top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive



डा. बाबुराम : के थिए, के गर्दैछन् र के गर्लान् ?

Published: October 1, 2015 19:12 PM Related news

पुन्य गौतम ‘विश्वास’-विगत २० वर्षदेखि राष्ट्रिय राजनीतिक जीवनमा डा. बाबुराम भट्टराई सदैव चर्चाको शिखरमा रहे । यसपटक भने अलि बेग्लै उथलपुथलबीच उनी राष्ट्रिय/अन्तर्राष्ट्रिय सरोकारको सूचीमा परे । आखिर त्यस्तो के छ उनमा ? जसले उनी हरहमेशा ‘टक अफ दि टाउन’ वा ‘हट केक’ बनिरहन्छन् । आउनुहोस्, डा....

भारत–चीन सम्बन्धको वर्तमान अवस्था

Published: October 1, 2015 13:45 PM Related news

अरुणकुमर सुवेदी -आधुनिक भारतको जन्मकाल अर्थात् स्वतन्त्र भारतको स्थापनाकालमा नेहरूमोडेलको विदेश सम्बन्ध थियो जसलाई शान्त र सहनशीलमोडेलका रूपमा लिन सकिन्छ । त्यस बखत भर्खरमात्र साम्यवादी भएको चीनमामाओत्सेतुङले अलि आक्रामक र दबाबकारी विदेश नीति अवलम्बन गरेका थिए । चीन अमेरिकाको घोर विरुद्धमा थियो र आफूलाई एक्लो सक्षम शक्तिका रूपमा प्रस्तुत...

उपेन्द्र यादवमात्र मधेसी हुन् र ?

Published: September 30, 2015 19:28 PM Related news

 दीपनारायण साह - पहिलो संविधानसभामा भारी बहुमत ल्याएका मधेसवादी दलहरु दोस्रो संविधानसभामा निकै तल झरे । मधेसममा उनीहरुको प्रभाव पुरै घट्यो । घटेको प्रभावलाई फिर्ता ल्याउन उनीहरु अहिले सोझा  जनतालाई उकासी रहेका छन् । सत्य कुरा के हो भने पहिलो संविधान सभामा ८० - ८१ सिट मधेसवादी दलले ल्याएका थिए । कांग्रेस एमाले समाप्त...

भारतीय दादागिरी र पङ्गू प्रशासन

Published: September 28, 2015 13:24 PM Related news

नरेन्द्रराज पौडेल - नेपालका चार रजनीतिक दलहरुबीच सम्पन्न भएको १६ बूँदे सहमतिले वर्तमान संविधान निर्माणमा नयाँ र निर्णायक चरणको शुभ साइत जुराएको थियो । बर्षौंदेखि सत्ता र पार्टीगत स्वार्थमा लिप्त रहीआएका सबैजसो दलका नेताहरुले यति गहकिलो बीँडा आफैं उठाउँन सक्छन भन्ने छिमेकी राष्ट्र भारतलाई अन्दाजै थिएन । कुर्सीको होडबाजीमा सधैं आशिर्वाद...

नेपाल कसैको बिर्ता , बपौती वा मौजा होइन

Published: September 25, 2015 13:32 PM Related news

हरिविनोद अधिकारी - नेपालमा संविधानसभाले नेपालको संविधान २०७२ को घोषणा पश्चातको अवस्था असहज बनेको छ । संविधान निर्माणको क्रममा संविधान सभाभित्रै नेपाली सभासदहरुका बीचको असमझदारी भित्रै प्रचण्ड बहुमतले संविधान बन्यो । लामो संक्रमणकाल पछि पनि संविधान नबन्ने अवस्था देखिन थालेकोले नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओबादी मिलेर संविधान बनाएका छन् । नेपालमा...

मूर्छित मानस पिताका अगाडि शोकमग्न पुत्र

Published: September 22, 2015 12:49 PM Related news

भरत दाहाल- नेपालको तराइलाई उत्तरपूर्वी श्रीलङ्का बनाउने योजना बनाएको भारतीय विदेश मन्त्रालयले नेपालको संविधानलाई स्वागत गरेन । उसले  काईते भाषामा धम्किपूर्र्ण वक्तव्य निकाल्यो । भारतीय राजदूत रञ्जीत रेले संविधान जारी भएको खुसियालीमा सरकारले आयोजना गरेको रात्रिभोज बहिष्कार गरे । यसर्थ, ज्यामितिको स्वयंसिद्ध तथ्य अनुसार, बाबुराम भट्टराईले पनि यही ४ असोज गते...

थारू-मधेसी छुटेको संघीय संविधान !

Published: September 21, 2015 06:40 AM Related news

पदमसिंह कार्की - करिब सात दशक देखी वहुप्रतिक्षित नेपालको संविधान असोज ३ गते को साँझ राष्ट्रपति डा. रामवरण यादवले दुलही जस्तै सजिएको संविधानसभा भवनवाट विधिवत घोषणा गर्नु भएकोछ। पटक-पटक सार्वजनिकरुपमा ढोगे पछि डा. यादवले संविधानलाई नेपाली मात्रको साझा संकल्पको दस्तावेज भन्नु भएकोछ। संविधानसभाका...

संविधान तीन दलको मात्रै हो !

Published: September 20, 2015 13:42 PM Related news

ठाकुर बेलवासे - गणतन्त्र नेपालको संघीय संविधान कसलले जारी गर्यो ? अहिले नै सुनियोजित ढंगबाट जश लिनका लागि र स्यावासी  पाउनका लागि  संविधानसभाका प्रमुख तीन दल कांग्रेस , एमाले र एमाओवादी कम्मर कसेर दौडधुपमा छन । यी तीन दल एक ठाउँमा नउभिएका भए संविधान जारी हुने कुराको कल्पनासम्म पनि गर्न सकिदैन थियो ।तर के संविधान जारी गर्नमा यी तीन दलमात्र सहभागी भए...

आया राम गया राम !

Published: September 20, 2015 13:34 PM Related news

नरेन्दराज पौडेल - कतिवेर आउँछन,कतिवेर जान्छन ! कहिले आउनेमात्र काम लिएर आउँछन त कहिले जानेमात्र काम लिएर पनि आउँछन आयाराम । देश,काल परिस्थिति  र ठाउँठहर विचार नगरी जतिवेर पनि आइदिँदा उल्टै दयाराम पो बन्न पुगेछन यस पालीका आयाराम ।यस्तै आयारामबाट दयाराम बन्न पुगेका सत्पात्र थिए एस् शिवशङ्कर ! अर्थात भारतीय पधानमन्त्री नरेन्द मोदीका...

नयाँ संविधानले जनतालाई के दिन्छ ?

Published: September 19, 2015 08:20 AM Related news

कल्याणदेव भट्टराई-अन्तत खरबौ खर्चेर तोकेको भन्दा चारदोहर बढी समय लगाएर नेपालको नयाँ संविधान बन्यो ।सत्ताको लागि जे पनि गर्न तयार हुने भ्रष्ट नेताहरु र तीनका जूत्ता पोलिस गर्ने मोटामोटि ५८५ मिलेर जनतालाई एक थान संविधान दिए । तर भोलीका दिनमा यो संविधान एक कागजको खोष्टो सिवाय केही हुने छैन । जसरी भए पनि जस्तोसुकै संविधान दिए हुन्थ्यो भन्ने स्थितिमा संविधानसभालाई...

नयाँ ‘गुलाम’ को खोजी

Published: September 15, 2015 19:24 PM Related news

पेशल आचार्य  -  नेपालको नयाँ संविधान जारी भएपछि अब फेरि नेपालमा सत्ताको पत्ता हल्लन ‘सुरू’ हुने छ । भारत आफू अनुकूलको सत्ताको अघोषित ‘गुलाम’ को खोजीमा जुटिसकेको हुनुपर्छ । एउटा छिमेकी राजदूतको चुरीफुरी त यहाँ हेर्न लायकको हुन्छ, भने समग्र भारत देश नै हात धोएर लागेपछि अब उसले आफूलाई चौतर्फी जदौ गरेर...

सन्दर्भ- लोकतन्त्रको अन्तर्राष्ट्रिय दिवस : लोकतन्त्रमा नागरिक समाजको आवश्यकता र महत्व

Published: September 15, 2015 12:20 PM Related news

हरिविनोद अधिकारी-लोकतन्त्र ,शिक्षा र नागरिक समाज:सन २०१५का लागि अन्तरव्यवस्थापिक संघ र संयुक्त राष्ट्र संघले मिलेर एउटा कार्यगत उद्देश्य तयार गरेका छन् लोकतन्त्रका लागि नागरिक समाजको स्थान । space for civil society. लोकतन्त्रमा नागरिक समाजको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ । यस सम्बन्धमा संयुक्त राष्ट्रसंघले भनेको छ:Globally,...

देश जलाएर कसरी दीपावली गरौं ?

Published: September 15, 2015 11:03 AM Related news

सुदर्शन आचार्यपहिलो संविधानसभा असफल भएको दृष्टान्तका बाबजुद दोस्रो संविधानसभाले संविधान निर्माण गर्न सक्ने हो कि होइन भन्ने अन्योल यतिबेला अन्त्य भएको छ । थरुहट, मधेसवादी राजनीतिक संगठनहरुको आन्दोलनबाट उत्पन्न चुनौतीलाई समेत छिचोल्दै प्रमुख राजनीतिक दलहरु संविधान जारी गर्न अग्रसर भएका छन् । संविधानसभामा संविधानको परिमार्जित...

खवरदार ! नेपाली राजनीतिका लेण्डुपहरू

Published: September 14, 2015 21:36 PM Related news

पेशल आचार्य-तपाईं नेताहरू नेपालको अहिलेको शासनलाई जेसुकै नाम दिनुस् उधारो स्वतन्त्रताले नेपाली मर्ने र मार्ने काम अब पनि रोकिएन भने बिस्तारै लोकतन्त्रप्रति नै नेपालीहरूको घोर वितृष्णा जागेर आउनेछ । त्यो बेला निकै अबेला भइसकेको पनि हुनेछ । अनि नेपालमा राजनीतिको पसल खोलेर अनेकानेक फसल भित्र्याउने ‘बनियाँ प्रवृत्ति’ का नेताहरूले...

राजदूतको 'भल्गर डिप्लोमेसी'

Published: September 13, 2015 14:25 PM Related news

आनन्दराम पौडेल - कुटनीतिक मर्यादा, पञ्चशीलको सिद्धान्त र जेनेभा सन्धीको बिषयमा सामान्य जानकारी भएका जनसमूहले नेपालका लागि भारतका राजदूत रञ्जित रे को दौडधुप हेरेर जिब्रो टोके। बिहानदेखि रातीसम्म नेताहरुको घरघर चाहारिरहे। आफ्नो गतिमा अगाडी बढिरहेको संविधान निर्माण प्रकृयालार्इ तत्कालै ब्रेक लगाउन आदेश दिन्छन्। सम्विधान निर्माण प्रकृयालार्इ...

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell