top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



पेस्तोलसहित युवक पक्राउ

Published: December 13, 2015 16:20 PM Related news

धनुषा, मंसिर २७ । धनुषाको ठेराकचुरीबाट आज बिहान अत्याधुनिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुर–धनुषाधाम सडकखण्डको ठेरामा सवारी जाँचको क्रममा ठेरा घर भएका ३१ वर्षीय विजय यादवलाई पक्राउ गरेको हो । धनुषाधामबाट जनकपुरतर्फ...

दुई युवाको शव फेला

Published: December 13, 2015 11:39 AM Related news

हरिवन, मंसिर २७ । सर्लाहीको गौरीशंकर–८ मा दुई युवाको शव फेला परेकोे छ । तराई मुलकोजस्तो देखिने दुई पुरुषको शव सर्लाही र महोत्तरीको सीमा नजिक गौरीशंक गाविसमा फेला परेको हो । अन्दाजी ३०/३५ वर्षका दुवैको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको हो । मृतककोे...

महिलामाथि ‘अश्लील व्यवहार’ गरेपछि चिकित्सक पक्राउ

Published: December 12, 2015 17:15 PM Related news

कन्चनपुर, मंसिर २६ । अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कन्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा. कमलकिशोर राज पक्राउ परेका छन् ।शनिबार बिहान भीमदत्तनगरको गल्ली नम्बर २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकाकी महिलालाई हस्पिटलका सन्चालकसमेत रहेका डा. राजले दाँतको...

पेट्रोल पम्पमा प्रहरीलाई हेल्मेटले हान्ने चारजना पक्राउ

Published: December 10, 2015 19:27 PM Related news

काठमाडौं, मंसिर २४ । पेट्रोल पम्पमा ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेटले प्रहार गर्ने चारजनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरका अरुण वैद्यसहित अन्य तीनजना रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्ममा तेल वितरण गर्ने...

प्रहरीले ल्यायो ‘डिजिटल फरेन्सिक ल्याब’, ‘अपराध अनुसन्धानमा अब ठूलो मद्दत’

Published: December 10, 2015 17:14 PM Related news

काठमाडौं, मंसिर २४ । साइबर क्राइम र डिजिटल क्राइम अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले ‘डिजिटल फरेन्सिक ल्याब’को निर्माण गरेको छ ।६०औं अपराध अनुसन्धान तथा ‘सीआइडी डे’को अवसरमा विहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी ल्याबको उद्घाटन गरिएको हो ।आधुनिक तथा वैज्ञानिक तरिकाले...

कुबेर मर्चेन्टका तत्कालीन प्रमुख कार्यकारी सुवेदी पक्राउ

Published: December 9, 2015 18:15 PM Related news

काठमाडौं, मंसिर २३ । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको छ ।कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँग मिलेमतो गरी संघ–संस्थालाई प्राप्त हुने रकम कम्तीमा रु ६८ लाख हिनामिना गरेकोलगायतको आरोपमा उनलाई बुधबार ज्ञानेश्वरबाट...

रेडपान्डाको छालासहित युवक पक्राउ, छालाको मूल्य १८ लाख

Published: December 9, 2015 15:30 PM Related news

काठमाडौं, मंसिर २३ । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला ओसार–पसार गर्ने एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय समिम रम्तेललाई रेडपान्डाको छालासहित पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । प्रहरीले उनको साथबाट रेडपान्डाको छाला बरामद गरेको छ ।...

गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, ४० किलो गाँजा बरामद

Published: December 9, 2015 10:47 AM Related news

सप्तरी, मंसिर २३ । सप्तरी जिल्लाको तिकलिया ८ स्थित बगानखोलामा प्रहरी र गाँजा तस्करहरुबीच गएराति गोली हानाहान भएको छ । सो क्रममा प्रहरीले तस्करहरुले छाडेको ४० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र अस्थायी प्रहरी पोष्ट ठाडिबाट खटिएको प्रहरीले ६ जनाको समुहमा...

जिशिअ घुससहित रंगेहात पक्राउ

Published: December 8, 2015 19:17 PM Related news

रौतहट, मंसिर २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित बाराका जिल्ला शिक्षा अधिकारीलाई पक्राउ गरेको छ ।हेटौंडास्थित आयोगको क्षेत्रीय कार्यालयको टोलीले बाराको सिमरास्थित झापाली होटलबाट जिशिअ तुलाराम भण्डारीलाई मंगलबार १० हजार घुस रकमसहित पक्राउ गरेको हो ।गढीमाई नगरपालिका–१६, टांगिया बस्तीस्थित शान्ति प्राथमिक...

भारतबाट इन्धन बोकेर आउँदै गरेका व्यक्तिमाथी गोली प्रहार

Published: December 7, 2015 17:29 PM Related news

नवलपरासी, मंसिर २१ । भारतबाट मोटरसाइकलमा इन्धन बोकेर नेपाल ल्याउँदै गरेका एक व्यक्ति माथि नवलपरासीमा गोली प्रहार भएको छ । पाल्ही गाविस–७ ब्रहमपुरवाँमा गोली प्रहार भएको हो । गोली प्रहारबाट भारत पिपरहवा पञ्चायतका २८ बर्षीय सन्दीप रौनियार घाइते भएका छन् । घटनास्थलबाट भूमिगत...

अटोमेटिक पेस्तोलसहित माओवादीका एक कार्यकर्ता पक्राउ

Published: December 6, 2015 19:47 PM Related news

गौर, मंसिर २० । रौतहट प्रहरीले इटालियन अटोमेटिक पेस्तोलसहित रौतहट विश्रामपुरका राकेश साहलाई पक्राउ गरेको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्तासमेत रहेका साहलाई चन्द्रपुर नगरपालिका–१३ बालचनपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साहबाट एक थान पेस्तोल र १२ वटा गोली लोड हुने...

कालोबजारी गरिरहेको अवस्थामा ग्यास उद्योगका संचालक नै पक्राउ

Published: December 6, 2015 19:37 PM Related news

प्रकाश लम्साल-बारा, मंसिर २० । ग्यास कालोबजारी गर्दै गरेको अवस्थामा अमर ग्यास प्रालि जितपुर, बाराका उद्योगपतिसहित तीन जनालाई प्रहरीले शनिबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अमर ग्यास प्रालि जितपुरका संचालक बीरगंज–८ बस्ने घनश्याम क्याल र उद्योगका कामदार रविन्द्रकुमार दास, बिनोद दुबे, संजय पटेल...

डेढ हजार रोपनीमा लगाइएको गाँजा खेती नष्ट

Published: December 6, 2015 10:57 AM Related news

उदयपुर, मंसिर २० । उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका विभिन्न स्थानमा लगाएको अवैध गाँजाखेती फँडानी गर्ने क्रममा प्रहरी टोलीले पहिलो चरणको गाँजा फँडानी अभियान सम्पन्न गरेको छ । मङ्सिर ४ देखि १८ गतेसम्म गरी १५ दिनको पहिलो चरणको गाँजा फँडानी अभियानमा प्रहरीले करिब एक हजार ४६१ रोपनी क्षेत्रमा लगाइएको अवैध गाँजाखेती...

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

Published: December 6, 2015 10:46 AM Related news

लहान, मंसिर २० । धारिलो हतियार प्रहार गरी गएराति सिरहाको मिर्चैयामा एक महिलाको हत्या भएको छ । मिर्चेया नगरपालिका– १ निवासी ४० वर्षीया फूलादेवी मण्डलको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । मण्डलको घाँटी र टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरेपश्चात्...

गाँजासहित दुई भारतीय पक्राउ

Published: December 5, 2015 11:38 AM Related news

पर्सा, मंसिर १९ । पर्साको बहुअर्वाभाठाबाट शुक्रबार राति प्रहरीले १५ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।बीआर २२ इ १९०० नम्बरको मोटरसाइकलमा लुकाइ–छिपाइ भारततर्फ लैजान लागेको सूचनाको आधारमा प्रहरीले कारबाही गर्दा गाँजासहित भारत बिहार बेतियार कलोनीका २२ वर्षीय सुजित दुवे र २० वर्षीय भिखारी चौधरीलाई पक्राउ गरेको हो ।...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell