top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive



टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो)

Published: January 10, 2015 09:32 AM Related news

काठमाडौं, पौष २६ । रोटरी क्लब अफ रुद्रमति काठमाडौंले विभिन्न रोट्रयाक्ट क्लबसँग मिलेर काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिताको आयोजना गरेको छ ।मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई निःशुल्क मोबाइल उपलब्ध गराउने उद्देश्यले पुराना मोबाइल संकलन गर्नेक्रममा यो प्रतियोगिताको आयोजना गरिएको हो  । प्रतियोगिताको उद्घाटन गर्दै...

बारामा २० करोडको लगानीमा धुँवा-धुलो नियन्त्रण गर्ने प्लान्ट निर्माण (भिडियोसहित)

Published: January 1, 2015 09:29 AM Related news

बारा, पौष १७ । बारास्थित जगदम्बा स्टिल सिमराले मुलुकमै पहिलोपटक धुँवा र धुलो नियन्त्रण गर्ने अत्याधुनिक ‘डिभाइस प्लान्ट’ सन्चालनमा ल्याएको छ । पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा रहेको कम्पनीले २० करोडको लागतमा जापानी प्रविधिको प्लान्ट सन्चालनमा ल्याएको हो ।प्लान्टबाट उद्योगमा सन्चालित ७ ओटा छड उत्पादन गर्दा बल्ने भट्टी...

अनलाईन मार्फत विक्री हुन थाल्यो गाई–भैंसीको गोबर

Published: December 29, 2014 05:13 AM Related news

काठमाडौं, पौष १३ ।  विक्री गर्दा हरेक बस्तुले मूल्य पाउँछ । त्यस्तै अनलाइनको जमानामा अनलाइन मार्केटिङले उस्तै चर्चा पाइरहेको छ । इन्टरनेटको प्रयोगकर्ताहरुको संख्या बढिरहेको समयमा अनलाइन सपिङले राम्रो चर्चा पाइरहेको छ । यसै शिलशिलामा अमेरिकाको एक अनलाइनले भैसी र गाईको गोबरलाई पनि अनलाइन मार्केटिङ गरिरहेको छ...

भारतद्धारा जीएसएलबी एमके ३ नामको अन्तरिक्ष यान प्रक्षेपण

Published: December 18, 2014 09:00 AM Related news

काठमाडौं, पौष ३ । भारतको अन्तरिक्ष अनुसन्धान केन्द्रले अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । ‘जीएसएलबी एमके थ्री’ नामको अन्तरिक्ष यान भारतको आन्द्रप्रदेशबाट श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको भारत सरकारले जनाएको छ ।२५ ओटा इन्जिन भएको उक्त यानको उचाई ४३ दशमलव ४३ मिटर छ भने यसको तौल ३ दशमलव ६५ टन छ । यस यानका लागि...

जियोनीको नयाँ स्मार्टफोन नेपालमा

Published: December 16, 2014 14:42 PM Related news

काठमाडौं, पौष १ । जियोनी मोबाइलको ‘इलाइफ एस ५.१’ र ‘एम थ्री’ सेट नेपाली बजारमा पनि भित्र्याइएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ सिरिजका जियानी मोबाइल सेट स्थानीय बजारमा सार्वजनिक गरिएको हो ।यी मोबाइल सेट डिसेम्बरमा जियोनीका सबै डिलरबाट प्राप्त गर्न सकिने टेलिटक प्रालिले जनाएको छ । यी मोबाइल सेट अन्य...

अन्नपूर्ण पदयात्रा मार्गका होटलहरुमा फ्रि वाईफाई सेवा

Published: December 16, 2014 09:02 AM Related news

म्याग्दी, पौष १ । अन्नपूर्ण पदयात्रा मार्गका चर्चित गन्तव्य वीरेढाँटी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै होटल तथा रेष्टुरेन्टहरुमा निःशुल्क ताररहित (फ्रि वाईफाई) इन्टरनेट सेवा पाउन सकिने भएको छ ।पर्यटकलाई आकर्षित गर्न होटल तथा रेष्टुरेन्टहरुले वाईफाई सेवा सुरु गरेका हुन् ।नेपाल टेलिकमले एडीएसएल र वाई म्याक्स इन्टरनेटसहितको...

भ्रष्टाचारविरुद्धको अभियानमा एनसेलले सघाउने

Published: December 9, 2014 02:44 AM Related news

काठमाडौं, मंसिर २३ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको भ्रष्टाचारविरुद्धको अभियानमा एनसेलले सघाउने भएको छ । नेपालमा हुने गरेको भ्रष्टाचार न्यूनीकरण गर्न एनसेलले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाललाई प्राविधिक सहयोग गर्ने भएको हो ।सोसम्बन्धी विषयमा सोमबार दूरसन्चार प्रदायक कम्पनी एनसेल र ट्रान्सपरेन्सी इन्टरनेसनलबीच सम्झौता भएको हो ।...

नासाले गर्‍यो मंगल ग्रहतर्फ रकेट प्रक्षेपण (भिडियोसहित)

Published: December 5, 2014 13:19 PM Related news

काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले ‘ओरायन’ नामक रकेट मंगल ग्रहतर्फ प्रक्षेपण गरेको छ । यो ‘ओरायन क्याप्सुल’ सफल भए मंगलग्रहमा मानव बस्ती सम्भव हुनसक्ने बताइएको छ ।फ्लोरिडास्थित केभ कानाभेरलबाट ‘दि डेल्टा फोर्थ’ मंगलग्रहमा पठाइएको हो । यसको आकार चन्द्रमामा पठाइएको ‘अपोलो’...

मंगल ग्रह पठाउन लागिएको अमेरिकी यानमा गडबडी

Published: December 5, 2014 03:03 AM Related news

काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहका लागि प्रक्षेपण गर्न लागेको ‘ओरायन’ यानको प्रक्षेपण रद्द गरेको छ ।प्रक्षेपणका लागि तयारी अवस्थामा राखिएको यानभित्र तीव्र गतिमा हावा चल्नुका साथै अरु प्राविधिक समस्या देखिएकाले रद्द गरिएको नासाले जनाएको छ । यद्यपि, प्राविधिक त्रुटि सच्चाउने काम भने जारी रहने...

‘क्यान्डी क्रस’का डेभलपर नेपालमा

Published: November 13, 2014 14:47 PM Related news

काठमाडौं, कार्तिक २७ । युवाहरु माझ लोकप्रिय मोबाइल एप गेम ‘क्यान्डी क्रस सागा’का डेभलपर टमी कार्ल पाल्म मोबाइल एप स्पर्धा ‘एनसेल एप क्याम्प’मा छनोट भएका १५० एप डेभलपर टिमलाई मार्गदर्शन गर्न विहीबार नेपाल आएका छन् ।‘क्यान्डी क्रस सागा’ बनाएका ‘किंग डटकम’का ‘गेम्स गुरु’ पाल्मले...

आधुनिक उपकरणप्रति तानिए किसान, हार्भेस्टरले धान काट्न सजिलो

Published: November 11, 2014 08:50 AM Related news

विराटनगर, कार्तिक २५ । पूर्वी नेपालका कृषक खेती प्रणालीमा आधुनिक उपकरणको प्रयोगमा आकर्षित भएका छन् । कृषिमा यान्त्रीकरण गर्दा श्रम, समय र लागतको बचत हुने भएपछि उनीहरु आधुनिक प्राविधिका उपकरणतर्फ आकर्षित भएका हुन् ।‘कम्बाइन हार्भेस्टर’ मेसिनले धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकसाथ गर्ने भएपछि कृषकहरुको आकर्षण यसतर्फ...

एनसेल एप क्याम्पमा १ सय २५ जना छानिए

Published: November 4, 2014 14:14 PM Related news

काठमाडौं, कार्तिक १८ । एनसेलको ‘एनसेल एप क्याम्प’को पहिलो चरणमा १ सय २५ ओटा ‘आइडिया’ छनोटमा परेका छन् । यस क्याम्पमा सहभागी हुन ४ सय ५७ ओटा आवेदन परेकोमा यसमध्येबाट १ सय २५ ओटा ‘आइडिया’ छनोटमा परेका हुन् ।छनोटमा परेका ‘आइडिया’को बारेमा र ती ‘आइडिया’लाई कसरी अगाडि बढाउन सकिन्छ...

कमलादीमा मोबाइल हब

Published: October 21, 2014 14:35 PM Related news

काठमाडौं, कार्तिक ४ । एलाइड ट्रेड लिंक इन्टरनेसनल प्रालिले मल्टी ब्रान्ड शो रुम सञ्चालनमा ल्याएको छ । हाल ३ ब्रान्डका मोबाइलको आधिकारीक रुपमा बिक्री–वितरण गर्दै आएको एलाइडले अन्य ब्रान्डका मोबाइललाई समेत एउटै छानामुनिबाट उपलब्ध गराउने उद्देश्यले शो रुम सञ्चालनमा ल्याएको जनाएको छ ।शो रुमको मंगलबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी...

सामसुङको ‘नोट ४’ नेपालमा, मूल्य ८५ हजार

Published: October 18, 2014 13:54 PM Related news

काठमाडौं, कार्तिक १ । सामसुङ मोबाइलको पछिल्लो उत्पादन ‘नोट ४’ नेपाली बजारमा पनि सार्वजनिक गरिएको छ । नेपालका लागि सामसुङ मोबाइलको अधिक्रृत विक्रेता आइएमएसले राजधानीमा कार्यक्रम गरी नोट ४ सार्वजनिक गरेको हो ।नोट ४ को स्थानीय बजार मूल्य ८५ हजार रुपैयाँ रहेको छ ।नोट ४ विभिन्न वाणिज्य बैंकहरुबाट पनि १५ महिने किस्ताबन्दीमा...

सुबिसुद्धारा ‘क्लियर टिभी’ सुरु, नेपालकै पहिलो डिजिटल केबल टिभी

Published: October 18, 2014 02:11 AM Related news

काठमाडौं, कार्तिक १ । सुबिसु केबलनेटले डिजिटल केबल टेलिभिजन ‘क्लियर टिभी’ सुरु गरेको छ । कम्पनीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सञ्चालन गरिएको जनाएको हो ।क्लियर टिभी सेवाका लागि भ्याटबाहेक ४ हजार ५ सय रुपैयाँमा लाग्ने कम्पनीले जनाएको छ । उक्त मूल्य सेटटप बक्सको रहेको बताइएको छ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell