top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive



मोबाइल सेवा मार्फत अब नेपालमा रेमिट्यान्स पठाउन सकिने

Published: December 7, 2013 12:54 PM Related news

काठमाडौं, भाद्र १८ । नेपालमा अब मोबाइल सेवामार्फत रेमिट्यान्स पठाउन सकिने भएको छ । वेष्टर्न युनियन, नबिल बैंक र फोनपे प्रालिको सहकार्यमा मोबाइलमार्फत रेमिट्यान्स पठाउन र प्राप्त गर्न सकिने ईसेवा सुरु गरिएको हो । मोबाइल ईसेवाको मंगलबार राजधानीमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।...

एलजीले भित्र्यायो ८४ इन्चको थ्रीडी टेलिभिजन सेट नेपाली बजारमा

Published: December 7, 2013 13:04 PM Related news

काठमाडौं, श्रावण १० । चौधरी गु्रप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले एल जीको अत्याधुनिक टेलिभिजन सेट स्थानीय बजारमा भित्र्याएको छ । कम्पनीले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ८४ इन्चको अत्याधुनिक थ्रीडी टेलिभिजन सेट स्थानीय बजारमा ल्याएको जनाएको हो । टेलिभिजन सेटमा १० वाटका दुई वटा स्पिकर र १५ वाटका दुई वटा वफर रहेको बताइएको छ ।...

डेलद्धारा ग्रामीण क्षेत्रका आठ विद्यालयलाई ४० ल्यापटप प्रदान

Published: November 16, 2013 20:37 PM Related news

सरस्वती कर्माचार्य, काठमाडौं, माघ २४ । डेल कम्प्युटरले नेपालको ग्रामीण क्षेत्रका आठ वटा विद्यालयहरुलाई ४० वटा ल्यापटप हस्तान्तरण गरेको छ । ललितपूरस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा आज आयोजित एक कार्यक्रममा डेल कम्प्युटरको एसिया प्रशान्त तथा जापान क्षेत्र अध्यक्ष अमित मिधाले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) का कन्ट्री डाइरेक्टर शोको नोडामार्फत...

सावधान–ल्यापटपले नपुंसक बनाउला !

Published: November 16, 2013 20:38 PM Related news

एजेन्सी, कार्तिक २२ । यदी तपाई ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो काँखमा राखेर ल्यापटप नचलाउनु होस् । कि त टेवलमा राखेर मात्रै ल्यापटप चलाउनुहोस् कि त अन्यन्त्रै राखेर मात्रै । काँखमा राखेर ल्यापटप चलाउँदा तपाईंको शुक्राणुमा असर पर्नसक्ने देखिएको छ ।डेलिमेलको रिपोर्ट अनुसार बेलायतका एक व्यक्ति लामो समयसम्म पिता बन्ने प्रयास गर्दा...

सीजी ईलेक्ट्रोनिक्सको कार्खानामा भीषण आगलागी (भिडियोसहित)

Published: December 7, 2013 12:54 PM Related news

काठमाडौं, आश्विन २९ । काठमाडौंको सतुंगलस्थित चौधरी ग्रूप अन्तर्गतको सीजी ईलेक्ट्रोनिक्स कारखानामा हिजो साँझदेखि लागेको आगो आज मध्यान्हदेखि नियन्त्रणमा आएको छ । सयौं सुरक्षाकर्मी र विभिन्न ठाउँबाट पुगेका दमकलको सहयोगमा झण्डै २० घण्टा पछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । हिजो साँझ ६ बजेदेखि लागेको आगो झण्डै एकदर्जन दमकल, स्थानीय वासिन्दा...

एनसेल सेन्टरमा आगलागी, १ करोडको क्षति

Published: December 7, 2013 12:57 PM

सिरहा, आश्विन १८ । सिरहाको सदरमुकामस्थित एनसेल सेन्टरमा गएराती ११ बजे आगलागी हुंदा एक करोड रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सिरहा नगरपालिका– ७ का रामपुजन साहको घरमा बन्न लागेको एनसेल सेन्टरमा विद्युत् सर्ट  भई आगो लागेको बताईएको छ ।   आगलागीका कारण एनसेलको कार्यालय उपकरणहरु जलेका छन् । सोही घरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा...

टेलटकको नया ब्ल्याकबेरी

Published: December 7, 2013 12:58 PM Related news

ब्ल्याकबेरी स्मार्टफोनको आधिकारीक विक्रेता टेलिटकले ब्ल्याकबेरी बोल्ड ९९०० बजारमा ल्याएको छ । यसै अवसरमा टेलिटकले एनसेलको सहकार्यमा दुई महिनाका लागि एनसेल ब्ल्याकबेरी अनलिमिटेड सर्भिस दिने व्यवस्था पनि ल्याएको छ ।   टेलिटकले अब ब्ल्याकबेरी स्मार्टफोनको विक्रीका लागि लाउन्च,...

अमेरीकी कम्प्युटर जायन्ट एपलका संस्थापक मध्येका एक स्टीभ जब्सको निधन

Published: November 12, 2013 04:16 AM Related news

औद्योगीक र कम्प्युटरको क्षेत्रमा ख्यातीप्राप्त अमेरीकी जायन्ट एपल कंम्पनीका सञ्चालक स्टीव जब्सको ५६ वर्षको उमेरमा निधन भएको छ । विश्वकै ख्यातीप्राप्त व्यापारी जाब्सले डिजिटल टेक्नोलोजीको विकासमा उल्लेखनीय योगदान रहेको थियो । लामो समय देखि क्यान्सर रोगवाट पिडित जब्स एपल कम्पनीका पुर्व मुख्य कार्यकारी थिएभने उनी एपल कम्पनीका संस्थापक मध्यका एक हुन् । जब्सको निधनप्रति अमेरीकी राष्ट्रपति...

भारतको तामिलनाडु सरकारले सबै विद्यार्थीलाई ल्यापटप बाड्ने

Published: November 16, 2013 20:38 PM Related news

भारतको तमिलनाडु राज्य सरकारले सरकारी विद्यालय र विश्वविद्यालयमा पढ्ने विद्याथीहरुलाई निशुल्क ल्यापटप वितरण योजना शुरु गरेको छ । यो योजना अन्तर्गत करिब ६८ लाख ल्यापटप वितरण हुने अनुमान गरिएको छ । पञ्च वर्षिय यो योजना भारतमा पहिलो भएको बताइएको छ । वर्तमान राज्य सरकारमा पुगेका नेताहरुले विधानसभा चुनावमा क्रममा विद्यार्थीलाई निशुल्क ल्यापटप दिने प्रतिवद्धता व्यक्त गरेका थिए । योजनाबाट...

डेलका नयाँ कम्प्युटर

Published: November 12, 2013 04:17 AM Related news

नेपालका लागि डेल कम्पनीका आधिकारिक बिक्रेता भिम्सेरा ग्रुप अफ कम्पनीजको जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रा.लि.ले डेलका नयाँ मोडलहरु स्थानीय बजारमा ल्याएको छ । जेनरेशन नेक्स्ट्ले आफ्नो पहिलो बार्षिकोत्सबका अवसरमा डेलका ल्यापटक, डेक्सटप, प्रिन्टर, मनिटर, प्रोजेक्टर लगायतका नौला मोडल भित्र्याएको हो । कार्यक्रममा कम्पनीका निर्देशक कैलाश गुप्ताले डेलका उत्पादनहरु अत्यन्त मूल्य...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell