‘सरकारको बोलीमा विश्वास लाग्यो' भन्दै राजधानी फर्किए राजेन्द्र महतो
Published: January 17, 2016 15:04 PM
काठमाडौं, माघ ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज भारतबाट काठमाडौं फर्किएका छन् । यसअघि मधेशी मोर्चाले उठाउँदै आएका विभिन्न माग पुरा नहुञ्जेल काठमाडौं नआउने सार्वजनिक घोषणासहित तराई गएका महतो आन्दोलनकै क्रममा केहीसाता अघि विराटनगरको रानी क्षेत्रमा भएको झडपमा घाइते भएपछि उपचारका लागि भन्दै भारतको राजधानी नयाँ दिल्ली गएका थिए । ...
काँग्रेस नेता वीरेन्द्र दाहालको निधन
Published: January 17, 2016 12:45 PM
काठमाडौं, माघ ३ । नेपाली काँग्रेसका नेता वीरेन्द्र दाहालको उपचारका क्रममा शनिबार राति ६७ वर्षको उमेरमा निधन भएको छ । पार्टीमा सधैँ पद बाहिर रहेर निरन्तर सक्रिय रहेका नेता दाहालको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला रोगको उपचारका क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ । काँग्रेसका...
वीरगन्जमा मोर्चाले निकाल्यो लाठी जुलुस
Published: January 16, 2016 18:01 PM
वीरगन्ज, माघ २ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।वीरगन्जको घन्टाघरबाट दिउँसो सुरु भएको लाठी जुलुस माइस्थान, आदर्शनगर, घडिअर्वाचोक परिक्रमा गरी पुनः घन्टाघरमा पुगेर सम्पन्न भएको थियो ।विगत पाँच महिनादेखि आन्दोलनरत् मोर्चाले केन्द्रीय कार्यक्रमअन्तर्गत् जिल्ला सदरमुकामहरुमा मधेसव्यापी...
कैलाली–कन्चनपुर कुनै हालतमा नछाड्ने मोर्चा कार्यकर्ताको उद्घोष
Published: January 16, 2016 16:45 PM
बर्दिया, माघ २ । आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार बर्दियामा विरोध प्रदर्शन गरेको छ । मोर्चाका कार्यकर्ताले गुलरियामा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागी मोर्चाका कार्यकर्ताहरुले कैलाली–कन्चनपुर जिल्लालाई कुनैपनि हालतमा नछाड्ने बताए ।उनीहरुले ‘अधुरो संविधान’ आफूहरुलाई मान्य नहुनेसमेत...
मोर्चासँग माघ ५ अघि नै लिखित सहमति गर्ने तीन दलको निर्णय
Published: January 17, 2016 09:55 AM
काठमाडौं, माघ २ । प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदै लिखित समझदारी गर्ने भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले मधेसी मोर्चासँग यही माघ ५ गते अगावै सहमति गर्ने निर्णय गरेका हुन् । प्रमुख तीन दल र...
मधेसलाई उपेक्षा गरेर कोही अगाडी वढ्न सक्दैन : सभापति कोइराला
Published: January 16, 2016 12:12 PM
काठमाडौं, माघ २ । नेपाली कांगे्रसका सभापति सुशिल कोइरालाले मधेसी मोर्चाले राखेका जायज माग सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । आज आफ्नै निवास महाराजगञ्जमा मधेसको स्थलगत अध्ययनपछि कांग्रेस नेताहरुले तयार पारेको प्रतिबेदन ग्रहण गर्दै उनले मधेसी मोर्चाका मागप्रति नेपाली कांग्रेस सकरात्मक रहेको बताए...
सिमांकन विवाद मिलाउन राजनीतिक संयन्त्र गठन गरिने
Published: January 16, 2016 13:41 PM
काठमाडौं, माघ २ । प्रमुख तीन दल प्रदेशहरुको सिमांकन विवाद टुंगो लगाउन संवैधानिक हैसियतसहितको राजनीतिक संयन्त्र गठन गर्न सहमत भएका छन् । मधेसी मोर्चाले संवैधानिक हैसियतको संयन्त्र आवश्यक हुने बताइरहेका बेला सोही अनुसार संयन्त्र गठनप्रति तीन दल सकारात्मक बन्नुले सहमतिको सम्भावना वढेको छ । ...
‘एकता महाधिवेशन’को नारा कता हरायो ?: केशब सिहं
Published: January 17, 2016 08:40 AM
काठमाडौं, माघ २ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेवि संघका पूर्व सभापति केशब सिहंले कार्यकर्ताको विभाजित मानसिकतालाई एकता गराउन आसन्न १३ औं महाधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन् । कांग्रेसको १२ औं महाधिवेशन ‘एकताको महाधिवेशन’भनेर नारा पिटे पनि नेतृत्व तहदेखि नै विभाजन देखिएकाले लोकतन्त्र...
जसले नीति–कार्यक्रम लेख्छ, उसैले नेतृत्व पाउनुपर्छ : पौडेल
Published: January 15, 2016 17:09 PM
काठमाडौं, माघ १ । नेपाली कांग्रेसका नेताहरुले पार्टीको १३औं महाधिवेशनलाई नीतिप्रधान बनाउनुपर्नेमा जोड दिएका छन् ।नेपाल विद्यार्थी संघ पत्रकारिता समन्वय समितिले शुक्रबार गरेको अन्तरक्रियामा बोल्दै कांग्रेस नेताहरुले पार्टी नेतामुखी बन्दै गएकाले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।पार्टी उपसभापति रामचन्द्र पौडेलले नीति र नेतृत्व...
कांग्रेस महाधिवेशनको उद्घाटन रंगशालामा
Published: January 15, 2016 16:20 PM
काठमाडौं, माघ १ । नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनको उद्घाटन समारोह राजधानीस्थित दशरथ रंगशालामा हुने भएको छ ।आउँदो फागुन २० गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटनसत्र दशरथ रंगशालामा गर्नेगरी रंगशाला बुकिङ गरिसकिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक तथा नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति भीमसेनदास प्रधानले जानकारी...
डा. महतले कांग्रेस सभापतिमा उम्मेदवारी दिने ?
Published: January 15, 2016 14:53 PM
सिन्धुली, माघ १ । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले कांग्रेस महाधिवेशनमा सभापति पदको मनोनयन दर्ता नभएसम्म सभापतिका उम्मेदवार कतिजना हुन्छन् भन्ने टुंगो नहुने बताएका छन् ।सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा शुक्रबार कांगे्रस अगुवा कार्यकर्तासँगको भेटघाटमा डा. महतले पार्टीको १३औं महाधिवेशनमा आफू पनि सभापतिको उम्मेदवार बन्नसक्ने संकेत गरे...
सभापति पदमा उम्मेदवारी दिन्छु : सुजाता
Published: January 15, 2016 13:52 PM
पाल्पा, माघ १ । नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले १३औं महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएकी छन् ।नेपाल प्रेस युनियनद्वारा शुक्रबार पाल्पामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेत्री कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने विचार प्रकट गरिन् । विकल्पका रुपमा आफूले उम्मेदवारी...
बाबुरामको सुझाव–‘हावादारी कुरा नगर्नोस्’
Published: January 15, 2016 14:43 PM
काठमाडौं, माघ १ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोच र कार्यशैलीमा परिर्वतन गरेमात्र नयाँ नेपाल सम्भव हुने बताएका छन् ।नवगठित ‘सम्भव छ नेपाल’ संस्थालाई शुक्रबार राजधानीमा शुभकामना दिँदै उनले नेताहरुलाई पुग्ने कुरामात्र गर्न र नपुग्ने हावादारी कुरा नगर्न सुझाव दिए ।उनले जागरण र अवसर समृद्धिको लागि नयाँ...
पार्टीभित्र पक्ष र विपक्ष छ, गुटबन्दी छैन : देउवा
Published: January 15, 2016 10:32 AM
पोखरा, माघ १ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पदाधिकारीको संख्या बढाउन मात्रै पार्टीको विधान संशोधन गर्न नहुने बताएका छन् । प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले भएका पदाधिकारीलाई काम दिन नसकेका बेला अन्य पदाधिकारी बढाउन विधान संशोधन...
कांग्रेस सरकारमा आए एमाओवादी मन्त्रालय छाड्न तयार छ : दाहाल
Published: January 14, 2016 19:53 PM
काठमाडौं, पुस ३० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।एमाओवादीले विहीबार राजधानीमा आयोजना गरेको प्रदेश नम्बर–३ का अगुवा कार्यकर्ताको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...