top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive



मधेसमा दुई प्रदेश तत्काल असम्भव : खनाल

Published: January 12, 2016 13:34 PM Related news

पोखरा, पुस २८ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसमा दुई प्रदेश तत्काल सम्भव नभएको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले व्यवस्थापिका संसदको दुई तिहाईबाट मात्रै संविधान संशोधन गर्न सकिने भएकोले ‘यो चाहिन्छ र ऊ चाहिन्छ’...

जस लिने होडले भूकम्पपीडितहरु त्रिपालमा : कोइराला

Published: January 11, 2016 19:07 PM Related news

गोरखा, पुस २७ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक पार्टीहरुबीच जस लिने होड चलेका कारण भूकम्पपीडितहरु अहिले टहरा र त्रिपालमै बस्न बाध्य भएको बताएका छन् ।गोरखा सदरमुकाममा सोमबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले कुन सरकारको पालामा काम भयो भन्ने प्रवृत्तिका कारण पुनःनिर्माण प्राधिरकण गठनको काम समयमै हुन नसकेको बताए...

राजतन्त्र ब्युँताउन आन्दोलन चर्काउने चेतावनी

Published: January 11, 2016 18:16 PM Related news

वीरगन्ज, पुस २७ । सक्रिय राजतन्त्र पुनःस्थापनाको माग गर्दै सोमबार वीरगन्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् ।पृथ्वीजयन्ती मनाउनेक्रममा राजावादीहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन् । जुलुसमा हिन्दूराष्ट्र र सक्रिय राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरिएको थियो ।होटेल सम्झनाबाट बाजागाजाका साथ निकालिएको जुलुसले नगरपरिक्रमा गरी माइस्थान...

प्रधानमन्त्रीदेखि बाबुरामसम्म, राप्रपा नेपालको चियापानमा को–को पुगे ? (भिडियो)

Published: January 11, 2016 17:15 PM Related news

काठमाडौं, पुस २७ । पृथ्वीनारायण शाहको २ सय ९४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार राजधानीमा चियापान कार्यक्रम आयोजना गरेको छ ।चियापानमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ,...

सुशील कोइराला अब सभापति बन्दैनन् : राणा

Published: January 11, 2016 17:02 PM Related news

भक्तपुर, पुस २७ । नेपाल तरुण दलका अध्यक्ष उदय शमशेर राणाले नाकाबन्दीका नाममा सरकारले समानान्तर कालोबजारी चल्न दिएको आरोप लगाएका छन् ।रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले कालोबजारीलाई खुलेआम छाडेर सरकारले जनतालाई दुःख दिएको बताए ।नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रमुख पदाधिकारीमा युवा पुस्ताको आगमन नहुने...

आफ्नै बोझले सरकार ढल्छ – कोइराला

Published: January 11, 2016 13:32 PM Related news

धनगढी, पुस २७ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार आफ्नै बोझका कारण ढल्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियनले सोमबार यहाँ गरेको पत्रकार सम्मेलनमा उनले ओली नेतृत्वको सरकारले आफ्नो भारी बोक्न नसकिरहेकाले सरकार गिराउन काँग्रेस नचाहिने बताए । काँग्रेस सरकार...

कांग्रेसले नढालेसम्म वर्तमान सरकार ढल्दैन : एमाले उपाध्यक्ष ज्ञवाली

Published: January 11, 2016 13:08 PM Related news

दाङ, पुस २७ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकार अहिले नै नढल्ने बताएका छन् । दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले बाहिर हल्ला भएजस्तै अहिले नै सरकार ढल्ने कुनै सम्भावना नरहेको बताए । सरकार चलाउने क्रममा केही गल्ती–कमजोरी भएको भन्दै कांग्रेसले नचाहँदासम्म सरकार...

मधेसी मोर्चाले मानवता विरुद्धको अपराध गरेको छ : सांसद विडारी

Published: January 11, 2016 09:47 AM Related news

काठमाडौं , पुस २७ । एकीकृत माओवादीका सांसद रामनारायण विडारीले मधेसी मोर्चाले देशमा नाका बन्दी लगाएर मानवता बिरुद्धको अपराध गरेको बताएका छन् । उनले युद्धरत शत्रु देशले पनि गर्न नसक्ने अपराध मोर्चाले गरेको आरोप लगाएका छन् । उनले मधेसी मोर्चाले भनेको जस्तो पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लालाई मधेस प्रदेशमा राख्ने...

मोदीलाई गच्छदारको आग्रह– ऋषि मन बनाएर नेपाललाई सहयोग गर्नुस्

Published: January 10, 2016 18:14 PM Related news

काठमाडौं, पुस २६ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाएर मधेसमा तीन प्रदेश निर्माण गर्ने प्रस्ताव अघि सारेका छन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका गच्छदारले आज मन्त्रालयमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र...

महाधिवेशनका लागि कांग्रेसले बनायो निर्वाचन कार्यविधि

Published: January 10, 2016 17:51 PM Related news

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसले १३ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आवश्यक पर्ने निर्वाचन कार्यविधि पारित गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि बनाइएको निर्वाचन कार्यविधि पारित गरेको हो । सोही निर्वाचन कार्यविधिलाई आधार मानेर गाउँ, नगर, क्षेत्र...

चुलो बल्न नदिदैंमा तराईको समस्या समाधान हुँदैन : उपप्रधानमन्त्री थापा

Published: January 10, 2016 16:52 PM Related news

ललितपुर, पुस २६ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नाकाबन्दी गरेर जनताको चुलो बल्न नदिंदैमा तराईको समस्या समाधान नहुने बताएका छन् । ललितपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री थापाले संवादबाटै सबैखाले समस्याको समाधान खोज्नेगरी अघि बढ्नु पर्ने बताए । ...

एमाले नेता नेपाल भन्छन्– चाहिनेभन्दा बढी राजनीति भएकाले समस्या

Published: January 10, 2016 16:22 PM Related news

काठमाडौं, पुस २६ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चाहिनेभन्दा बढी राजनीति भएकै कारण मुलुक संकटमा परेको स्वीकार गरेका छन् । राजधानीमा आज नेपाल स्वतन्त्र युवा संघले आयोजना गरेको कार्यक्रममा नेता नेपालले हरेक क्षेत्रमा हावी भएको गलत खालको राजनीतिले मुलुकमा अस्थिरता तथा भ्रष्टाचार...

संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक : दाहाल

Published: January 10, 2016 15:36 PM Related news

दाङ, पुस २६ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि दलहरुबीच राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । आज दाङमा आयोजित कार्यक्रममा उनले दलहरु गम्भीर छलफलमा रहेकाले मधेस आन्दोलन केही दिनभित्रै टुंगिने दाबी गरे । नेपालको नयाँ संविधान दक्षिण एशियामै...

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

Published: January 10, 2016 10:33 AM Related news

काठमाडौं, पुस २६ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज(आइतबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा आसन्न १३ औं महाधिवेशनका एजेन्डामाथि छलफल हुने बताइएको छ । यसअघि शुक्रवारका लागि बैठक बोलाइएपछि नेताहरु व्यस्त भएको भन्दै आजलाई सारिएको थियो । बैठकमा महाधिवेशनका लागि गठित विभिन्न समितिले...

झापा , मोरङ्ग र सुनसरी २ नं. प्रदेशमा मिसिदैनन् : एमाओवादी सांसद मोदी

Published: January 10, 2016 08:38 AM Related news

काठमाडौं , पुस २६ । एकीकृत माओवादीका सांसद अमनलाल मोदीले पूर्वका तीन जिल्ला झापा , मोरङ्ग र सुनसरी कुनै पनि हालतमा २ नं. प्रदेशमा नमिसिने बताएका छन् । उनले यहाँका नागरिकहरु मधेस प्रदेशसंग जोडिन चाहदैनन भने कसैले आन्दोलन गरेर जोडाउन नमिल्ने बताएका छन् । उनले आन्दोलनका नाममा देशलाई अफ्ठायारो पार्ने काम भएको बताउँदै...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell