top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

तनहूँमा भयो अप्रत्यासित नर संहार  |  Published: April 23, 2011  |  शनिबार 10 बैशाख, 2068  |  4:33 PM  |  Viewed: 1554 times

घटना तनहुँ जिल्ला व्यास नगरपालिका वडा न.ं २ को हो । बर्ष २३ को दिविङ्ग थापामगरको दिमागमा राक्षसीपनले बास गरेपछि आफ्नै छिमेकी तिन जनाको धारिलो खुर्पा प्रहार गरी विभत्स तरिकाले हत्या गरेको छ । छिमेकी दिल बहादुर सापकोटा र उनकी श्रीमती यसोदा सापकोटाको हत्या गरेको थियो ।  व्यास नगरपालिका मालपोत लाइनका स्थायी बासिन्दा सापकोटा दम्पती विहान आफ्नो भान्छा कोठामा खाना पकाइ रहेको अवस्थामा एक्कासी दिविङ्ग थापामगर प्रबेश गरी अन्धाधुन्दा खुर्पा प्रहार गरेको थियो । हत्याराले श्रीमति यसोदा सापकोटालाई शरिरको विभिन्न भागमा हतियार प्रहार गरेको देखेपछि श्रीमति बचाउन गएका श्रीमान दिलबहादुर सापकोटा माथि पनि जथाभावी खुर्पा प्रहार गरेपछि सापकोटा दम्पतीको घटना स्थलमै मृत्यु भएको थियो । घटना बारे जानकारी दिदै घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक भिम सिलवाल अभियूतmले सापकोटा दम्पतीको विभत्स तरिकाले हत्या गरेपछि तत्काल त्यहाँबाट भागि पुनः व्यास नगरपालिका १० विस घरे भन्ने ठाँउमा पुगी पसलमा बसी रहेका टिकाराम श्रेष्ठ माथि अन्धाधुन्द खुर्पा प्रहार गरी सकेपछि सोही घरको तिन तल्हामा रहेकी टिकाराम श्रेष्ठकी श्रीमति पार्वती श्रेष्ठ माथि पनि आक्रमण गरेर गम्भीर घाइते बनाइ फरार भएको स्थानिय प्रत्यक्ष दर्शीले बताएका छन् ।सापकोटा दम्पती र श्रेष्ठ दम्पती माथि अक्रमण गरि सकेपछि गाँउका अन्य मानिसलाई समेत मार्ने धम्की दिदै हातमा रगताम्ये खुर्पा हल्लाउदै हत्यारा सेती नदी तर्फ भागेको थियो । भाग्ने क्रममा मादी स्थित सेती नदीको पुलबाट हाम फाली भागेका हत्यारालाई स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । यसरी खुर्पा प्रहार बाट गम्भीर घाइते भएका श्रेष्ठ दम्पतीलाई उपचारको लागि अस्पताल लाने क्रममा टिकाराम श्रेष्ठको बाटैमा मृत्यु भएको छ भने श्रीमति पार्वती श्रेष्ठको क्षेत्रीय अस्पताल पोखरामा गम्भीर अवस्था उपचार भइरहेको अस्पताल सुत्रले बताएको छ । पक्राउ परेका हत्यारा दिबिङ्ग थामामगरलाई घटनाको सम्बन्धका व्यापक अनुसन्धान सुरु गरेको छ । घटनाको बारेका विस्तृत जानकारी दिदै तनहुँका प्रहरी नायव उपरिक्षक इश्वरी चापागाँई । हत्यारा थापामगर तनहुँमा अवस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसमा विए प्रथम बर्षमा अध्ययन रत विद्यार्थी थिए । यसरी हत्यारा दिबिङ्ग थापामगरले सापकोटा दम्पति र श्रेष्ठ दम्पती माथि संघातिक आक्रमण गरी हत्या ग¥यो भने श्रेष्ठ पत्नी पार्वती श्रेष्ठ अस्पतालमा उपचार गराई रहेकी छन् । यसरी २३ बर्षे युवकको दिमागमा राक्षसी प्रबृति एक्कासी प्रवेश गरेपछि हिजोका दिनमा केही पनि रिसीवी नहेका छिमेकीको विभत्स तरिकाले हत्या गरेको घटनाले जो कोही लाई मर्माहित बनाएको छ ।  तनहूँको व्यास नगरपालिकाका स्थानिय बासिन्दाहरुमा यस घटनाले त्रास छाएको छ । हत्यारा दिबिङ्ग थापामगरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय तनहुँको हिरासतमा राखिएको छ भने हत्यारालाई हदै सम्मको कारबाही हुने प्रहरीको दावी रहेको छ । दिबिङ्ग जस्ता समाजका राक्षसहरुको जरो नै उखेलेर नफाले सम्म सभ्य र सुरक्षीत समाजको निर्माणमा बाधा सिर्जना भईनै रहने छ । त्यसैले कानुनको दायरा बढाएर भए पनि यस्ता अपराधीलाई कारवाही गरिनु पर्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell