top
ImageKhabar
शुक्रबार, 27 मंसिर, 2076 Friday, December 13, 2019

ImageKhabar Archive

वीपी पत्नी सुशीलाको स्मृतिग्रन्थ सार्वजनिक  |  Published: January 2, 2014  |  बिहीवार 18 पुष, 2070  |  7:27 PM  |  Viewed: 905 times

काठमाडौं, पौष १८ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको सयौं जन्मजयन्ती पारेर वीपी कोइरालाकी धर्मपत्नी सुशीला कोइरालाको स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । जननायक वीपी कोइराला स्मृति ट्रष्टले आज राजधानीमा कार्यक्रम गरी सुशीला कोइराला स्मृतिग्रन्थको लोकार्पण गरेको हो ।

६ खण्डमा विभाजित स्मृतिग्रन्थको पहिलो खण्डमा स्वर्गीय सुशीला कोइरालाको बारेमा लेखिएका प्रकाशित तथा अप्रकाशित लेख रचनाहरु तथा अन्तर्वाताहरु समेटिएको छ । स्वर्गीय कोइराला वीपी कोइरालाकी धर्मपत्नीको रुपमा मात्र नभई पदप्रति कुनै मोह नराखी निष्काम भावले देश र जनताके हीतमा लागिरहने सामाजिक अग्रणी व्यक्तित्वको रुपमा परिचित थिइन् ।

कार्यक्रमका सहभागीहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मात्रै नभई सुशीला कोइरालाले भारत, पाकिस्तान र बंगलादेशको स्वतन्त्रता आन्दोलनमा समेत वीपी कोइरालालाई साथ दिएको धारणा ब्यक्त गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell