top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

दुईतला माथिबाट बालक खसेपछि... रविन भट्टराई (इमेज) ।  |  Published: December 6, 2013  |  शुक्रबार 21 मंसिर, 2070  |  11:31 AM  |  Viewed: 2825 times

ताप्लेजुङ, मंसिर १९ । भनिन्छ काल नआई दैबले पनि लाँदैन, त्यस्तै संयोग भएको छ बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा । फुङलिङ-५ निवासी छत्र बस्नेतकी श्रीमती दुईतलामाथि पक्की घरको छतमा लुघा धोइरहेकी थिइन्, तीन वर्षीय छोरा अभिषेक छतमानै खेलिरहेका थिए ।

अचानक अभिषेक चिप्लिएर दुई तला मुनि खसे तर धन्न घरको आँगनमा बसिरहेकी एक बृद्धाको ढाडमा परे र विस्तारै भुईमा सकुसल झरे ।

तीन वर्षीय बालक त सकुसल बाबा–आमाको काँखमा पुगे ।

तर, ढाड थापेर बच्चा बचाउने हाङ्देवा गाविस निवासी करीव ५१ वर्षीया गीता महत भने बेहोस अवस्थामा जिल्ला अस्पताल ताप्लेजुङको शैयामा उपचार गराइरहेकी छिन् ।

बालकको भारले गर्दा उनी बेहोस बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell