top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

म्याग्दीको पूर्णगाउँमा होमस्टे सञ्चालन (भिडियोसहित) ध्रुवसागर शर्मा (इमेज)  |  Published: December 11, 2013  |  बुद्धबार 26 मंसिर, 2070  |  6:46 PM  |  Viewed: 1362 times

म्याग्दी, मंसिर २५ । म्याग्दीको कुहू गाविसको पूर्णगाउँमा विदेशी पर्यटक आउन थालेपछि गाउँलेले होमस्टे सञ्चालन गरेका छन् । पर्यटकको सुविधाका लागि होमस्टे कार्यक्रम प्रभावी हुने भएकाले यहाँका बासिन्दाले तालिम लिई होमस्टे सञ्चालन गरेका हुन् ।

गाउँमा आउने आन्तरिक र बाह्य पर्यटकलाई पारिवारिक वातावरणमा खान बस्नका लागि सुविधा प्रदान गर्ने उद्देश्यले संगम म्याग्दी र लघुउद्यम विकास कार्यक्रम बागलुङको सहयोगमा कुक र होमस्टे तालिम दिइएको थियो ।

तालिमपछि अहिले ५५ भन्दा बढी घरमा होमस्टेको सुविधा रहेको छ । पर्यटकको आगमनलाई बढाउन समाजसेवी महावीर पुनको सक्रियतामा उक्त क्षेत्रमा नयाँ पदमार्गसमेत सुरु गरिएको छ ।

नयाँ पदमार्ग गलेश्वरबाट सुरु भई बाँसखर्क, डाँडाकटेरी, नागी, हम्पालडाँडा, महरेडाँडा, टिकोट, खिवाङ हुँदै घोरेपानी, पुनहिल, खोप्रा, पाउद्धार, भुरुङ तातोपानीसम्म तोकिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell