top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

पेन्टिङ लिलामीमा विश्व रेकर्ड, १४ करोड २० लाख डलरमा पेन्टिङ बिक्री  |  Published: November 13, 2013  |  बुद्धबार 27 कार्तिक, 2070  |  4:15 PM  |  Viewed: 866 times

काठमाडौं, कार्तिक २७ । विश्व प्रसिद्ध बेलायती चित्रकार फ्रान्सिस बेकनको पेन्टिङ ‘थ्री स्टडिज अफ लुसियन फ्रायड’ १४ करोड २० लाख डलरमा लिलाम बिक्री भएको छ । न्यूयोर्कमा भएको लिलाम बढाबढमा ६ मिनेटसम्म चलेको रोमाञ्चक बोलीका दौरान बेकनको पेन्टिङले अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै बिक्री भएको बीबीसीले जनाएको छ ।

लुसियन फ्रायड चित्रकार बेकनका साथी थिए र उनले उक्त पेन्टिङ सन् १९६९ मा लण्डनको रोयल कलेज अफ आर्टस्मा बनाएका थिए । यसलाई बेकनको महान कलाकृतिहरु मध्ये एक मानिन्छ ।

‘थ्री स्टडिज अफ लुसियन फ्रायड’ पहिलो पटक लिलामीका लागि पेश गरिएको थियो । यसको सुरुको लिलामी मूल्य ८ करोड डलर थियो । लिलामी घरले पेन्टिङ खरिदकर्ताको नाम भने सार्र्वजनिक गरेको छैन ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell