top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive



इण्डियन प्रिमियर लिग

Published: April 13, 2011 09:21 AM Related news

इण्डियन प्रिमियर लिग आईपिएल ट्वान्टि–ट्वान्टि क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । भारतको जयपुरमा हुने पहिलो खेलमा राजस्थान रोयल्सले देल्ली डेयर डेभिल्सको सामना गर्नेछ । त्यसैगरी, बैंङलोरमा हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंङलोरले मुम्बई इण्डियन्ससँग भिडने छ ।इण्डियन प्रिमियर लिग आईपिएल ट्वान्टि–ट्वान्टि क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातीको खेलमा...

इङ्गलिश र स्पेनिश फुटबल फाइनल

Published: April 12, 2011 13:31 PM Related news

इङलिस प्रीमियर लिग फुटबल अन्तर्गत गएरातिका खेलमा आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्लाकपुललाई ३-१ ले हरायो । यसैगरी एस्टन भिल्लाले न्यु कासल युनाइटेडलाई १-० ले पराजित गर्‍यो । यो जीतसँगै ३१ खेलबाट ६२ अंक बटुल्दै आर्सनल लिग तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट चेल्सी ५८ अंकका साथ तेस्रो स्थानमा छ । ३२ खेलबाट ६९ अंक जोडेको म्यानचेष्टर युनाइटेड लिग...

अष्ट्रेलिया बंगलादेश क्रिकेट

Published: April 12, 2011 13:21 PM Related news

अष्ट्रेलियन ब्याट्सम्यान शेन वाट्सनले एक दिवसीय क्रिकेटको एकै इनिङ्गमा सबैभन्दा बढी छक्का हान्ने कीर्तिमान रचेका छन् । बंगलादेशविरुद्ध बंगलादेशकै मिरपुरमा भएको दोस्रो खेलमा अविजित १ सय ८५ रन बनाउने क्रममा वाट्सनले १५ छक्का हिर्काएका हुन् । ९६ बलको सामना गरेका वाट्सनले १५ चौका पनि हानेका थिए । खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भयो । २ सय ३० रनको चुनौती अष्ट्रेलियाले २६ ओभरमै पुरा...

आइपियल क्रिकेट

Published: April 12, 2011 09:29 AM Related news

 भारतमा जारी आइपियल ट्वेन्टी ट्वेन्टी क्रिकेट अन्तर्गत आज राति कोलकाता नाइट राइडर्सले डेक्कन चार्जर्सको सामना गर्दैछ । पहिलो खेलमा चेन्नइ सुपर किङ्गससंग पराजित भएको कोलकाता दवावमा परेको छ । गौतम गम्भीरले सम्हालेको कोलकाता चेन्नईसंग २ रनले पराजित भएको थियो । डेक्कनको नेतृत्व श्रीलंकालाई विश्वकपमा उपविजेता बनाउन सफल कप्तान कुमार सांगाकाराले सम्हालेका छन् । यसअघि गएरातिका खेलमा...

च्यालेन्ज कप फुटबल

Published: April 12, 2011 09:19 AM Related news

काठमाडौंमा जारी एएफसी च्यालेन्ज कप फुटबल छनौटको अन्तिम खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । दुई खेलबाट ३ अंक बटुलेको नेपाल र अंकविहीन श्रीलंकाबीचको खेलमा विजयी भए नेपाल प्रतियोगिताको फाईनल चरणका लागि छानिनेछ । तर आजको खेलमा बराबरी वा हार व्यहोरेमा भने नेपाली टोलीको भाग्य समुहको अर्का खेलको निर्णयबाट निर्धारण हुनेछ । अर्को खेलमा आजै उत्तर कोरिया र अफगानिस्तान भिड्दैछन् ।...

स्पेनिस फुटबल लालिगा

Published: April 11, 2011 16:09 PM

स्पेनिस फुटबल लिग लालिगा अन्तर्गत गए राती सम्पन्न खेलमा बार्सिलोना र रियाल माड्रिड विजयी भएका छन् । बार्सिलोनाको मैदानमा भएको खेलमा घरेलु टोलीले लिग तालिकाको पुच्छारमा रहेको अल्मेरियालाई ३-१ ले हराएको हो । बार्साको जीतमा लियोनल मेस्सीले दुई तथा थियागो अलकान्टाराले एक गोल गरेका थिए । यो जीतसँगै ३१ खेलबाट ८४ अंक बटुलेर शिर्ष स्थानमा रहेको बार्सिलोनाले समान खेल खेलेको रियाल माड्रिडसँगको...

आइपिएल

Published: April 11, 2011 16:02 PM

भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको चौथों संस्करण अन्तर्गत आजको खेलमा मुम्बई ईन्डियन्सले दिल्ली डेयर डेबिल्सलाई ८ विकेटले पराजित गरेको छ । डेयर डेविल्सको मैदान दिल्लीमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले १७ ओभर ४ बलमा अल आउट हुनुपूर्व ९५ रन बनायो । दिल्लीलाई सस्तो मै रोक्ने क्रममा लसिथ मालिंगाले घातक बलिङ गर्दै ५ विकेट लिए भने हरभजन सिंहले २ विकेट...

इण्डियन प्रीमियर लिग

Published: April 11, 2011 11:37 AM Related news

इण्डियन प्रीमियर लिग आइपीएल ट्वान्टी–ट्वान्टी क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सको सामना गरिरहेको छ । भारतको राजधानी दिल्लीमा जारी प्रतियोगितामा दिल्ली डेयर डेभिल्सले पहिले टस जीतेर ब्याटिङ रोजेको छ । यसैगरी, मुम्बईमा हुने दोस्रो खेलमा नव प्रवेशी टोली पुने वारियर्स इण्डियाले किङस इलेभेन पञ्जावको सामना गर्नेछ । प्रतियोगिता अन्र्तगत हिजोको...

इंग्लीश प्रिमियर लिग

Published: April 11, 2011 11:21 AM

इङ्गलीश प्रीमियर लिग फुटबल अन्तर्गत गएरातीका खेलहरुमा म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । लिग तालीकामा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले गएराती लण्डन क्लव फुल्हमलाई २/० ले हरायो । वायन रुनीको अनुपस्थितीमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन डिमिटर बर्बाटोभ र एन्टोनीयो भ्यालेन्सीयाले एक एक गोल गरे । यसैगरि चेल्सीले विगान एथ्लेटीकलाई एक सुन्यले हरायो । आफ्नै...

फाईभ ए साइड फूटबल

Published: April 9, 2011 14:53 PM Related news

रुपक स्मृती फाईभ ए साइड फूटबल प्रतियोगिताको उपाधी नोर्लिङ रेष्टुरेण्टले जितेको छ । जावलाखेलमा आज सम्पन्न खेलमा नोर्लिङले हिमालयन बैंकलाई १-० ले हराएको हो । नोर्लिङको जीतमा बिशाल गिरीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टोलीलाई अखिल नेपाल फुटबल संघका अध्क्षय गणेश थापाले ट्रफी प्रदान गर्नुका साथै स्पोटर्स्मेन वेल्फेयर फण्डको लोगो पनि सार्वजनिक गर्नुभयो । प्रतियोगितामा...

एएफसी च्यालेन्ज कप फुटबल

Published: April 9, 2011 08:40 AM Related news

एएफसी च्यालेन्ज कप फुटबल छनौट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । काठमाडौं आज शुरु भएको प्रतियोगितामा घरेलु टोली नेपालले अफगानिस्तानलाई १-० ले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई विजयी गराउन भरत खवासले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे । दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसरहरु श्रृजना गरेपनि त्यसलाई गोलमा बदल्न नसक्दा खेल एक सुन्यमै टुङ्गीएको हो ।...

एफसी च्यालेन्ज कप फुटबल

Published: April 8, 2011 08:07 AM Related news

एफसी च्यालेन्जकप फुटबल छनौट प्रतियोगिता आजदेखी काठमाडौंमा हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले सरप्राईज टोलीको रुपमा लिईने अफगानिस्तानको सामना गर्दैछ ।प्रतियोगिता अगाडी हिजो आयोजित पत्रकार सम्मेलनमा सबै चारवटै टोलीका प्रशिक्षकहरुले फाईनल चरणमा पुग्ने दावी गरेका छन् ।समुह डी मा रहेका राष्ट्रहरु मध्य नेपाल, उत्तर कोरीया र श्रीलंका सोझै छनौट भएका हुन् भने अफगानिस्तानले...

एफसी च्यालेन्जकप फुटबल

Published: April 7, 2011 16:24 PM Related news

भोली देखी राजधानीमा एफसी च्यालेन्जकप फुटबल छनौट प्रतियोगिता शुरु हुन गइरहेको छ । काठमाण्डौंमा आज संचारकर्मीहरुसंग बोल्दै चारै टोलीका कोचहरुले आफूहरु प्रतियोगिताकालागि तयार रहेको बताउनु भयो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको प्रतियोगिताको समूह घ मा नेपाल लगायत श्रीलंका, अफगानिस्तान र उत्तर कोरिया रहेका छन् । प्रतियोगितामा नेपाली टोली जीतकालागि तयार रहेको कुरा नेपालका...

फुटबल प्रतियोगिताको फाइनलमा:झापा

Published: April 7, 2011 16:02 PM Related news

झापाको बुधबारेमा जारी प्रथम सहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनलमा भारतको यूकेएफसी खर्साङ्गल आयोजक माङ्तोक एल भी कमाण्डलाई १-० को गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलमा युकेएफसी खर्साङ्गका राज राउतले पहिलो हाफको छैटौं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । राउतले गरेको गोल नै निर्णायक गोल बनेको थियो । संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय...

च्याम्पीयन्स लिग फुटबल

Published: April 7, 2011 09:15 AM Related news

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा रियाल मड्रिड र शाल्का विजयी भएका छन् ।क्वार्टरफाइनलको पहिलो  लिगको खेलमा स्पेनिश क्लव रियाल मड्रिडले इंग्ल्याण्डको टोटनह्यामलाई ४/० ले हरायो । रियाल मड्रिडलाई विजयी गराउन ईमानुएल अडेबायोले दुई तथा एन्जल डि मारिया र क्रिश्चियानो रोनाल्डोले एक एक गोल गरे । जितपछि रियाल मड्रिडले क्वार्टरफाइनल दोस्रो लेग पूर्व...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell