top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

ट्याक्सी ड्राइभरले महिलाको विभत्स हत्या  |  Published: April 23, 2011  |  शनिबार 10 बैशाख, 2068  |  4:26 PM  |  Viewed: 1686 times

स्याङजा कालिकोट बडा न. ८ स्थायी घर भई हाल लेखनाथ नगरपालिका  ३ बस्दै आएकी २३ बर्षिय माला गूरुङ्गको हत्या गरिएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भई हाल पोखरामा ट्याक्सी चालकको काम गर्दै आएको २२ बर्षिय प्रकाश सुनारले हत्या गरेको हो । विवाहीत माला गूरुङ्ग श्रीमान वैदेशिक रोजगारीमा गए पछि पोखरामा एक छोरा र छोरीलाई लिएर बस्दै आएकी थिइन् । यसै सिलसिलामा ट्याक्सी चढ्ने क्रममा भेट भएका चालक प्रकाश सुनारसँग परिचय भएको अभियुक्तले बताएको छ । यसरी भेटघाट भएका माला गुरुङ र प्रकाश सुनार विचको सम्बन्ध गाढा हुदै गएको थियो । उनीहरु दुवै जना विवाहीत भएता पनि उनीहरुले एकले अर्कालाई अविवाहीत रहेको भन्दै ढाटेका रहेछन् । यसै सन्दर्भमा गत चैत दुई गते पोखराको जयकोट जंगलमा रहेको मन्दीर दर्शन गएका उनीहरुले एकले अर्काको सम्पूर्ण भेद खोले पछि मालाको हत्या गरेको प्रकाशले बयान दिएको छ । माला गुरुङ्ग दुई सन्तानकी आमा भएको थाहा पाए पछि ट्याक्सी ड्राइभर सुनारको मस्तिकमा अपराधीक मानसिकता प्रवेश गर्छ अनि सगै बाँच्ने कसम खाएको प्रकाशले मालाको सल उनकै घाँटीमा कसेर हत्या गरको स्वीकार गरेको छ । मालाको हत्या पछि उनले प्रयोग गरेको मोवाइन लिएर फरार भएको हत्यारा प्रकाशले पुन कसैले थाहा नपाउने ठानेर आफ्नो व्यवसाय तिर लाग्यो । घटना स्थल मन्दिरको नजिकै भएको हुनाले घटना घटेको तेस्रो दिनमा मात्र स्थानिय दर्शन गर्न गएको मानिसले थाहा पाइ प्रहरीलाई खवर गरेका थिए । मृतको मोवाइन डिटेलको आधारमा अभियूक्तलाई पक्राउ गरीएको कास्की प्रहरीले बताएको छ ।यसरी विवाहीत ट्याक्सी चालकले विवाहीत महिलालाई आफ्नो क्षणिक स्वार्थ पुरा गर्न प्रेमको नाटक गरी हत्या गरेको छ । त्यसैले सावधान ।।। यदि तपाई ट्याक्सी चढ्नु हुन्छ भने खराव मनोवृक्ति भएका ड्राइभरले तपाई सँग सम्बन्ध बढाउन कोसिस गर्लान । त्यस प्रति बेलैमा होसियार रहनु राम्रो हुन्छ । प्रकाश जस्ता अपराधीलाई कानुनले यस्तो सजाय दियोस् जसको कारण अन्य व्यक्तिले कसैको पनि हत्या गर्न नसकोस् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell