top
ImageKhabar
मंगलवार, 5 कार्तिक, 2076 Tuesday, October 22, 2019

ImageKhabar Archive



बलिउड नायक शाहिद कपुर लगनगाँठो कस्दै

Published: July 7, 2015 11:22 AM Related news

नयाँ दिल्ली, आषाढ २२ । बलिउड नायक शाहिद कपुर आज वैवाहिक बन्धनमा बाँधिदैछन् । मीरा राजपुतका साथ उनको विवाह हुन लागेको हो । नयाँ दिल्लीस्थित छतरपुरमा वैवाहिक कार्यक्रम आयोजना गरिएको छ । पारिवारिक सदस्य तथा निकट मित्रहरुलाई विवाहमा आमन्त्रण गरिएको छ । वैवाहिक समारोहमा पाँच सय अतिथी रहनेछन् । ...

नेपाली म्यूजिक भिडियोमा भारतीय मोडल

Published: July 3, 2015 13:39 PM Related news

काठमाडौं, आषाढ १८ । नवोदित गायक श्याम कार्कीले आवाज दिएको ‘सकिन यो मनलाई ढाँट्न’को म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।कार्कीको पहिलो एल्बम ‘दुई हजार पन्ध्र’ (२०१५) संग्रहित यस गीतमा राम सिटौलाको शब्द, संगीत रहेको छ । म्यूजिक भिडियोमा भारतीय मोडल रोशनीको अभिनय रहेको छ ।विभिन्न पन्जाबी, हरियाणी गीत...

हेमा मालिनी कार दुर्घटनामा घाइते, बालिकाको मृत्यु

Published: July 3, 2015 14:45 PM Related news

काठमाडौं, आषाढ १८ । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)की सांसद हेमा मालिनी विहीबार सडक दुर्घटनामा परी घाइते भएकी छन् ।राजस्थानको दौसा जिल्लामा विहीबार राति भएको उक्त कार दुर्घटनामा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ भने अरु चारजना घाइते भएका छन् ।दुर्घटनालगत्तै हेमालाई जयपुरको अस्पतालमा भर्ना गरिएको थियो । उनको...

१७औं टुर्बोग ईमेज अवार्डको आवेदन खुल्ला

Published: July 1, 2015 15:23 PM Related news

काठमाडौं, आषाढ १६ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव ‘टुर्बोग ईमेज अवार्ड’को १७औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ  ।‘नेपाली संगीतको परिधि व्यापक हुने क्रम, सम्मान र प्रोत्साहनको निरन्तरता’ नारा दिइएको ‘१७औं टुर्बोग ईमेज अवार्ड’मा २०७१ असार १ गतेदेखि २०७२ जेठ मसान्तसम्म आधिकारीक रुपमा सार्वजनिक...

ज्योतीको राधे

Published: June 29, 2015 13:14 PM Related news

काठमाडौं, आषाढ १४ । "हिउँ पनि फिका देख्छु , पानी पनि अमिलो भेटछु रुखमा नी पातै हुन्न,  फुलले सुवास दिन्नघुमौघुमौ जस्तो लाग्ने, वसु वसु जस्तो लाग्ने उनी सँगै मनका कुरा, पोखी रहु जस्तो लाग्नेकिन यस्तो हुन्छ हौ राधे मलाई ?" यी गीतका पंक्तिहरु यतिबेला रेडियो , एफएमहरुमा गुञ्जिरहेका छन ।...

मिस नेपाल सृष्टी श्रेष्ठको के होला भावी योजना ?(भिडियो हर्नुहोस)

Published: June 28, 2015 10:28 AM Related news

काठमाडौं, आषाढ १३ । मिस नेपाल सृष्टी श्रेष्ठ के गर्दैछिन भन्ने जिज्ञासा धेरै शुभचिन्तकहरुमा हुनसक्छ । विनाशकारी महाभूकम्प पछि निरन्तर राहत वितरण गर्न गाउँ–गाउँ पुगेकी उनले नेपालीहरुमा परेको दुःख देखेर आफूलाई अत्यन्तै भाबुक बनाएको बताएकी छिन । इमेज टेलिभिजनबाट प्रशारण हुने ‘इ–सेलेब्स’ कार्यक्रम...

प्रहरीको मनोरन्जन

Published: June 24, 2015 20:34 PM Related news

धादिङ, आषाढ ९ । धादिङमा भूकम्पपछि बढ्नसक्ने असुरक्षित आप्रवासन र महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सन्चालन गरेको छ ।‘प्रहरीहरु लट्ठी र बन्दुक बोकेर हिँड्ने मात्रै होइन, समाज परिवर्तनका लागि पनि तत्पर छन्’ भन्ने सन्देश दिन जिल्ला प्रहरी कार्यालयले जिल्लाका मैदी, सल्यानटार र महादेवबेसीमा मनोरन्जनात्मक...

बेलायतमा नेपाली संस्कृति चिनाउन परिषदको उद्घाटन

Published: June 24, 2015 14:39 PM Related news

काठमाडौं, आषाढ ९ ।  नेपाल र बेलायतलाई कार्यक्षेत्र बनाइ कार्य गर्ने उद्देश्यले स्थापना भएको ब्रिटिश गोरखा नेपाली साँस्कृतिक परिषद्को बेलायतमा औपचारिक उद्घाटन भएको छ । अल्डरसटस्थित नीरमाया रोधिघर रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कँडेलले परिषदको उद्घाटन गरेका हुन । ...

बर्षभरीकै लामो दिनमा विश्वभर संगीत दिवसको उत्सव

Published: June 21, 2015 11:59 AM Related news

काठमाडौं, आषाढ ६ । आइतबार विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । वर्षभरीकै लामो दिनका रुपमा रहेको जुन २१ तारिखलाई संगीत दिवसको रुपमा मनाइने गरिएको हो । संगीतका पारखीहरुले यो दिन विभिन्न कार्यक्रम गर्ने गर्दछन् । अमेरिकी संगीतकार जोल कोहेनले सन्...

कलाकारले बाँडे मुस्कान

Published: June 20, 2015 13:54 PM Related news

दोलखा, आषाढ ५ । दोलखाका भूकम्पपीडितलाई नेपालका ख्यातिप्राप्त कलाकारहरुले ‘राहतस्वरुप’ मुस्कान बाँडेका छन् ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र गौरीशंकर सामुदायिक पुस्तकालयको सहआयोजनामा कलाकारहरुले शनिबार मनोपरामर्श अभियानमार्फत् मुस्कान बाँडेका हुन् ।भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियानमार्फत्...

हलिउड अभिनेता लीको निधन

Published: June 12, 2015 15:45 PM Related news

काठमाडौं, जेष्ठ २९ । हलिउडका चर्चित अभिनेता सर क्रिस्टोफर लीको ९३ वर्षको उमेरमा निधन भएको छ ।बेलायतमा जन्मेका लीको श्वासप्रस्वासमा आएको खराबीका कारण निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।सन् १९५० देखि १९६० को दशकमा निकै चर्चामा रहेका लीले २ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।लीद्धारा अभिनय गरिएको चलचित्र...

नेपालमा संभावना छ अमेरिकामा अवसर: सरोज खनाल

Published: June 11, 2015 08:47 AM Related news

नेपालीहरुको माझ सरोज खनाल चिनाइरहन पर्ने नाम हैन । नेपाली  चलचित्र जगतका सुपर हिरो खनाल विगत सत्र वर्ष देखि अमेरिकाको भर्जिनियामा परिवारका साथ रहदै आएका थिए । अमेरिकाका नेपालीहरु माझ पनि निकै लोकप्रिय खलाल अमेरिका वसुन्जेल थुप्रै कार्यक्रमहरु गरिरहन्थे । अमेरिका होस वा नेपाल उनले  विभिन्न सामाजिक कार्यहरुमा...

टुडिखेलमा एक खुट्टाको सहाराले नाच्दा..

Published: June 7, 2015 12:45 PM Related news

काठमाडौं, जेष्ठ २४ । शनिबार राजधानीको टुडिखेलमा बेग्लै रौनक देखियो । भूकम्पबाट प्रभावितहरुले केही क्षण दुःख भूल्ने सौभाग्य पाए । रमा न्यौपानेले एक खुट्टाको सहाराले नृत्य गर्दा टुडिखेलमा अस्थायी टहरामा बस्नेहरू खुबै रमाए । उनीहरूले न्यौपानेको नृत्य हेरेर आफुलाई पनि उनी जस्तै सक्षम...

त्रास बिर्सन कलाकारसँगै नाचे विद्यार्थी

Published: June 7, 2015 13:08 PM Related news

काठमाडौं, जेष्ठ २३ । सामाखुशी स्थित नबोदित बिद्या कुञ्ज उमाबिले भूकम्पपछि बिद्यार्थीहरुमा परेको असरलाई हटाउन एक मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बिद्यालयको प्रागढमा आयोजना गरिएको कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, रमेशराज भट्टराई, राजु गुरुङ, कला पंगेनी, भागीरथ चलाउने लगाएतका...

भूकम्पपीडितलाई घर–टहरा बनाइदिँदै केकी, बेनिषाको टिम (भिडियो)

Published: June 2, 2015 18:26 PM Related news

काठमाडौं, जेष्ठ १९ । वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि घरवारविहीन बनेका पीडितका लागि कलाकारको एक टिमले ‘हामी सबैका लागि अभियान’मार्फत् अस्थायी घर बनाइ हस्तान्तरण गरेको छ ।निर्देशक सुरेशदर्पण पोखरेल, कलाकारहरु श्याम अर्याल, केकी अधिकारी र बेनिषा हमाललगायतको टोलीले काठमाडौंको टोखास्थित सांग्ला गाउँ र नुवाकोटको थानसिङ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell