top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे फोटो प्रदर्शनी  |  Published: December 13, 2013  |  शुक्रबार 28 मंसिर, 2070  |  9:02 AM  |  Viewed: 950 times

काठमाडौं, मंसिर २७ । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्र र पशुपंक्षीमा पारेको असरलाई समेटिएको वैज्ञानिक प्रदर्शनी काठमाडौंको नेपाल कला परिषद्मा सुरु भएको छ ।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इसिमोडको आयोजनामा सुरु भएको प्रदर्शनी करिब ५ महिनासम्म चल्ने छ । प्रदर्शनीमा जलवायु परिवर्तनले नेपालको हिमालमा पारेको असर, वन्यजस्तुमा पारेको प्रभाव समेटिएका फोटो तथा जानकारी मुलुक सूचना राखिएका छन् ।

प्रदर्शनीमा स्कुले विद्यार्थीसहितलाई जलवायु परिवर्तनले पारेको असर, त्यसबाट बच्ने उपाए लगायतका विषयमा जानकारी दिने बताइएको छ ।

जलवायु परिवर्तनले हिमाली लगायतका क्षेत्रमा असर पार्दा पर्यटन क्षेत्रमा प्रतिकुल असर पारेको भन्दै समय समयमा यस्ता प्रदर्शनी गरिंदै आएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell