top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

६ वर्षीया बालिका बनिन् ‘विश्वकै नमूना’ (भिडियोसहित) तस्वीर/भिडियोः एजेन्सी  |  Published: December 19, 2013  |  बिहीवार 4 पुष, 2070  |  5:53 PM  |  Viewed: 18695 times

काठमाडौं, पौष ३ । चीनमा ६ वर्षीया एक बालिका संसारकै नमूना बनेकी छिन् । 'ब्लड क्यान्सर'बाट ग्रस्त भई अस्पताल भर्ना भएकी आफ्नी आमाको स्याहार–सुसारदेखि औषधि सेवन गराउने यी बालिका विश्वकै नमूना बनेकी हुन् ।

पेशाले ट्रक ड्राइभर रहेकी ५३ वर्षीया यी महिलालाई एक वर्षदेखि यिनै बालिकाले स्याहार्दै आएकी छिन् । ब्लड क्यान्सर भएको पत्ता लागेपछि कमजोर आर्थिक स्थितिका कारण उपचार गर्न नसक्ने देखेर आत्महत्या गर्न लागेकी आफ्नी आमालाई यिनै बालिकाले सम्झाइ–बुझाई अस्पताल ल्याएको चिकित्सकको भनाइ छ ।

बालिकाको बाबु पनि ट्रक ड्राइभर हुन् । बिरामी श्रीमतीको उपचारका लागि रकमको जोहो गर्न उनी काममा गएपछि आमाको स्याहार गर्नकै लागि बालिकाले पढाई नै छोडिदिएकी छिन् ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell