top
ImageKhabar
शुक्रबार, 27 मंसिर, 2076 Friday, December 13, 2019

ImageKhabar Archive

हेटौंडा जेसिसको अध्यक्षमा संगमी निर्वाचित -महेश गौतम  |  Published: January 5, 2014  |  आईतवार 21 पुष, 2070  |  3:14 PM  |  Viewed: 810 times

काठमाडौं, पौष २१ । हेटौंडा जेसिसको अध्यक्ष पदमा कविन संगमी निर्वाचित भएका छन् । हिजो सम्पन्न जेसिसको ३५ औं महाँधिवेशन बाट संगमीले प्रतिष्पर्धी कृष्णराम न्यौपानेलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा क्रमशः अनुप कुमार अग्रवाल र ओम चौलागाई चुनिएका छन् । उपाध्यक्ष पदमा भने क्रमशः छतेन्द्र आचार्य, रविन श्रीवास्तव, गंगा पौडेल र राज दाहाल छानिएका छन् । एक वर्षको कार्यकालका लागि भएको अधिवेशनमा निर्वाचन बाट सात जना छनौट भईसकेको र मनोनित आठ जना गरि पन्ध्र जना रहने र बाँकी पदाधीकारीहरु चाडै नै मनोनित गरिने उपाध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।

युवाहरुको नेतृत्व र व्यतित्वको विकासमा जेसिस नयाँ ढङ्गले अघि बढ्ने जानकारी दिदैं आचार्यले जागरण मूलक तालिममा समेत जेसिसले ध्यान दिने बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell