top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive



नाबालकबाटै बालिका बलात्कृत !

Published: December 29, 2015 11:43 AM Related news

रौतहट, पुस १४ । महिला हिंसाका घटनामा बृद्वि भइरहेको बेला रौतहटमा एक तीन बर्षिया बालिका बलात्कृत भएकी छन् । चन्द्रनिगाहपुरकी तीन बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रनिगाहपुरकै रोशन राई पक्राउ परेका छन् । पक्राउ पर्ने राई पनि नाबालक हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार...

बिराटनगरमा आज बिहानै डिजेल लुटपाट(भिडियो हेर्नुहोस)

Published: December 29, 2015 13:56 PM Related news

बिराटनगर, पुस १४ । बिराटनगर–४ स्थित आयल निगम अगाडी पार्किङमा राखेको ना २ ख ५०२९ नम्बरको डिजल बोकेको गाडीलाई नियन्त्रणमा लिई अज्ञात समूहले सिल तोडेर डिजल लुटपाट गरेका छन् । मंगलबार बिहान तीन जनाको समूहमा आएका ब्यक्तिले सहचालकलाई नियन्त्रणमा लिई १ सय भन्दा वढी डिजल लुटेका हुन् । सोही...

रक्सौलबाट अवैधरुपमा भित्र्याइएका ५ ओटा ट्याक्टर प्रहरीले समात्यो

Published: December 28, 2015 15:13 PM Related news

वीरगन्ज, पुस १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलन गरी भारतको रक्सौबाट अवैधरुपमा नेपाल ल्याइएका ट्याक्टर बरामद गरी सार्वजनिक गरेको हो ।सिर्सिया छोटी नाका भएर भित्र्याइएका भारतीय कम्पनी महिन्द्राका पाँचओटा नयाँ शक्तिमान...

घरबाट पेस्तोल बरामद, हतियार ओसारपसारमा संलग्न दुईजना पक्राउ

Published: December 28, 2015 10:55 AM Related news

सप्तरी, पुस १३ । सप्तरी जिल्लाको हर्दिया गाविसस्थित एक घरबाट प्रहरीले पेस्तोलसहित हतियार कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा हर्दिया गाविस ६ बस्ने २३ वर्षीय राम भरोसे यादवको घरमा लुकाई छिपाई राखिएको एक थान कटुवा पेस्तोल बरामद भएको हो । प्रहरीले हतियार...

ठगी तथा लागूऔषध मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

Published: December 27, 2015 20:35 PM Related news

काठमाडौं, पुस १२ । ठगी र लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–४ बस्ने सिराहा वरियारपटी गाबिस–८ का ४९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने...

प्रहरीद्वारा दुई हजार गाँजाको बोट नष्ट

Published: December 26, 2015 12:04 PM Related news

लहान, पुस ११ । सिरहा प्रहरीले गाँजा फँडानी अभियानअन्तर्गत दुई दिनको अवधिमा सिरहाको विभिन्न स्थानमा दुई हजारभन्दा बढी गाँजाको बोट फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएका टोलीले सिरहाको दुर्गापुर गाविस–४ मा विभिन्न व्यक्तिले खेत तथा बारीमा लगाइएको अन्दाजी ८०० गाँजाका बोट नष्ट गरेको हो । ...

भरुवा बन्दुकसहित तीनजना पक्राउ

Published: December 24, 2015 18:10 PM Related news

तनहुँ, पुस ९ । आबुखैरेनी नगरपालिका–७ स्थित पृथ्बी राजमार्गबाट एकनाले भरुवा बन्दुक ५ थानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आबुखैरेनी नगरपालिका–८ बस्ने ४३ वर्षीय लालध्वज भुजेल, २५ वर्षीय साजन थापा र ३१ वर्षीय लेखबहादुर भुजेल रहेका छन् । उनीहरुलाई चेकजाँचको क्रममा प्रहरीले हतियारसहित...

छोरीलाई विष खुवाई हत्या गरेको आरोपमा पक्राउ

Published: December 23, 2015 12:38 PM Related news

कञ्चनपुर, पुस ८। आफ्नै सौतेली छोरीलाई विष सेवन गराई हत्या गरेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–१३ शान्तिपुरकी ३० वर्षीया डम्बरा पन्तलाई प्रहरीले पक्राउ गरेको छ । आठ वर्षीया छोरी लक्ष्मीको शव गाड्न लागेका बेला मङ्गलबार साँझ ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ...

नेपाली युवतीमाथि बलात्कारसहित हत्या गर्नेलाई मृत्युदण्ड

Published: December 22, 2015 10:36 AM Related news

काठमाडौं, पुस ७ । गत फेब्रअरीमा भारत हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि नृशंस बलात्कारसहित हत्या गर्ने सात अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ । मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थनीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा...

पेट्रोल छर्किएर जिउँदै आगो लगाउनेमध्येका एक पक्राउ

Published: December 21, 2015 11:12 AM Related news

मोरङ, पुस ६ । मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो । जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार...

लुटेराको गोली प्रहारबाट एक घाइते

Published: December 20, 2015 14:37 PM Related news

म्याग्दी, पुस ५ । म्याग्दीको दरवाङमा गएराति लुटेराहरुले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । दरवाङ गाविस– ८ दिच्यामका ४० वर्षीय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहिने पाखुरा र ढाडमा गोली लागेका उनको जिल्ला अस्पताल, बेनीमा उपचार भइरहेको छ । रोकाको स्वास्थ्य अवस्था...

लोडसेडिङको मौकामा इष्टदेवको मूर्ति चोरी

Published: December 19, 2015 09:15 AM Related news

भक्तपुर, पुस ४ । भक्तपुरको मध्यपुर थिमि अन्तर्गत वडा नं–११ मा अवस्थित स्थानियबासीको इष्टदेवको मूर्ति चोरी भएको छ । शुक्रबार राति अज्ञात समूहले दिगु भैरव मन्दिरबाट इष्टदेवको मूर्ति चोरी गरेसँगै स्थानियबासी हैरान बनेका छन् । प्रत्येक वर्ष कूलपूजा गर्नुपर्ने नगरको मध्य भागमा अवस्थित सो मन्दिरबाट मूर्ति चोरिएपछि...

शनिबार बिहानै धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या

Published: December 19, 2015 12:50 PM Related news

रौतहट, पुस ४ । रौतहटको हरैया पल्टुवा गाबिस–३ पल्टुवा कानुटोलमा शनिबार बिहान आमा छोरीको हत्या भएको छ । स्थानिय रेणु साह र उनकी १० बर्षिय छोरी अंकिता साहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर भन्दा २ सय मिटर उतर वडानम्बर ४ र ८ को दुईटोल बीच भागमा पर्ने उखुबारी नजिकको बाटोमा शव फेला परेको हो । ...

चितुवाको छाला सहित दुई व्यक्ति पक्राउ

Published: December 18, 2015 10:33 AM Related news

कञ्चनपुर, पुस ३ । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान टिमले कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रबाट दुई थान चितुवाको छाला सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । डडेल्धुराबाट जंगलको बाटो भएर कञ्चनपुरतिर ल्याउने क्र्ममा बेदकोट नगरपालिका ३ मा उनीहरुलाई विषेश सूचनाको आधारमा बिहीबार राति पक्राउ गरेको हो । ...

आयल निगम थानकोट डिपोका प्रमुख पक्राउ

Published: December 13, 2015 19:43 PM Related news

काठमाडौं, मंसिर २७ । प्रहरीले नेपाल आयल निगमको थानकोटस्थित डिपोका प्रमुख रविन शर्मालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाले पेट्रोल पम्पहरुसंग मिलेर उपभोक्ता ठगी गरेको आरोपमा शर्मालाई पक्रेको हो । शर्माले उपत्यकाका १३ वटा पम्पहरुसंग मिलेमतो गरी ठगी गरेको प्रहरीले दावी गरेको छ । ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell