top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

लगातारको बम विष्फोट  |  Published: April 22, 2011  |  शुक्रबार 9 बैशाख, 2068  |  9:04 PM  |  Viewed: 1178 times

देशमा विभिन्न भागमा केही दिनयता भएका बम विष्फोटको घटनाले जनजीवन आतंकित भएको छ । अज्ञान समुहले सार्वजनिक यातायातको साधनमा बम बिष्फोट गराउन थालेपछि नागरिकहरु आतंकित हुनु पर्ने अवस्था सिर्जना भएको हो । यतिखेर नागरिक सुरक्षाको अवस्था यहाँसम्म नाजुक भइ सक्यो कि कहाँ कति खेर कस्तो घटना घट्ने हो कसैलाई थाहा छैन । बिहान घर बाट हिडेको व्यक्ति सुरक्षित रुपमा फर्कने हो कि होइन भनेर अनेक थरीका शंका उपशंका पालेर मानिसहरु बस्नुपरेको छ । चैत १० गते राजधानीको टेकुस्थित सिप्रदी टेकिङ्गको कार्यलयमा तीन जनाको अज्ञात पेस्तोलधारीले एक जनाको ज्यानै लिए भने एक जनालाई गोली प्रहारगरी शक्त घाइते बनाएको घटनाले पनि राजधानी असुरक्षीत भएको पुष्टी गर्छ । चैतको पहिलो साता देखि दिनदिनै जसो अज्ञात समुहले बस लगायतका सवारी साधनमा शृखलाबद्ध रुपमा बम विष्फोट गराएर जनधनको क्षति गराउदै समाजलाई आतंकित पारि रहेका छन् । चैत्र ११ गते रौतहटको सदरमुकाम गौरमा सर्वजनिक यातायातमा बम विष्फोट हुँदा १३ जना यात्रु घाइते भएका थिए । त्यसैगरी १२ गते नेपालगंजमा भएको बम विष्फोट बाट ६ जना शत्त घाइते भएका थिए  भने अन्य स्थानमा पनि बम विष्फोट गराइएको थियो । चैत १३ गते भैरहवाबाट बुटवल तिर आउदै गरेको माइक्रो बसमा बम विष्फोट हुदा एक जनाको मृत्यु भएको थियो भने २३ जना शक्त घाइते भएका थिए । उक्त विष्फोटमा परि सक्त घाइतेको अवस्था गम्भीर रहेको थियो । घाइते, आफन्त र स्वास्थ्य कर्मीको बाक्लो उपस्थितिले अस्पताल अतिनै अस्त व्यस्त रहेको थियो । घटनाको बारेमा बताउदै एक जना घाइते ः त्यसै गरी चैत १४ गते काभ्रेको देउरालीमा अरनिको यातायातको बसमा भएको बम विष्फोटबाट पनि एक जना सत्त घाइते भएका थिए । जातिय मुक्ति मोर्चाको नामको पर्चा घटनास्थलमा भेटिएको प्रहरीले बताएको छ । पर्चामा मुक्ति मोर्चाका महासचिव मुक्तिदाताको हस्ताक्षर गरिएको थियो । उक्त पर्चामा जातिय मुक्ति मोर्चाको जनविद्रोह अभियान अन्र्तगत बम विष्फोट गराइएको भनेर उल्लेख गरिएको थियो ।  जसले विष्फोट गराए पनि यस्ता खालका घटनाले नागरिकहरुको शान्ति पूर्ण जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हनन् भइ नागरिक सुरक्षा अत्यन्त नाजुक भएको स्पष्ट देखिन्छ । राजधानीमा भन्दा तराईका जिल्लामा बढी हिंसा हुन थालेकोले गर्दा त्यहाँको सुरक्षा व्यवस्था सुद्रिढ बनाउनु पर्छ । चाहे जुन सुकै संगठनले यस्ता खालका बम विष्फोट लगायतका नागरिकलाई आतंकित बनाउने काम गर्छ भने यस्तो समुहलाई सरकारले कानुनको दायरामा ल्याउनु जरुरी छ । अगामि दिनमा तराईमा बढेको अपराध न्यूनिकरण गर्नको लागि सुरक्षा निकायले कस्तो रणनिति अपनाउने छ त मध्य क्षेत्रिय प्रहरी प्रमुख गंगा पाण्डे जनताको सुरक्षाको जिम्मा लिएर बसेको सरकारले विभिन्न दाउपेच र राजनीतिको आडमा मुलुकमा दण्डहिनता बढाउने यस्ता खालका क्रियाकलाप गर्ने मानिसहरुको खोजी गरी कारबाही गर्नु पर्छ । शान्त्ति र संविधान निर्माण प्रक्रिया जारी रहेको बेला भूमिगत संगठन भनाउँदाले गरेका यस्ता खालका आततायी घटनाले समग्र शान्त्ति सुरक्षा लाई चुनौती दिएको छ । नागरिकको शान्ति पूर्ण वातावरणमा बाँच्न पाउने अधिकार पनि सरकारले सुनिश्चित गर्न सकेको छैन । यसरी मानिसहरुको जनजीवीकालाई आतंकित तुल्याउने अभिप्रयले सार्वजनिक स्थल एवं यातायातका साधनहरुमा बम राख्ने र विष्फोट गराउनेहरुले मानवअधिकार विरुद्धको जघन्य अपराध गरेकाले यस्तो खालको क्रियाकलाप गराउनेको पहिचान गरि सरकारले तत्काल कारबाही गरोस् ।  देशका विभिन्न भागमा रहेका ग्रुप र मोर्चाको नाममा भएका भूमिगत संगठनले अपराधीक क्रियाकलाप गरिरहेको प्रहरी श्रोतको दावी छ । राजधानी लगायत देशको सम्पूर्ण क्षेत्रमा भएका अपराधमा कमी ल्याउन सुरक्षा निकायले थप सशक्त ढंगमा प्रहरीलाई परिचालन गरेको प्रहरीले बताएको छ । तराईमा भएका सर्वजनिक यातायातका साधनमा भएको बम विष्फोट र नागरिकको हत्या लगायतका अपराधलाई मनन् गर्दै गृह प्रशासनले आफ्नो संयन्त्रलाई मजबुत तरिकाले परिचालन गर्नु पर्ने देखिन्छ । विगतका घटनालाई हेर्ने हो भने तराईका जिल्लामा खुल्ला सिमानाको फाइदा उठाई विभिन्न भूमिगत समुहले नेपालमा अपराध गरी भारत तिर फरार हुने गरेको पाइएको छ । यस्तो गम्भीर विषयमा सरकारले बेलैमा ध्यान दिएर अघि बढेको खण्डमा भोलिका दिनमा आम नागरिकले शान्त्ति पूर्वक बाँच्न पाउथे कि ???????? 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell