top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive



मृत्युको प्रतीक्षामा कैदी २ घन्टासम्म तड्पिएपछि...

Published: July 25, 2014 12:53 PM Related news

काठमाडौं, श्रावण ९ । अमेरिकामा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई ‘तड्पाइ–तड्पाइ मारिएको’ भन्दै विवाद सिर्जना भएको छ । एरिजोना राज्यमा मृत्युदण्डको सजाय पाएका एक कैदीलाई मृत्युदण्ड कार्यान्वयन गर्न इन्जेक्सन दिएपनि उनको प्राण जान १ घन्टा ५७ मिनेट लागेपछि सर्वत्र विरोध भएको हो ।यो घटनापछि अमेरिकामा मृत्युदण्डको सजाय...

रौंले शरीर ढाकेपछि समस्या

Published: July 24, 2014 12:50 PM Related news

झापा, श्रावण ८ । झापा दुहागढीकी गाविस वडा नं ४ की लमु डोल्मा तामाङको शरीरमा रौं नै रौंले ढाकेपछि उनको परिवारमा चिन्ता बढेको छ । साढे दुई वर्षीया डोल्माको जन्मिदा शरीरमा साना–साना काला दागहरु मात्रै देखिएको भएपनि उमेर बढ्दै जादा शरीरमा रौंले ढाकेको हो ।शरीरको देब्रेभन्दा पनि दाहिने पाटोमा बढी मात्रामा रौंहरु देखिन्छन् । सुरुमा खासै...

अमेरिकाको चुरोट कम्पनीलाई २३ अर्ब ६१ करोड ६८ लाख डलर सजाय

Published: July 20, 2014 13:20 PM Related news

काठमाडौ, श्रावण ४ । अमेरिकाको एक अदालतले त्यहाँको दोस्रो ठूलो चुरोट कम्पनीलाई धुम्रपानबाट फोक्सोको क्यान्सर भई मृत्यु भएका एक व्यक्तिकी पत्नीलाई २३ अर्ब ६० करोड डलर क्षतिपूर्ति दिन आदेश गरेको छ । आरजे रेनाल्डस् टोबाको कम्पनीलाई त्यसका अतिरिक्त उसको उत्पादनले पारेको नकारात्मक प्रभावका निम्ति एक करोड ६८ लाख अमेरिकी...

अनावश्यक पानी खर्च गर्नेलाई दिनको ५ सय डलरसम्मको जरिवाना

Published: July 16, 2014 13:53 PM Related news

काठमाडौं, आषाढ ३२ । चर्को खडेरीको मारमा परेको अमेरिकी राज्य क्यालिफोर्नियामा अनावश्यक पानी खर्च गर्नेलाई ५ सय डलरसम्मको जरिवाना गरिने भएको छ । चार दशकयताकै चर्को खडेरीसँग जुधिरहेका यस राज्यका बासिन्दाले अनावश्यक पानी खर्च गरे दिनको ५ सय डलरसम्म जरिवाना तिर्नुपर्ने निर्णय गरिएको हो ।यसबाट राज्यका ३५ लाख बासिन्दालाई पानी आपूर्ति गर्न सहयोग...

बोलिभियामा अब उल्टो सुई भएको घडी प्रयोगमा

Published: June 27, 2014 07:08 AM Related news

काठमाडौं, आषाढ १३ । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाले समय हेर्नका लागि उल्टो सुई भएको घडी प्रयोगमा ल्याएको छ । नयाँ तरीकाबाट समय हेर्नका लागि ल्याइएको घडीमा सुई र अंक समेत उल्टो रहेको छ । बोलिभियाली संसदमा मुूल ढोकामा घडी झुन्ड्याई उल्टो तरीकाबाट समय हेर्न नयाँ तरीकाको शुरुवात गरिएको छ । संस्कृतीको जर्गेना गर्न...

अमेरिकामा एउटा हुलाक टिकट ९७ लाख डलरमा लिलामी

Published: June 18, 2014 14:00 PM Related news

काठमाडौं, आषाढ ४ । एउटा हुलाक टिकट ९७ लाख अमेरिकी डलरमा बिक्री गरेर अमेरिकाले लिलामीको इतिहासमा नयाँ रेकर्ड राखेको छ । अमेरिकाको न्युयोर्कमा लिलामी गरिएको १९औं शताब्दीको उक्त टिकटको चौडाई २ दशमलव ५ र लम्बाई ३ दशमलव २ सेन्टिमिटर रहेको छ ।१९८६ देखि सार्वजनिक प्रदर्शनमा रोक लगाइएको यस टिकटमा लेखिएको ‘वी गीभ एन्ड एस्पेक्ट इन रिटर्न’...

रुसमा कोकाकोला नपिउन भन्दै प्रदर्शन

Published: June 12, 2014 09:09 AM Related news

काठमाडौं, जेष्ठ २९ । रुसमा कट्टर राष्ट्रवादी युवाहरुको एक समूहले कोकाकोला नपिउन अभियान छेडेका छन् । युक्रेन मामिलामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको विरोधमा रुसी युवाहरुले अमेरिकी उत्पादन कोकाकोला नपिउन भन्दै प्रदर्शन थालेका हुन् ।मस्को गोर्की पार्कमा भेला भएका युवाहरुले कोला नपिउन अपील गर्दै ‘विदेशी विष’बाट बच्चाहरुलाई...

क्यानाडाका कैदी हेलिकप्टर चढेर फरार !

Published: June 8, 2014 09:24 AM Related news

काठमाडौं, जेष्ठ २५ । क्यानाडाको एक कारागारबाट तीन कैदी हेलिकप्टर मार्फत फरार भएका छन् । क्यानाडाको क्युबेक प्रान्तामा रहेको ओरसेनबिले कारागारमा एक्कासी हेलिकप्टर प्रवेश गराई तीन कैदी भागेका छन् । फरार कैदीहरुको ब्यापक खोजी भइरहेको छ । क्यानाडामा नै गत बर्ष पनि दुई कैदी हेलिकप्टर मार्फत फरार भएका थिए । फरार कैदीबारे जानकारी दिन क्यानाडा सरकारले जनतालाई...

पोखरामा आज विहान भूकम्पको झड्का महशुस

Published: May 25, 2014 10:10 AM Related news

पोखरा, जेष्ठ ११ । पोखरा आसपासका क्षेत्रमा आज विहान भूकम्पको धक्का महशूस गरिएको छ । विहान ८ बजेर ३२ मिनेट जाँदा करीब ७ सेकेन्ड भूकम्पको धक्का महशूस गरिएको हो । कास्कीको पूर्वी भाग कालिका गाविसलाई केन्द्र बिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । दुई दिन पहिले पनि पोखरामा सानो स्केलको भूकम्प गएको थियो । भूकम्पबाट...

भगवान इन्द्रसँग पानी पारिदिन माग !

Published: May 24, 2014 15:18 PM Related news

धादिङ, जेष्ठ १० । धादिङमा लामो समयदेखि पानी नपरेपछि किसानहरुले भगवान इन्द्रसँग पानी माग्दै जलधारा गरेका छन् । लामो समयसम्म पानी नपर्दा जनजीवन र कृषि उत्पादनमा प्रभाव पर्न थालेको भन्दै धादिङ सुनौलाबजार तल्लोबेसीका किसानहरुले भगवान इन्द्रलाई खुसी पार्न भन्दै जलधारा र पूजा गरेका हुन् ।स्थानीय बासिन्दाको सहभागितामा ब्राह्मणहरु जम्मा पारी श्रीमद्भागवत...

सूर्तिजन्य पदार्थको सेवनभन्दा मोटोपन बढी खतरा !

Published: May 19, 2014 08:43 AM Related news

काठमाडौं, जेष्ठ ५ । मानिसको स्वास्थ्यका लागि सूर्तिजन्य पदार्थको सेवनभन्दा पनि मोटोपन बढी खतरा भएको भन्दै यसको नियन्त्रणका लागि कडा कदम चाल्न यस क्षेत्रमा काम गर्ने संस्थाहरुले जनाएका छन् ।खाद्य उद्योगहरुलाई पनि सूर्तिजन्य उद्योगसरह नियन्त्रण गर्न जरुरी भैसकेको निष्कर्ष जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले निकालेका...

११औं तलाबाट खस्दा पनि शिशु ‘जीवित’

Published: May 16, 2014 02:20 AM Related news

काठमाडौं, जेष्ठ २ । अमेरिकाको मिनेसोटा राज्यमा एक शिशु ११औं तलाबाट खस्दा पनि बाँचेका छन् । ११औं तलाको एक अपार्टमेन्टको बाल्कनीबाट शिशु तल खसेका थिए ।स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मुसा दाइब नाम गरेका शिशुको पाखुराको हड्डी दुई ठाउँमा भाँचिएको छ । अहिले उनी भेन्टिलेटरको सहायताले सास लिइरहेका छन् । तर, उनी स्वस्थ्य हुने आशा गरिएको छ ।...

टाइटनिक जहाजमा लेखिएको अन्तिम चिठ्ठी दुई अर्वमा लिलामी

Published: April 28, 2014 10:00 AM Related news

काठमाडौं, वैशाख १४ ।  आफ्नो पहिलो यात्राकै क्रममा दुर्घटनामा परेर दुनीयाँकै लागि रहस्य बनेको टाइटनिक जहाजमा लेखिएको अन्तिम चिठ्ठी एक लाख १९ हजार पाउण्ड अर्थात् झण्डै दुई अर्ब रुपैयाँमा लिलामी भएको छ । यो चिठ्ठी दूर्घटनामा बचेका एस्थर हार्ट र उनकी सात वर्षीया छोरी ईवाले लेखेका हुन् । चिठ्ठी सन् १९१२ मा जहाज...

मदिरा सेवन गरी विमान ‘अपहरणको नाटक’ गरेपछि...

Published: April 25, 2014 08:31 AM Related news

काठमाडौं, वैशाख १२ । अष्ट्रेलियाबाट इन्डोनेसियाका लागि उडेको ‘भर्जिन एअरलाइन्स’को विमान अपहरण गरेको बताउने एक यात्रुलाई इन्डोनेसियाको बाली विमानस्थलमा पक्राउ गरिएको छ ।अष्ट्रेलियाको ब्रिस्वेन सहरबाट इन्डोसियाका लागि उडान भरेको भर्जिन एअरलाइन्सको बोइङ ७३७ विमानमा सवार एक यात्रुले विमानको ककपीटमा जर्बजस्ती प्रवेश गर्न खोजी विमान...

चीनमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने लिफ्ट !

Published: April 24, 2014 13:24 PM Related news

काठमाडौं, वैशाख ११ । चीनको ग्वांगझु प्रान्तमा बनाइएको गगनचुम्बी भवनमा जडान गर्न लागिएको लिफ्ट विश्वकै तीव्र गतिको हुने दाबी चीन सरकारले गरेको छ । प्रतिघण्टा ७२ किलोमिटरको गतिमा दौडने उक्त लिफ्ट निर्माण गर्ने जिम्मा हिटाची कम्पनीले लिएको छ ।उक्त लिफ्टमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने बताइन्छ । तीव्र गतिमा रहेपनि यसबाट यात्रुको कानमा कुनै...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell