top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive



भाषण गर्दागर्दै राष्ट्रपतिले पाइन्टमै पिसाब फेरेपछि ! (भिडियोसहित)

Published: March 20, 2014 09:01 AM Related news

काठमाडौं, चैत्र ६ । कोलम्बियाका राष्ट्रपति जुआन म्यानुल सान्तोसले एक कार्यक्रममा कयौं व्यक्तिका सामुन्नेमै पाइन्टमा पिसाब फेरेका छन् । चुनावी भाषणका क्रममा भएको यस घटनापछि राष्ट्रपति जुआन म्यानुलको स्वास्थ्यका विषयमा सवाल उठेको ‘डेली मेल’ले जनाएको छ ।६२ वर्षीय जुआन सो समयमा उत्तरी कोलम्बियास्थित तटीय सहर बारानक्विलामा आफ्ना...

रिसाहा व्यक्तिलाई हृदयघातको खतरा !

Published: March 17, 2014 15:53 PM Related news

काठमाडौं, चैत्र २ । रिसाहा ब्यक्तिलाई अन्यको ब्यक्तिको तुलनामा ह्दयघातको सम्भावना बढी रहेको एक अनुसन्धानबाट खुलेको छ । अमेरिकी शोधकर्ताहरुले हालै सार्वजनिक गरेको तथ्यांकमा रिसाहा ब्यक्तिलाई रीस उठेको दुई घण्टाभित्रमा ह्दयघात हुने सम्भावना रहेको छ । हार्वड स्कूल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले महिनामा एकचोटी रिसाउने...

अनौठो चट्टान फेला, एकको ज्यान गयो, हेर्नेको घुइँचो

Published: March 11, 2014 19:16 PM Related news

ओखलढुंगा, फाल्गुन २७ । ओखलढुंगाको प्राप्चा गाउँ विकास समिति वडा नम्बर २ मा बाटो खन्ने क्रममा अनौठो प्रकृतिको चट्टान फेला परेको छ । हेर्दा मूर्ति जस्तो देखिने उक्त चट्टान महादेवको प्रतिमूर्ति भएको भन्दै पूजा गर्न अहिले स्थानीय सर्वसाधारणको घुइँचो लागेको छ ।गत आइतबार फेला परेको उक्त चट्टान सार्न खोज्ने क्रममा स्थानीय एक जनाले ज्यान समेत...

नौं बर्ष वित्यो धारमा पानी आएन

Published: March 7, 2014 15:55 PM Related news

काठमाडौं, फाल्गुन २३ ।  काठमाडौँको डल्लु आवास क्षेत्रका वासिन्दाले नौ बर्षदेखि धारामा पानी नआएको गुनासो गरेका छन् । काठमाडौँ क्षेत्र नंबर ८ बाट निर्वाचित सभासद् नविन्द्रराज जोशीसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पुगेका डल्लु आवास क्षेत्रका वासिन्दाले धारामा पानी नआए पनि महसुल भने तिरिरहनु परेको गुनासो गरेका छन् । ...

नवलपरासी पूर्ण खोप जिल्ला घोषित

Published: March 2, 2014 16:57 PM Related news

नवलपरासी, फाल्गुन १८ । नवलपरासी जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज परासीमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रविण मिश्रले नवलपरासीलाई पूर्ण खोप जिल्लाको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा...

इमेजको विशेष समारोह आज, वरिष्ठ पत्रकार दीक्षितलाई १ लाख राशीसहित मिडिया सम्मान

Published: February 26, 2014 18:04 PM Related news

काठमाडौं, फाल्गुन १४ । इमेज च्यानलले स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा आज विशेष समारोहको आयोजना भइरहेको छ । २०५३ साल माघ १ गतेदेखि नेपाल टेलिभिजनको डेढ घण्टाको बिहानी समयबाट प्रसारण आरम्भ गरेको इमेज च्यानलले २०५९ माघ १७ गतेदेखि टेरेस्टेरियल प्रविधिबाट इमेज मेट्रो च्यानलको प्रसारण सुरू गरेको हो ।२०६३ माघ ११ देखि चौबिसै घण्टा स्याटेलाइटमार्फत...

डडेल्धुरा सदरमुकाम दिनप्रतिदिन अस्तव्यस्त

Published: February 22, 2014 09:42 AM Related news

डडेल्धुरा, फाल्गुन १० । डडेल्धुरा सदरमुकाम दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ । बजार क्षेत्रमा जथाभावी घर निर्माण बढ्दै जानु र पार्किङ नहुनुले बजार दिनप्रतिदिन साँघुरो बन्दै गएको हो । सदरमुकामस्थित बागबजार क्षेत्रमा त राजमार्गमा गुड्ने लामो दूरीका यातायातका साधन घण्टौं जाममा पर्ने गरेका छन् । गाडी सडकमै जथाभावी...

विवाह लगत्तै बेहुलीकै घरमा बेहुलाको मृत्यु

Published: February 22, 2014 19:00 PM Related news

सिरहा, फाल्गुन ८ । सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु भएको छ । मिथिला संस्कृति अनुसार विवाह समाप्त भई छोरीलाई बिदाइ गर्न खोज्ने क्रममा बेहुलीकै घरमा बेहुला मृत अवस्थामा फेला परेका हुन् ।विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर...

मानव बेचबिखन विषयमा कार्यशाला हुने

Published: January 15, 2014 18:55 PM Related news

काठमाडौं, माघ १ । मानव बेचबिखन विषयमा एसिया तथा प्रशान्त क्षेत्रीय कार्यशालाको आयोजना हुँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि राजधानीमा दुईदिने कार्यशाला गर्न लागिएको जानकारी दिएको छ । महिला मन्त्रालय, इन्टरनेशनल कन्फ्रेन्स...

चीनमा आइसको पर्व (भिडियोसहित)

Published: January 7, 2014 11:51 AM Related news

काठमाडौं, पौष २२ । चीनमा अनौठौ पर्वको आयोजना गरिएको छ । चीनको हेइलोनगिजाङ प्रान्तमा आयोजना गरिएको पर्वमा आइस क्युबबाट निर्मित विभिन्न आकृति साथै विश्वविख्यात भवनहरु बनाई प्रदर्शन गरिएको छ । प्रदर्शनका लागि विश्वभरका कलाकर्मीले १५ दिनको समयमा १ सय ८० वटा आइस क्युब प्रयोग गरी बनाएको १ लाख ५० हजार क्युबिक मिटरसम्मको आकृति प्रदर्शनको मुख्य...

हेटौंडा जेसिसको अध्यक्षमा संगमी निर्वाचित

Published: January 5, 2014 15:14 PM Related news

काठमाडौं, पौष २१ । हेटौंडा जेसिसको अध्यक्ष पदमा कविन संगमी निर्वाचित भएका छन् । हिजो सम्पन्न जेसिसको ३५ औं महाँधिवेशन बाट संगमीले प्रतिष्पर्धी कृष्णराम न्यौपानेलाई पछि पार्दै निर्वाचित भएका हुन् । यस्तै कार्यकारिणी उपाध्यक्षमा क्रमशः अनुप कुमार अग्रवाल र ओम चौलागाई चुनिएका छन् । उपाध्यक्ष पदमा भने क्रमशः छतेन्द्र...

वीपी पत्नी सुशीलाको स्मृतिग्रन्थ सार्वजनिक

Published: January 2, 2014 19:27 PM Related news

काठमाडौं, पौष १८ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको सयौं जन्मजयन्ती पारेर वीपी कोइरालाकी धर्मपत्नी सुशीला कोइरालाको स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । जननायक वीपी कोइराला स्मृति ट्रष्टले आज राजधानीमा कार्यक्रम गरी सुशीला कोइराला स्मृतिग्रन्थको लोकार्पण गरेको हो । ६ खण्डमा विभाजित स्मृतिग्रन्थको पहिलो खण्डमा...

जापानले दियो आँखा अस्पताललाई शल्यक्रिया उपकरण

Published: December 30, 2013 19:55 PM Related news

काठमाडौं, पौष १५ । जापानले नेपाल आँखा अस्पताललाई शल्यक्रिया सम्बन्धी उपकरणहरु दिएको छ । केनसाइ मेडिकल विश्वविद्यालय अस्पतालले मोती बिन्दुको शल्यक्रियामा प्रयोग हुवने फेको र ए स्क्यान मेसिन आँखा अस्पताललाई दिएको हो । राजधानीमा सोमबार आयोजित कार्यक्रममा अस्पतालका डा. तेचुया निसिमुराले नेपाल आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई उपकरणहरु...

‘सिर्जनाका थुंगा’ लोकार्पण

Published: December 27, 2013 17:41 PM Related news

काठमाडौं, पौष १२ । कवि हरिप्रसाद पाण्डेयले लेखेका कविता संग्रह ‘सिर्जनाका थुगां’को आज राजधानीमा लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार रमेश खकुरेलले कविता संग्रह लोकार्पण गरेका हुन् । कार्यक्रममा साहित्यकार एवं पत्रकार मोहन दुलाललाई यस वर्षको तोयानाथ पाण्डेय पशुपतिकुमारी साहित्यिक पुरस्कारबाट सम्मान गरिएको थियो । ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell