top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

मानव बेचबिखन विषयमा कार्यशाला हुने  |  Published: January 15, 2014  |  बुद्धबार 1 माघ, 2070  |  6:55 PM  |  Viewed: 805 times

काठमाडौं, माघ १ । मानव बेचबिखन विषयमा एसिया तथा प्रशान्त क्षेत्रीय कार्यशालाको आयोजना हुँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आज राजधानीमा पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि राजधानीमा दुईदिने कार्यशाला गर्न लागिएको जानकारी दिएको छ ।

महिला मन्त्रालय, इन्टरनेशनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज एवं नेपालका प्रमुख राजनीतिक दलहरुको सहकार्यमा कार्यशाला हुन लागेको हो ।

कार्यशालाले एसिया तथा प्रशान्त क्षेत्र र सोभन्दा बाहिर समेत महिला अधिकार संरक्षण र प्रबद्र्धनको प्लेटफर्म तयार गर्ने उद्देश्य लिएको जनाइएको छ । कार्यशालाका लागि मन्त्रीपरिषद्ले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । कार्यशालामा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell