top
ImageKhabar
बुद्धबार, 4 भदौ, 2076 Wednesday, August 21, 2019

ImageKhabar Archive

विवाह लगत्तै बेहुलीकै घरमा बेहुलाको मृत्यु रामबाबु यादव (इमेज)  |  Published: February 22, 2014  |  शनिबार 10 फागुन, 2070  |  7:00 PM  |  Viewed: 48108 times

सिरहा, फाल्गुन ८ । सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु भएको छ । मिथिला संस्कृति अनुसार विवाह समाप्त भई छोरीलाई बिदाइ गर्न खोज्ने क्रममा बेहुलीकै घरमा बेहुला मृत अवस्थामा फेला परेका हुन् ।

विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर जाँदा उनको मृत्यु भएको देखेपछि पुरै परिवार छाँगाबाट खसेका जस्तै भएका छन् ।

सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना घटेको हो ।

घटनालगत्तै बेहोस भएकी बेहुली अनितलाई उपचारको लागि अस्पताल लगिएको छ ।

उता, बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर–परिवारमा पनि रुवावासी छाएको छ ।

बेहुला कमलेशको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell