डडेल्धुरा सदरमुकाम दिनप्रतिदिन अस्तव्यस्त | Published: February 22, 2014 | शनिबार 10 फागुन, 2070 | 9:42 AM | Viewed: 1634 times
डडेल्धुरा, फाल्गुन १० । डडेल्धुरा सदरमुकाम दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ । बजार क्षेत्रमा जथाभावी घर निर्माण बढ्दै जानु र पार्किङ नहुनुले बजार दिनप्रतिदिन साँघुरो बन्दै गएको हो । सदरमुकामस्थित बागबजार क्षेत्रमा त राजमार्गमा गुड्ने लामो दूरीका यातायातका साधन घण्टौं जाममा पर्ने गरेका छन् ।
गाडी सडकमै जथाभावी
पार्क गर्ने, निर्माणका सामग्री सडकमै थुपार्ने, फुटपाथमै जथाभावी पसल राख्ने गर्दा यस्तो अव्यवस्थित भएको हो । सडक चौडा गर्न भन्दै सडक विभागले सूचना जारी गरेपनि कार्यान्वयन भएको छैन ।