हेटौंडा जेसिसको अध्यक्षमा संगमी निर्वाचित -महेश गौतम | Published: January 5, 2014 | आईतवार 21 पुष, 2070 | 3:14 PM | Viewed: 810 times
काठमाडौं, पौष २१ । हेटौंडा जेसिसको अध्यक्ष पदमा कविन संगमी निर्वाचित भएका छन् । हिजो सम्पन्न जेसिसको ३५ औं महाँधिवेशन बाट संगमीले प्रतिष्पर्धी कृष्णराम न्यौपानेलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा क्रमशः अनुप कुमार अग्रवाल र ओम चौलागाई चुनिएका छन् । उपाध्यक्ष पदमा भने क्रमशः छतेन्द्र
आचार्य, रविन श्रीवास्तव, गंगा पौडेल र राज दाहाल छानिएका छन् । एक वर्षको कार्यकालका लागि भएको अधिवेशनमा निर्वाचन बाट सात जना छनौट भईसकेको र मनोनित आठ जना गरि पन्ध्र जना रहने र बाँकी पदाधीकारीहरु चाडै नै मनोनित गरिने उपाध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।
युवाहरुको नेतृत्व र व्यतित्वको विकासमा जेसिस नयाँ ढङ्गले अघि बढ्ने जानकारी दिदैं आचार्यले जागरण मूलक तालिममा समेत जेसिसले ध्यान दिने बताए ।