top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive



विराटनगरमा शवयात्रा, उपेन्द्र, राजेन्द्र महतोले दिए श्रद्धान्जलि

Published: January 25, 2016 16:56 PM Related news

विराटनगर, माघ ११ । मोरङको रंगेलीमा गत साता प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको सोमबार शवयात्रा निकालिएको छ ।शवयात्रामा मधेसी मोर्चाका कार्यकर्ता सयौंको संख्याका सहभागी थिए ।कोशी अञ्चल अस्पतालबाट शवयात्रा निकाल्नुअघि मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, जेपी गुप्ता, अनिल झालगायतले मृतकहरुप्रति श्रद्धान्जलि दिएका थिए...

कोरम नपुगेपछि संसद बैठक स्थगित

Published: January 25, 2016 16:29 PM Related news

काठमाडौं, माघ ११ । मधेसी मोर्चासम्बद्ध सांसदहरुको बहिस्कारका बाबजुद सुरु भएको व्यवस्थापिका–संसद बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमाथि छलफल गर्ने कार्यक्रम रहेकोमा कुल सांसद संख्याको एक चौथाइ उपस्थिति नपुगेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।यसअघि, मधेसी...

आन्दोलन जारी राख्ने मोर्चाको निर्णय, संविधान संशोधन ‘नाटक’

Published: January 25, 2016 18:00 PM Related news

काठमाडौं, माघ ११ । संविधान संशोधनलाई ‘नाटक’ भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।बैठकपछि तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले संशोधनले आफूहरुको माग सम्बोधन नभएको...

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर नहुने

Published: January 25, 2016 12:50 PM Related news

काठमाडौं, माघ ११ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका सबै कार्यक्रमहरु निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले ११ र १२ औं अधिवेशन मार्फत दुई कार्यकाल जिल्ला सभापति भएकालाई पुनः सभापतिमा प्रतिस्पर्धा गर्न बन्देज लगाउने निर्णय पनि गरेको छ । सोमबार...

सबै क्षेत्र 'र'का एजेन्टले घेरिएका छन् : एमाले सांसद मानन्धर

Published: January 25, 2016 09:55 AM Related news

काठमाडौं, माघ ११ । एमाले सांसद रामवीर मानन्धरले मुलुकका सबै क्षेत्रमा 'र'को चलखेल रहेका कारण मुलुकले सही ढंगबाट अगाडि बढ्न नसकेको  बताएका छन् । उनले नेपाली राजनीतिमा 'र'को प्रभाव बढ्दै गएका कारण राजनीतिले उपयुक्त निर्णय लिन नसकेको दावी गरे । नेपालबाट 'र'को सक्रियतालाई निष्तेज गर्नु नै नेपालीको ठूलो चुनौती रहेको उनले बताएका छन् । ...

कांग्रेसले जिल्ला सभापतिहरुको पदावधि विवाद टुंग्याउँदै

Published: January 25, 2016 07:35 AM Related news

काठमाडौं, माघ १० । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको पदावधि ११ औं महाधिवेशनदेखि गणना गर्ने या १२ औं देखि गर्ने भन्ने टुङ्गो सोमबार लगाउने भएको छ । यस विषयमा निर्णय गर्न सोमबार बिहान कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । यसअघि आइतबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टी विधानमा उल्लेखित जिल्ला...

नेपालको राष्ट्रियता खतरामा : सिपी गजुरेल

Published: January 24, 2016 16:36 PM Related news

ललितपुर, माघ १० । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले तस्कर र भ्रष्टाचारीहरुले समानान्तर अर्थतन्त्र चलाइरहँदासमेत सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । विदेशी मित्र राष्ट्रका नेपाली वाणिज्य दूतहरुसँग आज ललितपुरमा अन्तक्र्रिया गर्दै उपाध्यक्ष गजुरेलले मुलुक असफल राष्ट्र बन्ने बाटोतर्फ अघि बढेको...

संविधान संशोधनपछि मधेसवादी दलका नेताले हामीलाई ‘धन्यवाद’ भनेका छन् : दाहाल (भिडियो)

Published: January 24, 2016 15:47 PM Related news

काठमाडौं, माघ १० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन भएसँगै अब सीमा नाका खुल्ने विश्वास व्यक्त गरेका छन् । उनले मधेसी मोर्चाको आन्दोलनको स्वरुप पनि परिवर्तन हुने दाबी गरे । पार्टी मुख्यालय कोटेश्वरमा आज गरिएको कार्यक्रममा अध्यक्ष दाहालले संविधान संशोधनमा मधेसी मोर्चाको समेत समर्थन रहेको...

संविधान संशोधन त भयो, अब के गर्ला मोर्चाले ? (भिडियो रिपोर्ट)

Published: January 24, 2016 15:31 PM Related news

काठमाडौं, माघ १० । व्यवस्थापिका संसद्बाट संविधान संशोधन विधेयक पारित भएपछि आन्दोलनरत मधेसी मोर्चा थप आक्रोसित भएको छ । मोरङको रंगेली घटनापछि सरकार र मोर्चाबीचमा बढेको असमझदारी संविधान संशोधन विधेयक पारित भएपछि झनै बढेको छ । मोर्चा नयाँ चरणको आन्दोलनको तयारीमा जुटेको छ । प्रमुख दलहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्नेगरी...

‘नयाँ शक्ति’को केन्द्रिय परिषद घोषणा, यी हुन नयाँ शक्तिका सारथीहरु

Published: January 24, 2016 14:17 PM Related news

काठमाडौं, माघ १० । बाबुराम भट्टराईको नेतृत्वमा गठन हुन लागेको भनिएको नयाँ राजनीतिक शक्तिले ३५ सदस्यीय अन्तरिम केन्दीय परिषद् घोषणा गरेको छ । काठमाडौमा आज एक कार्यक्रम गरी भट्टराईले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित परिषद्को घोषणा गरेका हुन् । अहिले ३५ सदस्यीय परिषद् घोषणा गरिएपनि यसलाई विस्तार गरी २ सय...

संविधान संशोधनमा सहमति नजुट्दा संसद बैठकमा विलम्व

Published: January 23, 2016 19:32 PM Related news

काठमाडौं, माघ ९ । प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा शनिबार साँझसम्म सहमति हुन नसक्दा व्यवस्थापिका–संसद बैठक प्रभावित भएको छ ।उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा साँझ ७ बजेसम्म अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको...

नाकाबन्दी केही दिनमै खुल्छ : दाहाल

Published: January 23, 2016 18:28 PM Related news

हेटौंडा, माघ ९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनैपनि विदेशी शक्तिसँग नझुकी पहिलोपटक नेपालमा संविधान जारी भएकाले नाकाबन्दीलगायतका चुनौती सामना गर्नुपरेको बताएका छन् ।मकवानपुर उद्योग वाणिज्य संघको ४९औं साधरणसभामा शनिबार हेडौंडामा बोल्दै अध्यक्ष दाहालले अब केही दिनमै नाकाबन्दी खुल्ने दाबी गरे ।नाकाबन्दी खुलाउन...

रंगेली घटनाः मोर्चा र युवा संघ आरोप–प्रत्यारोपमा उत्रिए

Published: January 23, 2016 19:50 PM Related news

विराटनगर, माघ ९ । मोरङको रंगेलीमा विहीबार भएको घटनालाई लिएर एमालेको भ्रातृ संगठन युवा संघ र आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।रंगेली घटनामा प्रहरीको गोली लागी तीनजनाको मृत्यु भएपछि दुबै पक्षले घटनाको दोष एक–अर्कोलाई लगाएका हुन् ।मोर्चाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन...

कांग्रेसले खटायो जिल्लामा निर्वाचन अधिकृत, कहाँ–को ?

Published: January 23, 2016 14:40 PM Related news

काठमाडौं, माघ ९ । नेपाली कांग्रेसको अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले सबै जिल्लाका निर्वाचन अधिकृतको सूचीलाई अन्तिमरुप दिएको हो ।काठमाडौंबाट नजिक र विवाद नभएका जिल्लाका निर्वाचन अधिकृत केही ढिला गएपनि टाढा र बढी विवाद भएका जिल्लाका निर्वाचन अधिकृत भने तत्कालै तोकिएको...

सत्तारुढ दल र कांग्रेस संविधान संशोधन विधेयक पारित गर्न सहमत

Published: January 23, 2016 13:51 PM Related news

काठमाडौं, माघ ९ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्न सहमत भएका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले मधेशका मुद्दा सम्बोधन गर्नका लागि विधेयक पारित गर्ने निर्णय गरेको हो । ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell