण जित दिलाउन डिएगो कोष्टाले २३ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि आर्सनलका डिफेन्डर पर माटेसाकर रातो कार्ड खाई मैदानबाट बाहिरीएपछि घरेलु टोली १० जनामा...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell